Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

छुट्टाछुट्टै दुर्घटनामा पाँचको मृत्यु

२९ असार, काठमाडौं । देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पाँचको मृत्यु भएको छ । कालिकोट, गुल्मी, स्याङजा, बझाङ र जुम्लामा भएको सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो । कालिकोट पाखा–१ सेरावालामा भे.१ त ६३२५ नम्बरको ट्याक्टर मंगलबार बिहान सडकबाट अंदाजी ८० मिटर तल तिला नदीमा खसेर दुर्घटना हुँदा सहचालक मानमा–५ बस्ने २० वर्षीय नमराज खड्का र सुकाटिया–२ बस्ने ट्याक्टर साहु २० बर्षीय नेत्र चौलागाई गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका नमराजको  जिल्ला अस्पताल मानमामा उपचाको क्रममा मृत्यु भएको हो । यसैगरी गुल्मी अस्लेवा–२ ताउलेमा लु.२ च ९०८३ नम्बरको ट्याक्टर सोमबार राति सडकबाट अंदाजी २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक ठुलोलुम्पेक–७ बस्ने ४० बर्षीय गोपाल राहाडीको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी, स्याङजा वालिङ नगरपालिका–८ मा ग.२ प ६८७२ नम्बरको मोटरसाइकल पछाडी बसी यात्रा गर्ने ३९ वर्षीया ज्ञानेश्वरी गुरुङको सोमबार मृत्यु भएको छ । मोटरसाइकलबाट अचानक खस्दा गम्भीर घाइते भएकी गुरुङको उपचारको लागि वालिङतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, बझाङ रायल–२ चौडाममा ना.१ ज ३१५१ नम्बरको जीपले रायल–२ बस्ने दिपक भण्डारीको ५ वर्षीय छोरा अजय भण्डारीलाई सोमबार ठक्कर दिँदाँ घटनास्थलमै मृत्यु भएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी जुम्ला मालिकाकोट–१ स्थित हाडसिजाबाट मुगुतर्फ जाँदै गरेको भे.१ त ४३७५ नम्वरको ट्याक्टर सोमबार अनियन्त्रित भएर अंदाजी ३ सय मिटर तल खसेर दुर्घटना हुँदा रसियन नागरिक भ्लादिस्लाभ गोरोडोभको घटनास्थलमै मृत्यु भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending