काठमाडौं । नेकपाभित्र प्रचण्ड र माधव नेपालको एउटै विचार समूह बनाएर अघि बढन स्थायी समिति सदस्यहरुले सुझाव दिएका छन् ।
नेपाल निवास कोटेश्वरमा सोमबार साँझ भेला भएका एक दर्जन बढी स्थायी कमिटी सदस्यले नेकपामा विकसित पछिल्लो घटनाक्रमको समीक्षा गर्दै दुबैलाई मिलेर जान सुझाव दिएका हुन् ।
नेता नेपालले छलफलका लागि भन्दै सोमबार साँझ आफ्नो निवासमा आफू र प्रचण्ड निकट मानिने स्थायी कमिटी सदस्यलाई बोलाएका थिए । उक्त छलफलमा अध्यादेशदेखि सचिवालयको निर्णयसम्मको समीक्षा र स्थायी कमिटीको तयारीमा पनि छलफल भयो । सदस्यहरुले विधि–पद्धति र पार्टीलाई अग्रगामी दिशामा लैजानका लागि नयाँ विचारको निर्माण गर्न र सोही अनुरुपको पार्टी निर्माणका लागि दुबैलाई मिलेर जान सुझाव दिएका थिए ।
सोमबार दिउँसो स्थायी कमिटीका एजेन्डामाथि छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीबीच सकारात्मक कुराकानी नभएपछि प्रचण्ड सिधै कोटेश्वर पुगेका थिए । ओली–प्रचण्ड संवाद सकरात्मक नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठको संकेत छ । उनले सोमबार राति १० बजेपछि ट्वीट गरेका छन् “अस्तिको सचिवालयको निष्कर्षबाट विचलनले पार्टीमा पुनःसंकट ल्याउनेछ। अतस्अन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन । पार्टी एकताको रक्षा,विधिपद्धितको पालना,पार्टीद्वारा सरकार सञ्चालन,सरकारबाट समाजवादउन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने संकल्प(यो हो निष्कर्ष।”
त्यसपछि नेपालले दुवै समूहका स्थायी कमिटी सदस्य बोलाएर आगामी रणनीतिवारे परामर्श लिएका थिए । छलफलमा स्थायी कमिटी सदस्यहरुले एकता पनि हुनुपर्यो र विकल्प पनि दिन पर्यो भनेर नेता नेपालको ध्यानाकर्षण गराएका थिए । छलफलमा नेताहरुले सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलको भूमिकालाई लिएरसमेत प्रश्न उठाएका थिए ।
सोमबार बिहान दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच पनि श्रेष्ठ निवासमा छलफल भएको थियो । सचिवालय निर्णय कार्यन्वयनमा अझै शंका रहेकाले प्रधानमन्त्री ओली र उनको समूहमाथि स्थायी कमिटी बैठकसम्म दबाब बनाउन प्रचण्ड–नेपालसमूह सक्रिय छ । शनिबारको सचिवालय बैठकमा आत्मआलोचना गर्दै प्रधानमन्त्री ओलीले मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
सोमबारको छलफलमा सहभागी एक स्थायी कमिटी सदस्य भन्छन्, ‘ढुक्क हुने अवस्था छैन् । आफ्नो तयारीमा लाग्नुपर्ने देखिएपछि संवाद थालेका हौं ।’ ती नेताका अनुसार स्थायी कमिटी बैठकसम्म यस्तो छलफल चलिरहन्छ । वैशाख २५ मा नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । बैठकमा सरकार र पार्टी संचालनसम्बन्धी योजना निर्माण र नेताहरुको कार्यविभाजन गर्ने शनिबारको सचिवालयको निर्णय छ ।
सचिवालय बैठकले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: