Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

महिलाले पुरुषलाई कहिले पनि नबताउने कुराहरु

\"Portrait२८ असार, काठमाडौं । महिलालाई बुझ्न मुश्किल मात्र होइन असम्भव नै छ भन्ने भनाई तपाईंमध्ये धेरैले सुन्नुभएको होला । तर यहाँ प्रश्न के छ भने, के महिलालाई बुझ्न साँच्चिकै त्यति मुश्किल छ ? उत्तर ‘छैन’ भन्ने पनि आउन सक्छ । महिलाहरुलाई बुझ्न गाह्रो छ यसकारण पनि भनिएको होला किनभने उनीहरुले आफ्नो सबै कुरा पुरुषलाई बताउँदैनन् । धेरैजसो पुरुषहरु आफ्नी माहिलाले वास्तवमा के चाहन्छिन् भन्ने कुरा थाहा पाउन चाहन्छन् । विभिन्न महिलाहरुको भनाई अनुसार उनीहरु आफ्ना सबै कुरा पुरुषलाई भन्न चाहँदैनन् किनभने यी कुराहरु उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् । महिलाहरु त्यतिबेला गौरवान्वित महसुस गर्दछन् जब उनीहरुको कुरा नभनेर नै बुझिन्छ । आउनुहोस्, आज हामी तपाईंलाई त्यस्ता कुराबारे जानकारी दिदैछौं जो महिलाहरु पुरुषलाई बाँड्न चाहँदैनन् । सोसल मिडिया वेबसाइटद्वारा सिंगल र सम्बन्धमा रहेका महिलाहरुमाथि गरिएको एक अनुसन्धानको क्रममा महिलाहरुलाई उनीहरु आफ्नो प्रेमीसँग के कुरा लुकाउँछन् भन्ने बारे सोधियो । सुरुमा उनीहरुले त्यस्तो केही पनि कुरा नभएको बताए । धेरै महिलाहरु आफूले लुकाइराखेका कुराहरु भन्न डराइरहेका थिए । यसबाट पनि उनीहरु आफ्नो मौनतामा थुप्रै कुराहरु लुकाइरहेको बुझिन्छ । तर बिस्तारै बिस्तारै केही निडर महिलाहरुको जवाफले अनुसन्धान पोलमा निकै राम्रो बढोत्तरी भयो । बानी व्यवहारः महिलाहरुको केही बानी व्यवहार हुन्छन् जो उनीहरु आफ्नो प्रेमीलाई बताउन चाहँदैनन् जस्तै उनीहरुलाई साङ्लोबाट डरलाग्छ तर ‘तातो वाक्स’ (रौं निकाल्न प्रयोग गर्ने एक सौन्दर्य सामग्री) सँग डर लाग्दैन । उनीहरु सबै मानिसहरुको अगाडि खान मान्दैनन् तर एक्लै हुँदा निकै धेरै खाने गर्दछन् । जसको सबैभन्दा धेरै कुरा काट्छन् उनीहरुलाई नै सबैभन्दा मान्छन् । प्रेम प्रसंगः महिला आफ्नो पछिल्लो जिन्दगी बारे आफ्नो वर्तमान प्रेमीलाई केही पनि बताउन चाहँदैनन् । किनभने धेरै महिला आफ्नो चरित्रमाथि औंला उठ्नबाट डराउँछन् । केही महिलाले उनको पुरानो सम्बन्धको बारेमा थाहा पाएर उनको पार्टनरलाई राम्रो नलाग्ने हो कि भन्ने पनि सोच्ने गर्दछन् । आफन्तको लागि भावनाः तपाईंले कुनै पनि महिलाले उनको आफ्नी बहिनी कति सुन्दर र समझदार, आमा–बुवाको प्रेम र केयर गर्ने बानी र उनको भाइ निकै नै राम्रो भएको कुरा सुन्नुभएको होला तर यी सबै कुरा उनले तपाईंको परिवारलाई पनि भनेमा धेरै खुसी नहुनुहोस् किनभने अनुसन्धानले महिलाहरुले आफ्नो सम्बन्धको बारेमा आफ्नो साँचो भावना नदर्साउने बताएको छ । मेकअप किटः धेरैजसो महिलाहरु आफ्नो मेकअप किटको बारेमा पुरुषलाई बताउन चाहँदैनन् । उनीहरु सधैं आफ्नो सुन्दरताले पुरुषहरुलाई सरप्राइज गर्न चाहन्छन् तर आफ्नो यो सुन्दरता मेकअपको कमाल भएको पुरुषलाई कहिले पनि बताउन चाहँदैनन् । पुराना कुराहरुः पुरुष मित्रहरु, सायद तपाईंलाई थाहा होला कि तपाईंभन्दा पहिले पनि उनको जीवन थियो । यदि कोही पुरुषहरुले तपाईंसँग सम्बन्ध भइसकेपछि पनि उनी पहिलाको जिन्दगीको बारेमा केही महसुस किन गर्छिन् त भन्ने कुराको जानकारी लिन चाहनुुहुन्छ भने यसमा तपाईं सायद कहिले पनि सक्षम हुन सक्नुहुन्न होला । किनभने महिलाको मनमा निकै गहिरो भावनाहरु हुने भएकाले उनीहरु कहिले पनि त्यो व्यक्त गर्न सक्षम हुँदैनन् । याद राख्नुहोस्, उनी तपाईंको साथी भएपनि उनको पनि निजी जीवन भएको ख्याल गर्नुहोस् । र तपाईंले उनको निजी जीवनको सम्मान गर्न आवश्यक छ । तपाईंलाई प्रत्येक कुरा बताउनै पर्ने भन्ने आवश्यक छैन । तपाईंले उनीबाट हरेक कुरा थाहा पाउने इच्छा पनि नराख्नुहोला ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending