Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

आर्थिक पुनःरुत्थान र पुनःनिर्माणमा केन्द्रित बजेटः अर्थमन्त्री

\"Budget-३० असार, काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले देशको अर्थतन्त्रका आवश्यकता सम्बोधन गर्नेगरी आर्थिक पुनःरुत्थान र पुनःनिर्माणमा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको स्पष्ट पारेका छन् ।

बजेट प्रस्तुतिपछि पहिलोपटक सञ्चारकर्मीमाझ उपस्थित अर्थमन्त्री महतले क्षेत्रगत कार्यक्रमभन्दा पनि क्षेत्रीय विकास एवम् आर्थिक सन्तुलनलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको बताए ।

अर्थमन्त्रालयले आज आयोजना गरेको आव २०७२/०७३ को बजेटपछिको छलफलमा उहाँले मङ्गलबार व्यवस्थापिका–संसद्मा प्रस्तुत बजेटको कार्यान्वयनपछि मुलुकको अर्थतन्त्र विस्तार भई द्रुुत आर्थिक वृद्धिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रस्तुत बजेटले क्षेत्रीय आर्थिक सन्तुलनलाई सम्बोधन गरेको उल्लेख गर्दै अर्थमन्त्रीले मधेस–तराई केन्द्रित गरेर बजेटमा कार्यक्रम राखिएको बताए । उनले जनताको आधारभूत आवश्यकता खानेपानी, स्वास्थ्य र शिक्षा र पहाड तथा तराईका सिँचाइका आयोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको स्पष्ट पारे ।

कृषि विकासलाई प्राथमिकता दिइएको, जलविद्युत्का क्षेत्रमा थुप्रै कार्यक्रम अगाडि बढाइने र सामाजिक सुरक्षालाई पनि ध्यान दिइएको अर्थमन्त्री डा महतको भनाइ थियो ।

बजेटले आर्थिक वृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । अर्थमन्त्री डा महतले भने, \'प्रशासनिक तथा प्राविधिक क्षमताले भ्याएसम्म महत्वपूर्ण योजनाका लागि स्रोतको कमी हुँदैन, तर कार्यान्वयनलाई भने गति दिनुपर्छ ।\'

जलस्रोत क्षेत्रको विकासका निम्ति निर्माणाधीन आयोजना कार्यान्वयनका लागि पर्याप्त बजेट उपलब्ध हुने र त्यस्ता योजना सम्पन्न गर्न थप स्रोत परिचालन गर्न सकिने उनको भनाइ थियो । अर्थमन्त्रीले भने, \'स्रोतको अभाव होइन, कार्यान्वयनको समस्या हो ।\'

सरकारले आर्थिक गतिविधि बढाउन वातावरण र आवश्यक ऐन कानुनको व्यवस्था गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने भएकाले बजेटको कार्यान्वयनमा निजी तथा सरोकारपक्षले सघाउनुपर्नेमा उhको जोड थियो । अर्थमन्त्री डा महतले निर्माण उद्योगीलाई क्षमता विस्तार गर्न आग्रह गरे । योजना समयमै सम्पन्न गर्ने कार्यमा कर्मचारी सरुवाले प्रभाव पार्ने भएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउँदै उनले राष्ट्रिय गौरवका आयोजनामा प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत तोकिने र ८० प्रतिशत काम सम्पन्न गर्नेलाई पुनःनियुक्ति दिने व्यवस्था गरिएको बताए ।

आव सुरु भएकै दिनदेखि बजेट कार्यान्वयनको अख्तियारी दिइएको र बजेट विनियोजनपछि कार्यक्रम स्वीकृत गर्न राष्ट्रिय योजना आयोग जान नपर्ने व्यवस्था गरिएकाले आगामी आवमा पुँजीगत खर्चमा वृद्धि हुने विश्वास व्यक्त गरे।

नेपालले दक्षिण एसियामा नै सामाजिक सुरक्षामा ठूलो रकम खर्च गरेको उल्लेख गर्दै उहाँले कुल गार्हस्थ्यको दुई प्रतिशतभन्दा बढी रकम यस क्षेत्रका लागि छुट्टाइएको स्पष्ट पारे ।

बजेट तयारी गर्दा अपनाइने प्रक्रियालाई पूरा गरेको बजेट कुनै व्यक्ति विशेष र पार्टीको नभई राष्ट्रको भएकाले यसलाई विरोध गर्न आवश्यक नभएको स्पष्ट पार्नुभयो । उनले भने, \'बजेटमा एकलौटी भएको छैन, यसले राष्ट्रको प्रतिनिधित्व गर्छ ।\'

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा गोविन्द नेपाल, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थ सचिव सुमनप्रसाद शर्मालगायत विभिन्न मन्त्रालयका सचिव एवम् उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकालगायतका निजी क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy