Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

घरभाडा छुट दिने १७ घरबेटी सम्मानित

काठमाडौं । लकडाउनका समयमा घरभाडा छुट दिने यहाँका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान पत्रद्वारा सम्मान गरिएको सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो ।

“लकडाउनका समयमा दैनिक गुजारा गर्ने अति विपन्न समुदाय तथा घरभाडामा लिई पसल सञ्चालन व्यवसायीप्रति भएको क्षतिलाई मध्यनजर गरी घरभाडा छुट दिने अभियान कार्यान्वयनमा जोड दियौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “आर्थिक सङ्कटका बाबजुत पनि व्यवसायी तथा अति विपन्न समुदायका परिवारलाई पनि घर भाडा छुट दिएर सकारात्मक सन्देश दिनुभएकोमा आभार व्यक्त गर्दछौँ ।”

लकडाउनका समयमा घरभाडा छुट दिने अन्य घरबेटीको पनि विवरण सङ्कलन भइरहकाले दोस्रो चरणमा पुनः सम्मान गर्ने तयारी रहेको सङ्घका कार्यकारी सचिव बाबुराम रेग्मीले बताउनुभयो । घरबेटीले लकडाउनका समयमा एकदेखि तीन महीनासम्मको घरभाडामा छुट दिएका हुन् ।

लकडाउनका समयमा व्यापार व्यवसाय तथा दैनिक कामकाज गरेर जीविकोपार्जन गर्ने समुदाय आर्थिक सङ्कटमा परेका बेला घरभाडा छुट दिएर आफूले सहयोग गरेको वालिङ रामबाच्छाका पदमराज गुरुङले बताउनुभयो । वालिङ नगरपालिकाभित्रका चुनमाया गुरुङ, नौबहादुर गुरुङ, सुमन गुरुङ, छलीमाय गुरुङ, दलबहादुर गुरुङ, क्याप्टेन रुकबहादुर गुरुङ, पदमराज गुरुङ, नमु मश्राङ्गी मगर, चौबहादुर गुरुङ, हेमप्रसाद गैह्रे, श्यामप्रसाद डुम्रे, खुमा अर्याल, पदमबहादुर खत्री, नीलकण्ठ भट्टराई, सेवाकुमारी गुरुङ, मञ्जु केसी, शम्भु अर्यालले घरभाडा छुट दिएसँगै सम्मान गरिएको वालिङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending