त्यसपछि मन्त्री ज्यू म भएतिर आउनुभो । पाखुरामा समात्नुभो । कार्यकक्ष र बैठक कक्षबाट बाहिर लानुभो । मैले सोचेको थिएँ, ‘सल्लाहा गर्न लैजाँदै हुनुहुन्छ । तर ट्वाईलेट भित्र पुर्याउनु भयो । बाहिरबाट छिस्कने लगाइदिनु भो । करिब आधाघण्टा सम्म ट्वाइलेटमै बसेँ । भित्र केही सोच आएन । करिब आधा घण्टापछि सचिव ज्यू आएर खोल्दीनु भयो । त्यसपछि म सरासर मन्त्री भएतिर गएँ ‘म बस्दिन मन्त्री ज्यु भनेर हिँडे ।’
बोलाएर चार घण्टा कुराईयो । चार घण्टापछि वनमन्त्रालयमा बैठक सुरुभयो । बैठक चलेपछि मलाई स्पष्टिकरण सोधीयो । बनका स्टापले के हो, यस्तो भनेर प्रश्न गर्दै हुनुहुन्थ्यो । चार पाँच जना डिजिहरु थिए । कानुन अधिकृत लेखा अधिकृत, सचिव, मन्त्री थिए । म मात्रै बाहिरको मान्छे थिएँ । सबैले स्पष्टिकरण सोधी रहेका थिए । मैले आफ्नो तर्फबाट स्पष्ट पारिरहेको थिएँ । ‘मन्त्री ज्यु म पनि रेगुलेशन गर्न लागिरहेको थिएँ तर सकेको छैन । मैले दुई तिनवटा खानी बन्द गरिसकेको छु । अन्य गर्नको लागि समय लाग्ला सकिरहेको छैन । तर, हजुरले भनेजस्तो तिन दिन भित्र आदेश दिने अथोरिटी म होइन । खानी विभाग पनि छ । जिल्लामा बोर्ड छ । मजदुरको रोजी रोटीको कुरा छ । समस्या समाधान दुवै हुनुपर्छ मैले भने ।’ मैले यसो भन्दै थिएँ । उहाँले ‘मैले भनेपछि नमान्ने तँ को हो ?’ भन्नु भयो । उहाँले भन्ने वित्तिकै मान्नुपर्ने कानुनमा लेखेको थिएन ‘सबै खानी खारेज गर्न के गर्नुपर्यो मैले ’ भनेर मन्त्री ज्युले सोध्दै हुनुहुन्थ्यो । मैले ‘तीन दिन भित्र सक्दिनँ तर अध्ययन गर्न सकिन्छ ’ भनेको थिएँ । समिति गठन गर्न प्रस्ताव गरेको थिएँ । उहाँले तीन दिन भित्र बन्द गर्नु आदेश दिँदै हुनुहुन्थ्यो । जिल्ला वन अधिकृत प्रकाश प्याकुरेल हुनुहुन्थ्यो । ‘ए.. प्याकुरेल जी.. तपाईं सक्नुहुन्छ ?’ अधिकृत प्याकुरेल जीलाई मन्त्री ज्यूले सोध्नुभयो । प्याकुरेलजीको हात, शरिर नै कामिराखेको थियो । ‘म त सक्छु हजुर सक्छु ..’ उहाँले भन्नुभयो । मन्त्रीज्युले के चाहियो त तिमिलाई भनेर प्रश्न गर्दा उनले भने, ‘१२ जना महिला प्रहरी, २५ जना सशस्त्र प्रहरी चाहियो ।’ तर, उसँग त्यो अथोरिटि नै थिएन । त्यो दृष्य सम्झेर मलाई घृणा लागेर आउँछ । क्याकुरेलको त्यो जवाफ आएपछि मन्त्रीज्यु म भएतिर फर्कनु भयो, ‘उसले चाहिँ सक्ने तैँले चाहिँ नसक्ने किन, कारण के ?’ उहाँको प्रश्न थियो । ‘मैले त जे अवस्था छ त्यहि बताएको हो मन्त्री ज्यु, मलाई ढाँट्नु केही पनि छैन । तपाईंलाई गलत कुरा बताउन केही जरुरी पनि छैन ।’ मैले भने । मसँग जे हैसियत छ त्यहि वास्ताविकता थियो । त्यसपछि मन्त्री ज्यू म भएतिर आउनुभो । पाखुरामा समात्नुभो । कार्यकक्ष र बैठक कक्षबाट बाहिर लानुभो । मैले सोचेको थिएँ, ‘सल्लाहा गर्न लैजाँदै हुनुहुन्छ । तर ट्वाईलेट भित्र पुर्याउनु भयो । बाहिरबाट छिस्कने लगाइदिनु भो । करिब आधाघण्टा सम्म ट्वाइलेटमै बसेँ । भित्र केही सोच आएन । करिब आधा घण्टापछि सचिव ज्यू आएर खोल्दीनु भयो । त्यसपछि म सरासर मन्त्री भएतिर गएँ ‘म बस्दिन मन्त्री ज्यु भनेर हिँडे ।’ धेरै ठूलो अपेक्षा राखेर मैले जागिर खाएको मान्छे होइन । त्यो ट्वाइलेटमा नबसेको होइन । सधैभरि बसेको नै हो तर किन बसियो भन्ने मात्रै प्रमुख कुरा हो । अहिले पनि त्यहाँ जाँदा त्यो ट्वाइलेटमा छिर्छु होला नी । तर मुल कुरा भनेको कसैले पनि घमण्ड पाल्नु हुन्न । उहाँमा घमण्डको मात्रा बढी नै थियो । म एउटा सामान्य एलडिओसँग घमण्ड देखाएर के गर्ने ? सेकेण्ड क्लास अफिसरलाई देखाएर फाइदा थिएन । त्यो घटनापछि मलाई मान्छेहरुले अनावश्यक रुपमा सोध्ने खोज्ने गर्न थाले । म अनावश्यक टर्चर सहन नसक्ने मान्छे । बेकारको फोनहरु निकै आए । आफू बेकारमा त्यो घटनामा परेको थिएँ । उचाल्ने पनि साथीहरु आए । आन्दोलन गर्न जाउँ भन्नेपनि आए । जुलुस पनि गरे । मैले सामान्य कुरा लेखेर कान्तिपुरमा दिएँ । परिवारलाई मानसीक रुपमा निकै गाह्रो भयो । मैले घटनाको विषयमा परिवारलाई भनेका थिइन । मैले त जिन्दगीमा त्यस्ता अफ्टेरोहरु धेरै सामना गरेको छु, तर परिवारमा निकै पिडा हुँदो रहेछ । यो संसारमा सोझो तरिकाले बाटो अंगालेकालाई टिक्न धेरै गाह्रो छ । सिम्पल हुँदा के विग्रिन्छ मेरो प्रश्न नै यहि हो । लपन छपन किन गर्ने , साधारण हुँदा के विग्रिन्छ ? तर मैले साधारण भएबापतको सजायँ पाएको थिएँ जस्तो लाग्छ । अन्य कारण थियो भने मन्त्री ज्युले नै जानुन् । सुदीप विश्वकर्मासँगको कुराकानीमा आधारित
प्रतिकृया लेख्नुहोस्: