Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

युवा सङ्घका असन्तुष्टद्वारा निलम्बनको बिरोध

\"yuwa३० असार, काठमाडौँ । युवा सङ्घ नेपालका असन्तुष्ट पक्षले समानान्तर गतिविधि गरेको आरोपमा आफूहरूलाई निलम्बन गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

युवा सङ्घको मङ्गलबार बसेकोे स्थायी कमिटीको बैठकका निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरी उपाध्यक्ष दीलकुमारी पन्त र सचिव नरेश शाहीलाई निलम्बन गरेको सार्वजनिक गरिएको थियो ।

असन्तुष्ट पक्ष तथा उपाध्यक्ष पन्तको अध्यक्षतामा आज बिहान बसेको बैठकका निर्णय आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै भूकम्पपीडितका नाममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठन र व्यक्तिबाट आर्थिक सहयोग उठाएको र त्यसको दुरुपयोग भएको, पारदर्शी रुपमा परिचालन नगरेको, आफ्नो निजीस्वार्थ र पारिवारिक खर्चमा प्रयोग गरेको आरोप लगाउँदै अध्यक्ष निरु पाल र महासचिव राजिव पहारीलाई पदबाट निलम्बन गरेकोसमेत जानकारी दिइयो ।

पदीय जिम्मेवारी र गरिमालाई कायम राख्न नसकेको भन्दै अध्यक्ष पाल र महासचिव पहारीलाई पदबाट निलम्बन गरिएको असन्तुष्ट पक्षको भनाइ छ ।

पन्तको संयोजनमा सोमबारमात्र नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा एक छलफल कार्यक्रम गरिएपछि दुई पक्षबीच एकले अर्कालाई निलम्बन गरेको दाबी गर्दै आएका छन् । असन्तुष्ट पक्ष पन्तसहितका नेताले सङ्घको अध्यक्षमा निरु पाललाई चयन गर्दा विधान विपरीत भएको भनी असन्तुष्टी जनाउँदै अाएका छन् ।

तत्कालीन अध्यक्ष महेश बस्नेत उद्योग मन्त्री भएपछि पाललाई विस्तारित बैठकले अध्यक्ष बनाएको थियो । सङ्घको केन्द्रीय कमिटीको बैठक आगामी साउन २२ र २३ गते काठमाडौँमा बस्ने कार्यक्रम रहेको जनाइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending