Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

नयाँ संविधानले सबै भाषी, जाति र संस्कृतिको एकता गर्ने प्रधानमन्त्रीको भनाई

\"Koirala२९ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ बन्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले सबै भाषी, जाति र संस्कृतिको एकता गर्ने बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०२ औँ जयन्तीका अवसरमा भानु प्रतिष्ठानद्वारा मंगलबार यहाँ आयोजित प्रभातफेरी, सम्मान तथा श्रद्धाञ्जलि समारोहमा उनले साहित्यिक कृतिको माध्यमबाट नेपालको भाषिक तथा सांस्कृतिक एकतामा भानुभक्तले पु¥याउनुभएको योगदान प्रेरणादायी भएको बताए । ‘आफूभन्दा अघिका कवि र समकालीन कविहरुमा उहाँ विशिष्ट हुनुहुन्थ्यो । आध्यात्मिक विषयका साथै सामाजिक एकता र सद्भावका विषयलाई साहित्यिक रचनामा प्राथमिकता दिने उहाँ सामाजिक कवि हुनुहुन्थ्यो’, प्रधानमन्त्रीले भने । भानुभक्तले नेपाली समाजको एकताका लागि गरेको योगदानको कदरस्वरुप भानु प्रतिष्ठानले माग गर्दै आएको प्रतिष्ठानको भवन निर्माणका लागि एक रोपनी जग्गा उपलब्ध गराउन आफ्नातर्फबाट सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले प्रतिष्ठानका तर्फबाट नेपाली भाषा तथा संस्कृतिमा योगदान पु¥याएका साहित्यकारद्वय चूडामणि रेग्मी र तेजेश्वरबाबु ग्वँगलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । रेग्मी र ग्वँगलाई सम्मानार्थ प्रतिष्ठानले रथारोहण गरी प्रभातफेरीसहित नगर परिक्रमा गराएको थियो । भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले नेपाली समाजको एकताका लागि महत्वपूर्ण योगदान पु¥याउनु भएका भानुभक्तको योगदानलाई चिरस्थायी बनाउन देश तथा विदेशका विभिन्न स्थानमा भानुभक्तको सालिक निर्माण गर्ने कार्य अघि बढेको बताए । भानु प्रतिष्ठानले २०३३ सालदेखि भानु जयन्तीका दिन निरन्तर प्रभातफेरीलगायतका कार्यक्रम गर्दै आएको उनले जानकारी गराए । राष्ट्रकवि माधवप्रसाद घिमिरेले भानुभक्तले तत्कालीन अवस्थामा साहित्य रचनाका माध्यमबाट गरेको लोकहितको कामना वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । बन्दै गरेको नेपालको नयाँ संविधान लोकहितका लागि अत्यन्त उपयोगी हुने विश्वास पनि उनले व्यक्त गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको भाषिक तथा सांस्कृतिक एकतामा भानुभक्तको योगदान र भौगोलिक एवम् राजनीतिक एकीकरणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण रहेको बताए । भानु जयन्ती र पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने प्रचलन नेपालको जारी संक्रमणका कारण अबरुद्ध भएकोमा यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा उनको जोड थियो । साहित्यकार तेजेश्वरबाबु ग्वँगले नेपाली भाषा साहित्यको समग्र विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताए । भानु प्रतिष्ठानका महासचिव डिपी अर्यालले भानुभक्तको योगदान चिरस्थायी बनाउन र नेपाली भाषा सहित्यको विकास गर्न प्रतिष्ठान निरन्तर क्रियाशील रहेको बताए । कार्यक्रममा साहित्यकार नवराज लम्साल, बुनु लामिछाने, दिवस ठकुरीलगायतले भानुभक्तका कविता वाचन गरेका थिए भने भानु जयन्तीका अवसरमा प्रभातफेरीमा सहभागी विद्यालयलाई सम्मान गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending