Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

एक करोडभन्दा बढीको कृषि बिमा

\"bima\"२८असार, धनगढी । सरकारले कृषि बिमा योजना लागू गरेपछि कैलाली जिल्लामा उखु, तरकारी र केरा बालीमा गरी करिब एक करोड १९ लाखबराबरको बिमा भएको छ । जिल्ला कृषि विकास कार्यालयले उखु, तरकारी र केरा बालीमा बिमा गर्ने किसानको सङ्ख्या करिब १०० पुगेको जनाएको छ । सरकारले दुई वर्षअघि कृषि बिमा योजना लागू गरेको थियो । प्रचार प्रसारका साथै कृषकमा चेतनाको कमीलगायतका कारण बिमा योजनामा धेरै किसान समेटिन नसकेको बताइएको छ । ज्ञानको कमीकै कारण बिमामा नसमेटिँदा बाली तथा पशुमा बर्सेनि हुने विभिन्न प्रकोपबाट पुग्ने क्षति व्यहोर्न किसान बाध्य हुँदै आएका छन् । किसानलाई यसप्रति आकर्षित गर्न सरकारले ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ । कृषि क्षेत्रमा लागेका किसानको जोखिम न्यून गर्न तथा कृषिलाई थप व्यवसायीकरण गर्न सरकारले विसं २०६९ बाट कृषि बिमा योजना लागू गरेको थियो । सुरुका वर्षमा ५० प्रतिशत प्रिमियम शुल्क (किसानले बुझाउनुपर्ने रकम) अनुदानसहित बिमा सुरु गरिए पनि किसान आकर्षित नहुँदा गत वर्षदेखि यसलाई वृद्धि गरी ७५ प्रतिशत पु¥याइएको हो । सरकारले बिमाङ्क रकम तोकेर ७५ प्रतिशत अनुदानसहित बाली तथा पशुमा पाँच प्रतिशत, पक्षीमा छ प्रतिशत र माछामा दुई प्रतिशत प्रिमियम शुल्क लिएर विभिन्न निर्जीवन बिमा कम्पनीमार्फत कृषि बिमाको व्यवस्था मिलाएको छ । किसानले गरेको उत्पादन लागतलाई आधार मानी बिमाङ्क रकम तोक्ने गरिन्छ । बिमा गरेका किसानको बाली तथा व्यवसायमा पूर्ण क्षति भएमा ९० प्रतिशतसम्म र आंशिक क्षति भएमा मूल्याङ्कनका आधारमा क्षतिपूर्ति पाउने व्यवस्था छ । जिल्ला कृषि विकास कार्यालयले बाली बिमाको र जिल्ला पशुसेवा कार्यालयले पशु बिमासम्बन्धी कार्यक्रम हेर्दै आएको छ । किसानका लागि अत्यन्त लाभदायी मानिएको कृषि बिमा योजनालाई प्रभावकारी बनाउन कृषकमा चेतना अभिवृद्धिका साथै व्यापक रुपमा प्रचार प्रसारको अवश्यकता रहेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत खेमराज जोशीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending