Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

‘बजेटमा जेरी स्वारीदेखि दारुको मिसावट छ’

\"hari-roka_20150701075944\"अर्थमन्त्रीले डा. रामशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/७३को बजेटको राम्रो पक्षबाट सुरुवात गर्नु उचित हुन्छ । प्रस्तुत बजेट एउटा त्यस्तो पोलिथन हो जहाँ हात हाल्दा मनले चिताको चिज पाइन्छ । जेरि स्वारी वा दारुसम्म समावेश गरिएको बजेट प्रस्तुत गरिएको छ । प्रस्तुत बजेटमा समाजवाद मात्रै होइन पूजीवाद देखि ऋषिमुनी र ससीमुनी पनि छ । प्रस्तुत बजेट माथि मेरो समिक्षा यस्तो छ । संघीयता विरोधी बजेट प्रस्तुत बजेट संघीयता विरोधी बजेट हो । जसरी अर्थमन्त्रीले बजेटमा गाविस मर्जर गराउने कुरा गरेका छन् यो संघीता विरोधी नियतबाट आएको प्रस्ताव हो । गाउँ विकास समिति मर्जर गराउँदा एक करोडदेखि रकम दिने नियत आफैमा संघीयताविरोधी हो ।  गाविस मर्जर गराउने कुरा अर्थमन्त्रालयको क्षेत्राधिकार भित्र पर्दैन । यो बजेट नीति कार्यक्रम माथि आधारित पनि छैन । यद्धपी बजेट आउँदा नीति तथा कार्यक्रममा आधारित भएर आउनुपर्ने हुन्छ । यतिबेला देश संविधान निर्माणको संघारमा छ । बजेटमा संघीयतालाई कतै छोइएको छैन । संघीय संरचनाको बारेमा बजेट छुट्याउन जरुरी थियो  । संघीयता सम्बन्धी आयोगका लागि बजेट खोई ? सिमांकन नामांकनका लागि बजेट खोइ ?  गाउँ विकास समितिलाई मर्जर गराउने किन ?  । जस्तै तपाईं सुन्दरीजलको मान्छे सुन्दरीजल कृतिपुरको स्कुल गाभ्ने कुरा कसरी मिल्न सक्छ ?  हुन त उहाँसँग आइडिया नभएर यसो गर्नुभएको हुनसक्छ, जसरी आएको भएपछिन यो संघीयताविरोधी हो । कर्मकाण्डी यो बजेट कर्मकाण्डी हो । भूकम्पले हाम्रो देशमा ठूलो क्षति पुर्याएको छ । यतिबेला नवनिर्माणको खाँचो छ । पूननिर्माणमात्रै गरेर हुनेवाला केही छैन । हामी सबैको आफ्ना घरहरु भत्किएका छन् । यतिबेला भत्किएका संरचनाको नवनिर्माण अनिवार्य हो । तर यो बजेटमा नवनिर्माणको कुनै संकेत छैन । नवनिर्माण विरोधी र कर्मकाण्डी बजेट हो । औद्योगिकरण विरोधी विनाशकारी भूकम्पले आठ लाख घर भत्किएका छन् ।  एकीकृत वस्ती बिस्तार गर्नु पर्ने आवश्यकता छ । तर बजेटमा कुनै त्यस्तो कार्यक्रम नै छैन । भूकम्पपछिको नवनिर्माणमा चाहिने सामग्रीको उद्योगको कुरा  आएन । नीजि क्षेत्र  वा राज्य दुवै मिलेर उद्योगको चलाउन सक्थ्यो । बजेटमा  सिमेन्ट, छड, लगायतका उद्योग हरुको कल्पना गरिरहेका छैनौं ।  अहिले पनि हामीसँग ७ खर्ब बराबरको ब्यापार घाटा छ । ७२ अर्ब निर्माणमा खर्च गर्ने कुरा छ । त्यसको लागि १ खर्बको सामान खरिद गर्छौं  । त्यो खरिद गर्न भन्दा पनि  भन्सार छुट दिएर ल्याउने कुरा गरिएको छ ।  यहाँ उद्योग नखुलेपछि व्यापार घाटा झनै बढाउँछ । यो बजेटले परनिर्भरतालाई बढाएको छ । भिजनलेस भूककम्प पछि बाढी पहिरो गइरहेको छ । औषधी उपचार छैन । १० माहिनामा १७ प्रतिशत मात्र पँुजीगत खर्च भएको छ ।  पुँजीगत खर्च कम हुनु भनेको गाउँमा पैसा कम जानु हो । सामान्य मान्छेहरु राज्य निर्माणमा समलग्न हुन नपाउनु हो । बजेटले यस्तो अवस्था श्रजना गरेको छ जहाँ आम मान्छे, समलग्न हुन नपाउनु हो । अर्थमन्त्रालयको एकाधिकार अन्य मन्त्रालयलाई अर्थ मन्त्रालयले सरेन्डर गर भनेको छ । उर्जा मन्त्रालयको आफ्नै योजना कार्यक्रम हुन्छ । सामान्य प्रशासनको आफ्नै होला । तर अर्थले अन्य मन्त्रालयलाई पुरस्कारको नीति ल्याएर एकाधिकार जमाउन खोजेको छ । रामशरणले कतिदिन खुवाउने रामेश्वरलाई जागिर ? राष्ट्रपति चुरे संरक्षणको काम के हो ?  भन्ने कुरा आएको छ । क्रसर उद्योगलाई खुलाउने नीति ल्याएको छ । राजमार्ग र बाटो मुनीबाट खुलाउन पाइने  । खोलाको तल्लो किनारसम्म अर्बौं लगानीमा क्रसर चलिरहेका छन् । यस्तो अवस्थामा राष्ट्रपति चुरे संरक्षणको नाममा रामशरणले रामेश्वरलाई कतिदिन जागिर खुवाउने किन ?  किन खुवाउने ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy