Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बजेटमा भूकम्पको प्रभाव

२९ असार, काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आव २०७२÷०७३ को बजेट वक्तव्यमा गत वैशाखमा आएको भूकम्प र त्यसपछिको परकम्पको प्रभाव परेको छ । बजेट वक्तव्यको प्रारम्भमै उहाँले भन्नुभयो, “यस वर्षको सुरुमा आएको त्रासदीपूर्ण भूकम्प र त्यसका शृङ्खलाले ल्याएको भौतिक, आर्थिक र मानवीय विनाशका बीच बाटाबाट उठेर नयाँ अठोट र विश्वासका साथ नेपाललाई समुन्नत राष्ट्रका रुपमा उभ्याउने नेपाली चाहनालाई आव २०७२÷०७३को बजेटमा मूर्त रुप दिन प्रस्तुत गर्न उभिएको छु ।” भूकम्पपछिको पुनःनिर्र्माणको कामलाई नवनिर्माणमा प्रयोग गर्ने सोचका साथ प्रस्तुत बजेटमा राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई बजेटको प्राथमिकतामा राखिएको अर्थमन्त्रीले बताउनुभयो । भूकम्पमा परी ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनी र विदेशी नागरिकप्रति श्रद्धासुमन अर्पणका तथा घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दै उनले भने, “देशको नवनिर्माणका लागि यस विपत्तिलाई शक्तिमा परिणत गर्न हामी सक्षम छौँ भन्ने विश्वास लिएको छु ।” सीमित साधन र स्रोतका बाबजुद कठिन परिस्थितिमा एक महिनाभित्र राहतको कार्य गरियो, लाखौँ भूकम्पपीडितलाई अस्थायी बसोबासको व्यवस्था गरियो र महामारी आउन नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य प्रयास सम्भव भएको पनि अर्थमन्त्री डा महतले बताए  । विपत्तिपछिको आवश्यकता पहिचान गरी प्रतिवेदन सार्वजनिक भएको र देशको पुनःनिर्माणका लागि आयोजना गरिएको दाता राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलन प्रभावकारी भएको उल्लेख गर्दै उहाँले प्राकृतिक प्रकोपलाई जित्न र रोक्न सक्ने सामथ्र्य कसैको नभए पनि यसलाई न्यूनीकरण गर्न सामथ्र्य हुनुपर्नेमा जोड दिए । भूकपम्पबाट पाठ सिकेर सुन्दर भविष्यको कल्पना गर्नुपर्ने औँल्याउँदै अर्थमन्त्री डा महतले यसका लागि सरकार जनतासँग छ भन्ने विश्वास दिलाउन सरकारको क्षमता र सामथ्र्यले भ्याएसम्म पूरा गरिने छ भन्नुभयो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending