Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रचण्ड–बाबुरामले असरल्ल बनाएपछि कसले जोगाउँछ पार्टी ?

\"prachanda-baburam\"२८ असार, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय बनेको एमाओवादी निकट अखिल (क्रान्तिकारी) द्वारा आयोजित सम्मान कार्यक्रम थियो । पार्टीको नेतृत्व तहबाट सम्मान ग्रहण गर्न मात्रै होइन, राजनीतिक रुपमा प्रशिक्षित समेत हुन आइतबार राष्ट्रिय नाचघरमा ‘राष्ट्रिय श्रम अभियान सम्मान’ कार्यक्रम राखियो । मञ्चमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता बाबुराम भट्टराई तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ थिए । देशभर आफूहरुले गरेका पुनर्निमाणका तस्बिरको स्लाइडिङ क्रान्तिकारीले देखाउँदै गर्दा निकै उत्साही भएर हेर्दै थिए नेताहरु । स्लाइडिङ सकिएलगत्तै उपाध्यक्ष नारणकाजी श्रेष्ठले बोले । पार्टीभित्रको पछिल्लो विवादलाई किनारमा बसेर हेरिरहेका उनी माओवादीभित्रको अन्तर्विरोधतिर गएनन् । ‘संविधानको मौलिक हकमा महिलालाई समेट्न सकिएको छैन’ उनी भन्दै थिए– ‘महिलाहरुमाथि अन्याय भएको छ ।’ संविधानको मस्यौदाप्रति टिप्पणी गरेपछि श्रेष्ठले सीमाङ्कनपछि मात्रै संघीयतासहितको संविधानको ग्यारेन्टी हुने तर्क गरे । उपाध्यक्षको तर्कमाथि कार्यकर्ता खासै उत्साहित थिएनन् । र नै त होला– उनको भागमा ताली परेन । उपाध्यक्ष श्रेष्ठले बोलेपछि उदघाेषकले वरिष्ठ नेता भट्टराईलाई निम्त्याउँदै गर्दा हलमा निकै ठूलो आवाजमा ताली र हुटिङ गुन्जियो । संगठनमा कमजोर भए पनि भट्टराई आम मानिसबीच चाहिँ निकै लोकप्रिय नेता हुन् । उनले भूकम्प पछिको राष्ट्रिय राजनीतिक परिस्थितिबाट सुरु गरे आफ्नो मन्तव्य ।  सम्बोधनको केही समय डा. भट्टराई पुगे एमाओवादीभित्रको पछिल्लो असन्तुलनतिर । ‘पार्टीभित्र जस्तो असन्तुलन पैदा भएको छ, यसलाई मिलाएर जानुपर्छ’, उनले भने– ‘नत्र हामी पनि विसर्जनको बाटोतिर जान्छौं ।’ यसो भनेपछि उनी न्यायपालिका र संविधानको मस्यौदातिर लागे– ‘जे–जस्तो भए पनि हामीले संविधान ल्याउँदै छौं, यही उपलब्धिको कुरा हो ।’ यसो भनेपछि भट्टराई फेरि छिरे आफ्नै पार्टीभित्रको विवादतिर– ‘प्रचण्ड र बाबुराम अँगालो हालेर मात्रै अब पार्टी बच्न सक्दैन ।’ आफ्नो चुरो कुरामा प्रवेश गर्ने बाटो खोज्दै बाबुरामले भने– ‘यथास्थितिमा त कसैले पनि हाम्रो विनास रोक्न सक्दैन ।’ त्यसपछि भट्टराई आफ्नै अध्यक्ष प्रचण्डतिर कटाक्ष पोख्न पुगे– ‘नेतृत्वको कार्यशैली सतीदेवीको लासजस्तो भएको छ, त्यसरी हिँड्दा वैद्य झरे, विप्लव झरे, जताततै पीठाधीस बन्न थाले, यसलाई रोक्नुपर्छ ।’ अनि भट्टराई लागे आफ्नै पार्टीको विगततिर– ‘पार्टीको कार्यनीति पहिलेदेखि नै मनमा विद्रोह, मुखमा संविधानजस्तो भएर नै विभाजित भयो ।’ उनको भनाइमा केही कार्यकर्ताले तालीको साथ दिए । भट्टराईले आफ्नो भाषणको आधा समय आफ्नै पार्टी नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउनमै खर्च गरे । उदघाेषकले अध्यक्ष प्रचण्डलाई बोल्न अनुरोध गर्दैगर्दा हलमा छुट्टै उत्साह थियो । अधिकांश कार्यकर्तामा भट्टराईका प्रश्नको जवाफ आउने आशा थियो । आखिर भइदियो पनि त्यस्तै । अध्यक्ष प्रचण्डले मन्तव्यको सुरुआतमा अखिल (क्रान्तिकारी) ले देशभर गरेको श्रम अभियानको प्रशंसा गरे ।  कार्यकर्तामा उत्साहको पारो बढ्दै गयो । प्रचण्ड लागे भट्टराईका प्रश्नको उत्तर दिन– ‘अन्तर्विरोधबाट नै एउटा पार्टीभित्र गति पैदा हुने हाे’ उनले भने  । त्यसपछि प्रचण्डलाई भट्टराईले सोधेका प्रश्नको उत्तर दिनु थियो । नेतृत्वको कार्यशैलीको आलोचना गर्दै ‘नयाँ बनाउनुपर्ने’ तर्क गरेका भट्टराईप्रति ओइरिन थाले प्रचण्डका प्रतिप्रश्न– ‘नयाँ भनेको के हो ? गुट बनाउने ? समानान्तर समिति बनाउने ? यो माओवादी पार्टी हो कि गुटहरुको मोर्चा ?’ प्रचण्डका यी प्रतिप्रश्न आउँदै गर्दा हलमा ताली र हुटिङ सुनियो । माओवादीभित्रको पछिल्लो गुटीय अवस्थाप्रति प्रचण्डमा गम्भीर चिन्ता थियो– ‘पार्टीमा गुटहरु प्रशस्त छन्, समानान्तर कमिटी पनि प्रशस्त छन्, एउटै जिल्लामा अनेकौं गुटहरु छन् । यसलाई रोक्न सकिएन भने पार्टी विघटन भएर जान्छ ।’ आफ्ना प्रश्नको उत्तर प्रचण्डबाट पाइरहेका भट्टराई पनि मञ्चमै थिए । एकै मञ्चमा दुई नेताको जुहारी सुन्दै गरेका कार्यकर्ता चाहिँ दुवै नेताको मुहार नियाल्दै थिए । ‘हामीबीच विचार एउटै छ, कार्यदिशा एउटै छ, १६ बुँदे ठीक हो भन्नेमा पनि एकैमत छ तर पार्टीभित्र संगठनचाहिँ फरक–फरक किन ?’ प्रचण्डको प्रश्न थियो– ‘नयाँ गर्ने भन्नेहरुको भनाइ एउटा र गराइ अर्को भएर नै समस्या भएको होइन र ?’ हामीले मात्रै किन जोगाउने ? प्रचण्ड–बाबुरामको दोहोरी सकिँदानसकिँदै हलमा कार्यकर्ताबीच गुनगुन चल्न थाल्यो । राजनीतिक प्रशिक्षण सुन्न आएका अधिकांश कार्यकर्ता दुई नेताका असरल्ल भनाभन सुनेपछि निराश देखिन्थे ।  केहीमा भने गुटीय पक्षधरता देखिन्थ्यो । ‘बाबुराम कमरेडले यस्तो मञ्चमा आएर अध्यक्षमाथि प्रश्न नगरेका भए राम्रो हुन्थ्यो’, विद्यार्थीका एक नेता भन्दै थिए– ‘अध्यक्षलाई बोल्न बाध्य बनाउने अवस्था सिर्जना गरिदिएर हामी आयोजकलाई पनि अलि असहज जस्तो भयो ।’ कार्यक्रममा आएका धादिङका एक विद्यार्थी नेताले ‘नेताहरुले नै पार्टी बिगारेको’ आरोप लगाए । ‘हरेक पार्टीभित्र अन्तर्विरोध हुन्छन्, तिनसलाई कसरी प्रस्तुत गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने प्रमुख कुरा हो’, आक्रोशियुक्त शैलीमा उनले प्रश्न गरे– ‘हामीचाहिँ अन्तर्विरोध बाहिर लानुहुन्न भनेर जोगाइरहने तर नेताहरु चाहिँ मञ्चमै भनाभन गर्ने ? हामीले मात्रै जोगाउने हो र यो पार्टी ?’ प्रचण्ड–बाबुरामको यो दोहोरीको अन्त्य के होला ? कसले, कसरी जोगाउला उनको पार्टी ? उनीहरु नै जानून् !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending