Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

एक करोडभन्दा बढीको कृषि बिमा

\"bima\"२८असार, धनगढी । सरकारले कृषि बिमा योजना लागू गरेपछि कैलाली जिल्लामा उखु, तरकारी र केरा बालीमा गरी करिब एक करोड १९ लाखबराबरको बिमा भएको छ । जिल्ला कृषि विकास कार्यालयले उखु, तरकारी र केरा बालीमा बिमा गर्ने किसानको सङ्ख्या करिब १०० पुगेको जनाएको छ । सरकारले दुई वर्षअघि कृषि बिमा योजना लागू गरेको थियो । प्रचार प्रसारका साथै कृषकमा चेतनाको कमीलगायतका कारण बिमा योजनामा धेरै किसान समेटिन नसकेको बताइएको छ । ज्ञानको कमीकै कारण बिमामा नसमेटिँदा बाली तथा पशुमा बर्सेनि हुने विभिन्न प्रकोपबाट पुग्ने क्षति व्यहोर्न किसान बाध्य हुँदै आएका छन् । किसानलाई यसप्रति आकर्षित गर्न सरकारले ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ । कृषि क्षेत्रमा लागेका किसानको जोखिम न्यून गर्न तथा कृषिलाई थप व्यवसायीकरण गर्न सरकारले विसं २०६९ बाट कृषि बिमा योजना लागू गरेको थियो । सुरुका वर्षमा ५० प्रतिशत प्रिमियम शुल्क (किसानले बुझाउनुपर्ने रकम) अनुदानसहित बिमा सुरु गरिए पनि किसान आकर्षित नहुँदा गत वर्षदेखि यसलाई वृद्धि गरी ७५ प्रतिशत पु¥याइएको हो । सरकारले बिमाङ्क रकम तोकेर ७५ प्रतिशत अनुदानसहित बाली तथा पशुमा पाँच प्रतिशत, पक्षीमा छ प्रतिशत र माछामा दुई प्रतिशत प्रिमियम शुल्क लिएर विभिन्न निर्जीवन बिमा कम्पनीमार्फत कृषि बिमाको व्यवस्था मिलाएको छ । किसानले गरेको उत्पादन लागतलाई आधार मानी बिमाङ्क रकम तोक्ने गरिन्छ । बिमा गरेका किसानको बाली तथा व्यवसायमा पूर्ण क्षति भएमा ९० प्रतिशतसम्म र आंशिक क्षति भएमा मूल्याङ्कनका आधारमा क्षतिपूर्ति पाउने व्यवस्था छ । जिल्ला कृषि विकास कार्यालयले बाली बिमाको र जिल्ला पशुसेवा कार्यालयले पशु बिमासम्बन्धी कार्यक्रम हेर्दै आएको छ । किसानका लागि अत्यन्त लाभदायी मानिएको कृषि बिमा योजनालाई प्रभावकारी बनाउन कृषकमा चेतना अभिवृद्धिका साथै व्यापक रुपमा प्रचार प्रसारको अवश्यकता रहेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत खेमराज जोशीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending