Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

युवा सङ्घका असन्तुष्टद्वारा निलम्बनको बिरोध

\"yuwa३० असार, काठमाडौँ । युवा सङ्घ नेपालका असन्तुष्ट पक्षले समानान्तर गतिविधि गरेको आरोपमा आफूहरूलाई निलम्बन गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

युवा सङ्घको मङ्गलबार बसेकोे स्थायी कमिटीको बैठकका निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरी उपाध्यक्ष दीलकुमारी पन्त र सचिव नरेश शाहीलाई निलम्बन गरेको सार्वजनिक गरिएको थियो ।

असन्तुष्ट पक्ष तथा उपाध्यक्ष पन्तको अध्यक्षतामा आज बिहान बसेको बैठकका निर्णय आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै भूकम्पपीडितका नाममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठन र व्यक्तिबाट आर्थिक सहयोग उठाएको र त्यसको दुरुपयोग भएको, पारदर्शी रुपमा परिचालन नगरेको, आफ्नो निजीस्वार्थ र पारिवारिक खर्चमा प्रयोग गरेको आरोप लगाउँदै अध्यक्ष निरु पाल र महासचिव राजिव पहारीलाई पदबाट निलम्बन गरेकोसमेत जानकारी दिइयो ।

पदीय जिम्मेवारी र गरिमालाई कायम राख्न नसकेको भन्दै अध्यक्ष पाल र महासचिव पहारीलाई पदबाट निलम्बन गरिएको असन्तुष्ट पक्षको भनाइ छ ।

पन्तको संयोजनमा सोमबारमात्र नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा एक छलफल कार्यक्रम गरिएपछि दुई पक्षबीच एकले अर्कालाई निलम्बन गरेको दाबी गर्दै आएका छन् । असन्तुष्ट पक्ष पन्तसहितका नेताले सङ्घको अध्यक्षमा निरु पाललाई चयन गर्दा विधान विपरीत भएको भनी असन्तुष्टी जनाउँदै अाएका छन् ।

तत्कालीन अध्यक्ष महेश बस्नेत उद्योग मन्त्री भएपछि पाललाई विस्तारित बैठकले अध्यक्ष बनाएको थियो । सङ्घको केन्द्रीय कमिटीको बैठक आगामी साउन २२ र २३ गते काठमाडौँमा बस्ने कार्यक्रम रहेको जनाइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending