Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मृत्युको मुखमा पुर्‍याएका ११ खतरनाक सेल्फी तस्वीरहरु

२८ असार, काठमाडौं । सामाजिक संजालको बढ्दो प्रयोगले मानिसहरुमा सेल्फी प्रतिको क्रेज पनि निकै छ । आफूलाई अरुभन्दा भिन्न देखाउन मानिसहरु सेल्फी खिच्नको लागि जस्तोसुकै तरिका पनि अपनाउन तयार छन् । यो विषयमा मानिसहरुबिच प्रतिस्पर्धा नै भइरहेको छ भन्दा पनि फरक नहोला । यहि होडबाजीले कहिलेकाँही मानिसहलाई मृत्युको मुखमा पुर्याएको छ । आज हामी तपाईंलाई यस्तै सेल्फीबारे बताउँदैछौं जुन ती व्यक्तिको अन्तिम सेल्फी वा फोटो थियो । \"1१)  रसियाकी जेनिया इग्नातएभाले आफ्ना साथीहरुलाई प्रभावित गर्नको लागि २८ फिट अग्लो पुलबाट ‘सेल्फी’ लिइन् । तर १७ वर्षीया यी युवतीले आफ्नो सन्तुलन गुमाउँदा त्यहाँबाट खसिन् । खस्दा उनी केबलमा परेका कारण उनको करेन्ट लागेर मृत्यु हुन पुग्यो । \"2२) अन्तिम सेल्फी ज्याडिएलले मोटरसाइल दुर्घटनामा ज्यान गुमाउनुपूर्व खिचेको सेल्फी \"3३) अन्तिम फेसबुक पोष्ट र सेल्फी सन् २०१४ को अप्रिल २६ मा कोर्टने स्यानफोर्डले उत्तर क्यालिफोर्नियामा ड्राइभिङ गर्ने क्रममा यो फोटो आफ्नो फेसबुकमा पोष्ट गरेकी थिइन् । त्यसको केही क्षणपछि उनको कार ट्रकमा ठोक्किँदा उनको मृत्यु हुन पुग्यो । \"4४) एक पुलिस जोडीले पोर्चुगलमा आफ्नो छुट्टी मनाइरहेका बेला यहाँ दिइएको कोबा डा रोका नामक भीरमा सेल्फी खिच्दा लडेर मृत्युवरण गर्नपुगे । \"5५)  करेन हर्नान्डेजः करेनले मेक्सिकोको इआई टुनाल रिभरमा सेल्फी लिने सोचिन् । सेल्फी लिनु सट्टा उनी खोलामा खसिन् र डुबिन् । \"6६) गयारी स्लोक र उनकी आमाः यी दुई आमा छोराले मलेसियन एयरलाइन्स फ्लाइट एमएच १७ उड्नुपूर्व यो सेल्फी खिचेका थिए । यो विमानबारे अहिलेसम्म पनि पत्ता लागेको छैन । \"7७) \"8८) जेनी रिभेराः मेक्सिकोकी पप स्टार जेनी रिभेराले आफ्ना क्रु मेम्बर्ससँग उड्नुपूर्व यो सेल्फी खिचेकी थिइन् । पछि उनीहरुको प्राइभेट जेट दुर्घटना भयो जहाँ कोही पनि जिवित रहेनन् । \"9९) कोलेटी मोरेनो र एस्ले थियोबाल्ड यी दुई साथीहरु यो फोटो खिचिरहँदा ब्याचलोरेट जाँदै थिए । त्यसको केही मिनेट पछि नै उनीहरुको गाडी ठोक्कियो र कोलेटीको टाउकोमा चोट लागेका कारण मृत्यु भयो । \"10१०) स्पेनका एक युवक यो वर्षको सुरुमा २१ वर्षीय यी युवक ट्रेनको माथि सेल्फी लिन जाँदा करेन्ट लागेर मृत्यु भयो । \"11११) ओस्कार ओटेरो अग्विलर साथीहरुसँग रक्सी खाएको बेला, बन्दुकसँगै आफ्नो सेल्फी खिच्न लाग्दा ओस्कारको बन्दुकबाट अचानक गोली चल्दा मृत्यु भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending