Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सुशान्तको आत्महत्यापछि निशाना बने सलमान

वर्ष २००१ मा प्रदर्शनमा आएको फिल्म ‘स्टाइल’ ले धेरै दर्शकको मन जित्न सफल भएको थियो । यस फिल्मबाट अभिनेता साहिल खानले बलिउडमा इन्ट्री मारेका थिए । पहिलो फिल्मबाटै वाहवाही बटुलेका साहिलले त्यसपछि धेरै फिल्म भने खेल्न पाएनन् । यही फिल्म रिलिज भएपछि ‘द न्यु खान इन टाउन’ शीर्षकमा एक लोकप्रिय म्यागेजिनको कभरमा शाहरुख र सलमानसँगै साहिलको तस्बिर छापियो ।

अहिले सुशान्तसिंह राजपूतले आत्महत्या गरेसँगै बलिउड फिल्म उद्योगमा सलमान खानसहितका धेरै कलाकारविरुद्ध दादागिरी चलाएको र क्याम्प खडा गरेर अन्यलाई पाखा लगाएको आरोप लागिरहेको छ । उत्कृष्ट हुँदाहुँदै पनि बलिउडमा बाइकटमा परेकाले सुशान्तले डिप्रेशनमा गएर आत्महत्या गरेको हुनसक्ने टिप्पणी अन्य कलाकारले गरिरहेका छन् र उनलाई बाइकट गर्न सलमानको ठूलो भूमिका रहेको अन्य कलाकारको आरोप छ ।

यही क्रममा साहिल खानले सलमानविरुद्ध निशाना साँधेका छन् । ‘धेरै कम मानिसको जिन्दगीमा यस्तो हुन्छ, आफ्नो पहिलो फिल्म स्टाइलपछि नै इन्डियाको सबैभन्दा टप फिल्म म्यागेजिनले कभरमा इन्डियाका दुई सबैभन्दा ठूला सुपरस्टारसँग मलाई राखेको थियो । तर यसमध्ये एक सुपरस्टारलाई निकै दुःख लाग्यो । जबकी म त नयाँ थिए, उनको फ्यान थिएँ, कमजोर थिएँ ।’

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘फेरि उनले मलाई धेरैपटक साइड रोलका लागि बोलाइ रहे, टिभी शोका लागि पनि बोलाए र त्यसपछि केही फिल्मबाट मलाई निकालिदिए । ठूलो नाम र सानो दर्शन । सोच्नुस्, को हुन् । मलाई फरक पर्दैन किनकि सुशान्तसिंह राजपूतले उनको वास्तविक अनुहार बाहिर ल्याइसकेका छन् । संसारका ती व्यक्ति नयाँ प्रतिभासँग कतिसम्म डराउँछन् । २० वर्षमा जोन इब्राहिमबाहेक फिल्म उद्योगमा अरु कोही ठूला स्टार आएनन् । कसैले आउनै दिदैंन । केवल स्टारका छोराछोरीलाई मात्रै काम मिल्छ । यसबारेमा सोचौं, तिम्रो आत्मालाई शान्ति मिलोस् सुशान्त ।’

सुशान्तको आत्महत्यासँगै बलिउडमा केही निर्माता तथा कलाकारमाथि आफ्ना नजिकका व्यक्तिलाई मात्रै काम दिने गरेको आरोप लागिरहेको छ । यसअघि ‘दबंग’ का निर्देशक अभिनव सिंह कश्यपले पनि सलमानमाथि क्याम्प खडा गरेको आरोप लगाएका थिए ।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies