महोत्तरी । पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ ।
शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
“तत्काल पिसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्”, कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, “तर, हामीसँग पर्याप्त भिटिएम नहुँदा तत्काल पिसीआर परीक्षण गरिनुपर्ने व्यक्तिको पनि स्वाब सङ्कलन गर्न सकेका छैनाँै ।” पछिल्ला केही दिनदेखि त स्वाब सङ्कलन रोकिएकै अवस्थामा पुगेको झाको भनाइ छ ।
जिल्लामा गत चैत तेस्रो सातादेखि क्रमशः क्वारेन्टिन केन्द्रहरु सञ्चालनमा आएका थिए । जेठको दोस्रो सातातिर भारतबाट फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा असार लाग्दासम्म क्वारेन्टिन केन्द्रमा बस्नेको सङ्ख्या चार हजारसम्म पुगेको थियो । यद्यपि यो सङ्ख्या अहिले घटेर २८८ मा झरेको कार्यालयले जनाएको छ । जिल्लामा ९५ सम्म पुगेका क्वारेन्टिन केन्द्र पनि अहिले ३२ मा झरेको छ । केन्द्रमा १४ दिन बसेर थप लक्षण नदेखिएपछि होम क्वारेन्टिनमा जाने बढेपछि र सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बिरामी गएपछि केन्द्रमा सङ्ख्या घटेको हो ।
जिल्लामा अहिलेसम्म (शनिबारसम्म) तीन हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ । तीमध्ये ८१० को पोजेटिभ र दुई हजार ६७० को नेगेटिभ नतिजा आएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाले बताए । स्वाब सङ्कलन गरिएकामध्ये १२५ को नतिजा प्राप्त हुन अझै बाँकी छ ।
जिल्लामा अहिले १८१ आइसोलेसन श्यया छन् । ती श्ययामा २० पुरुष र चार महिलासहित २४ छन् । होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या पनि घटेर अहिले ३१७ मा झरेको छ । जिल्लामा असार पहिलो सातासम्म होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या तीन हजार ५०० सम्म पुगेको थियो । जिल्लाका अस्पतालबाट अहिलेसम्म ३१६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । सङ्क्रमितमध्ये कतिपय उपचारका क्रममा धनुषाका आइसोलेसन श्ययामा गएका हुँदा उतैबाट निको भएर घर फर्केको झाको भनाइ छ ।
भारतसँग खुला सीमाका कारण सङ्क्रमण सन्त्रास कायमै रहेको हुँदा अहिले हिँडडुल र आवागमनका क्रममा सुरक्षा सतर्कता घटेको स्वास्थ्यकर्मीले औँल्याएका छन् । असारदेखि नै क्रमशः खुकुलिँदै गएको लकडाउनसँगै बजारमा बढ्दो भीडले जोखिम कायमै रहेको झाको भनाइ छ । सधैँ मास्क लगाएर हिँड्ने, भीडभाडमा ननिस्कने, शारीरिक दूरीको ख्याल गर्ने, आन्तरिक सरसफाइ र साबुनपानीले हात धोेइरहने, सफा, ताजा र स्वच्छ खानेकुरा खाने एवं स्वास्थ्यकर्मीको सम्पर्कमा रहने कुरा सङ्क्रमणबाट जोगिने आधारभूत कुरा भएका हुँदा बिर्सन नहुने स्वास्थ्यकर्मीको सुझाव छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: