Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

यसरी पनि सम्झिइए भानुभक्त...

\"bhanubhakta-400\"काठमाडौँ, २९ असार । ‘भानु फर्की आऊ आफ्नो देश हेर्न खिया पर्दै गएको यो भाषा साहित्य फेर्न तिमीले नै बनाएथ्यौ सबै ढलिसके भाषा अनि साहित्यका पाना गलिसके कविताका छन्द, लयभाव मरिसके ।’ प्रस्तुत कविताका हरफ काठमाडौँको भीमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजमा आदिकवि भानुभक्तको २०२औं जन्मजयन्तीका अवसरमा आयोजित कविगोष्ठीमा छात्रा जेनिसा कार्कीले पाठ गरेको कविताको एक अंश हो । सो अवसरमा कवि रामेश्वर मातृदास, देवी नेपाल, लक्ष्मण गाम्नागे, ठाकुर शर्मा, इन्दु अंशुलगायतले नेपाली भाषा र आदिकविसँग जोडिएका कविता र रामायणको श्लोक वाचन गरेका थिए । कलेजका छात्रा अनिता आचार्यले सादासिदा र इमान्दारलाई ‘पाखे’ भन्ने प्रवृत्ति, अनियमितता, भ्रष्टाचार अनि देश र जनताका विरुद्धमा काम गर्ने व्यक्तिलाई नेता र मन्त्री भनी सम्बोधन गरिने भावसहितको व्यङ्ग्यात्मक कविता वाचन गर्दा सहभागीले ताली बजाएर स्वागत गरेका थिए । समारोहमा साहित्यकार मन्जुश्री प्रधानलाई कलेजका तर्फबाट सम्मान प्रदान गरिएको थियो । सो अवसरमा सहभागी कविहरुले नेपालमा भानुभक्तलाई ‘बाहुन’ भनेर उनको योगदानलाई कम आँक्ने प्रयास गरिए पनि भारतलगायत नेपाली भाषी रहेका अन्य मुलुकमा भानुभक्तले नेपाली भाषामा दिएको योगदानको स्मरण नगरी बाँच्न सक्दैनौँ भन्ने गरेको तथ्यसहितको उदाहरण प्रस्तुत गरेक थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले शासन, प्रशासन जताततै हैकमवाद चलिरहेको बेलामा भानुभक्तले सरल नेपाली भाषामा रामायणको उल्था गरेर कुनै शासकले पनि एक गर्न नसकेको अवस्थामा नेपाली भाषी जनतालाई एकताको सूत्रमा बाँध्न सफल भएको बताए । अध्यात्म र आत्मचिन्तनको खोजी भानुभक्तको कवितामा देखिने गरेको बताउँदै उनले आदिकविको प्रभावशाली कलमले नै नेपाल राष्ट्रलाई भाषाको माध्यमबाट एकीकरण गराउन सफल भएको उल्लेख गरे । सो अवसरमा कलेजका अध्यक्ष रामप्रसाद दाहाल र प्राचार्य सविन पोखरेलले निरन्तरताभित्र नविनताको खोजी गर्ने क्रममा भानुभक्तले आदिकविको उचाइ प्राप्त गर्न सफल भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending