Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पानी पिउँदा यी ६ कुरा कहिल्यै नभूल्नुहाेस्

\"drinking_water_1\"बिहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यको लागि सबै भन्दा राम्रो मानिन्छ । पानी शरिरको लागि नभइ नहुने तरल पदार्थ हो । पानी विना मान्छेको जीवन चल्दैन । चिकित्सा विज्ञानले सबै प्रकारको रोगको उपचारमा पानी पिउन सल्लाहा दिने गर्छ । पानीका विज्ञहरुका अनुसार पानी खाँदा हामीले समय मिलाएर खानुपर्छ । विहान उठ्ने वित्तिकै पिइने पानी सबै भन्दा उत्तम मानिन्छ । तर खाना खाँदै गर्दा पानी पिउनु स्वास्थ्यको लागि राम्रो मानिदैन । हामीले पानी पिउँदा ध्यान दिनुपर्ने आधा दर्जन तथ्यहरुलाई यहाँ प्रस्तुत गरेका छौं । १ खाना खाँदै गर्दा पानी नपिउनुस् के तपाईं खाना खाइरहेको बेला पानी पिउने गर्नुहुन्छ ? त्यस्तो बानी छ भने आजै देखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचनमा समस्या निम्त्याउँछ । पानी विज्ञका अनुसार खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउँदा स्वास्थ्यको लागि राम्रो हुन्छ । २ अधिकतम पानी पिउनुस् तपाईले दैनिकरुपमा प्रयाप्त पानी पिउनुहोस् जसले, शरीरका सबै गतिविधी सामान्यरुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ । तन्दुरुस्त बनाउँछ । ३ अनुहारमा चमक ल्याउनुस् पानी पिउँदा अनुहारमा चमक ल्याउँछ । पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यद्यपी त्वचाको चमक खानपान र बंसजका आधारमा पनि निर्धारण हुने पानी विज्ञहरुको भनाई छ । ४ बजन घटाउन पानी तपाईं मोटो भएर आफ्नै शरिरको चिन्ता गर्नुहुन्छ भने पानी पिउनुहोस् । पानीले तपाइँको मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोँसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिकरुपमा भोक मार्ने काम गर्छ । ५ विकारबाट मुक्ति हाम्रो शरिरमा खानाका कारण वििभिन्न प्रकारका विकार हुन्छन् । त्यसलाई सफा गर्नुपर्छ । त्यसको लागि पनि प्रयाप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो । ६ विभिन्नरुपमा पानी पानी पिउन हामी विभिन्न तरिकाहरु अपनाउन सक्छौं । त्यसो त पानी त्यसै पनि पिउन सकिन्छ । पानी पिउने अन्य तरिकाहरु जस्तै ग्रीन टी, सुप, नारियल पानी या शर्बत । कोक फान्टाको सट्टा पानी पिउनुहोस् । तपाईंले पिउनु भएको पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर ल्याउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies