Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

शसस्त्र द्वन्द्वबाट प्रभावित व्यक्ति र परिवारलाई छ अर्ब २५ करोड प्रदान

\"nepali_mony\"३१ असार, काठमाडौँ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले हालसम्म शसस्त्र द्वन्द्वबाट प्रभावित व्यक्ति तथा तिनका परिवारलाई राहत तथा आर्थिक सहायताका नाममा रु। छ अर्ब २५ करोड, १६ लाख ६६ हजार प्रदान गरेको छ । आर्थिक वर्ष २०७१/०७२ मा भएका काम कारबाहीका सम्बन्धमा जानकारी दिँदै मन्त्रालयले द्वन्द्वका क्रममा मृत्यु भएका व्यक्तिका हकदारलाई राहत उपलब्ध गराउनुका साथै मृतकका परिवार एकल महिला, बेपत्ता पारिएका व्यक्तिका हकदार, विस्थापित, व्यक्तिगत सम्पति क्षति भएका, अपाङ्गलगायतलाई सो आर्थिक सहायता प्रदान गरेको जनाएको हो । शिविर व्यवस्थापन तथा माओवादी लडाकुको समायोजन, द्वन्द्व प्रभावित व्यक्ति तथा समुदाय, सुरक्षा तथा सङ्क्रमणकालिन न्याय, संविधानसभा निर्वाचन, राष्ट्रिय तथा स्थानीयस्तरका शान्ति निर्माण पहल र प्राविधिक सहयोगजस्ता आयोजनामा रु २३ अर्ब ५४ करोड, ७९ लाख ४० हजार खर्च भएको पनि कार्यक्रममा जानकारी दिइयो । यसैगरी विद्यालय भवन, गाविस भवन, जिल्ला सदरमुकामका सरकारी भवन, पार्क, स्मारक तथा नमूना बस्ती, जिविस, झोलुङ्गे पुललगायतका आयोजनामा रु आठ अर्ब ६३ करोड ५२ लाख ८२ हजार खर्च भएको बताइयो । द्वन्द्वमा परेका व्यक्तिको विवरण परीक्षणमा कठिनाई भएको, छात्रबृत्ति बितरणमा भिन्नता आएको, राहत बितरण एकमुष्ठ गर्न नसकिएको, घाइतेको अवस्था पुनर्मूल्याङ्कन हुननसकेको, सम्पति क्षतिको यथार्त मूल्याङ्कन हुन नसकेकोजस्ता समस्या आइपरेको पनि सो अवसरमा जानकारी दिइयो । मन्त्रालयका सचिव खुमराज पुंजालीले लामो समयपछि बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनु उल्लेखनीय उपलब्धि भएको बताउँदै द्वन्द्वमा परी मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारका लागि राहतस्वरुप थप पाँच लाख निकासा भएको छ भने । उनले पुनःनिर्माणकार्य जारी नै रहेकाले यसका लागि रु। एक अर्ब ४४ करोड र शान्ति स्थापनाका लागि रु। ५० करोड निकासा भएको उल्लेख गरे । मन्त्रालयले प्रकाशनमा ल्याएको शान्ति नामक पत्रिका पनि लोकार्पण गरिएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending