Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नेपाललाई अर्ती दिने मुनी को हौ ?

\"SD१ साउन, काठमाडौं । भारतीय प्राध्यापक एसडी मुनी नेपालबारे विवादास्पद अभिव्यक्ति दिएर सधैं चर्चामा आइरहन्छन् । कहिले सामाजिक संजाल त कहिले संचारमाध्यममार्फत नेपाल भारत सम्बन्ध र सीमासहितका विषयमा उनले विवादास्पद अभिव्यक्ति दिने गरेका छन् ।

आजै मात्र नयाँ पत्रिका दैनिकलाई अन्तर्वार्ता दिँदै मुनीले लिपुलेक नेपालको नभएको र भारतसँग निहुँ खोज्न मात्र यस्तो विषय नेपालबाट उठेको भन्दै विवादमा तानिएका हुन् । १५ दिन अघि २ जुलाईमा मुनीले सामाजिक संजाल ट्वीटरमा राजतन्त्र र हिन्दुका विषयमा यस्तै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए– सुष्माको नेपाल भ्रमणको घोषणाले हिन्दु राष्ट्र र राजतन्त्र पक्षधरलाई सक्रिय बनाउन सक्छ । त्यसैले उनले उनीहरुलाई वेवास्ता गर्नु उपयुक्त हुनेछ । नेपालमा संविधान बन्दै गरेको अवस्थामा उनले यस्तो विवादास्पद अभिव्यक्ति दिएको प्रति धेरैले विरोध गरेका थिए ।

नेपालबारे बोल्न उनलाई हक नभएको भन्दै ट्वीटरमा उनको तीव्र विरोध भएको थियो । नेपालबारे बोल्ने, लेख्ने र अभिव्यक्ति दिने मुनी पूर्व कुटनीतिज्ञ एवं प्राध्यापकसमेत हुन् । तर, उनी भारतीय सत्ताको प्रतिनिधि र आधिकारिक मान्छेको शैलीमा यसो गर उसो गर भन्दै विवाद सम्बन्धलाई थप बिगार्नेगरी अभिव्यक्ति दिइरहेका छन् । लिपुलेककै विषयमा भारतीय विदेशमन्त्रीसमेत प्रचण्डको भ्रमणका क्रममा छलफल गरेर जानुपर्ने बताइरहेका बेला मुनीले त्यो भन्दा पनि अघि बढ्दै यसो गर उसो गर भनिरहेका छन् ।

सुकदेव मुनी अर्थात एसडी मुनी प्रोफेसरसमेत हुन् । तर, उनी पटकपटक स्वतन्त्र देश नेपाल अभिव्यक्ति दिँदै आएका छन् । सत्तालाई जोगाइराख्न राजा त्रिभुवनले नेपाललाई भारतमा मिलाउन खोजेको जनै जस्ता विवादास्पद अभिव्यक्ति मुनीले यस अघि नै दिइसकेका छन् । त्यतिखेर पनि उनको चर्को विरोध जताततै भएको थियो । २०६८ चैतमा नेपाल आएका बेला उनले राजतन्त्र नफर्किने, जसरी पनि संविधान दलहरु लाग्नुपर्ने जस्ता आदेशशात्मक र निर्देशनात्मक अभिव्यक्ति दिएका थिए । जबाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मुनीले माओवादी जनयुद्धमा उनीहरुलाई भारतीय संस्थापनसँग सम्पर्क गराएको पनि बताइन्छ ।

पत्रिकासँगको कुराकानीमा उनले नेपाली भूमि लिपुलेक नेपालको होइन, नेपालीहरु तीव्र भारतविरोधी छन् । चीनमैत्री छन् भन्ने अभिव्यक्ति दिएका हुन् । \'त्यहाँ कसैले एक इन्च जमिन लेनदेन गरेको छैन, जस्ताको तस्तै छ । यो दाबी चीनसँग पनि गर्नुपर्यो नि नेपालले ? चीनसँग किन सोध्नुहुन्न यही कुरा तपाईंहरू ? तपाईं दाबी त जहाँको पनि गर्न सक्नुहुन्छ नि । हाम्रो कास्मिरमा दाबी छ । चीनले पाकिस्तानसँग सम्झौता गरेर जमिन लियो । यो विश्वासको सवाल होइन । तपाईंहरूको विरोध मात्रै हो । नेपाल अहिले विरोध गर्ने मुडमा छ । हरेक चिजमा आरोपित गर्नुहुन्छ । भूकम्पमा मद्दत गर्यौँ, त्यसको पनि विरोध गर्नुहुन्छ । पहिला त विरोध थियो कि मनमोहन सिंह आउनुहुन्न, कुरै गर्नुहुन्न । मोदीले सल्लाह सुझाब गर्न सुरु गर्नुभयो, त्यसमा पनि नेपालले विरोध गर्न थालेको छ । यो समस्या हिन्दुस्तानका तर्फबाट छैन, नेपालको तर्फबाट छ । यो सबै कुरा मिडियामा चलिरहेको छ । नेपालले भारत सरकारसँग कुरा गरेर टुंग्याए भइहाल्यो नि \' उनको विवादास्पद अभिव्यक्ति छ । भूकम्पपछि अरबौ सहयोग गर्दा पनि नेपालीले भारतलाई राम्रो नमानेको तर, चीनलाई राम्रो मानेको आरोप उनले लगाएका छन् । अन्तर्वार्ताको क्रममा उनले चीनको पनि विरोध गर्न सुझाएका छन् भूकम्पपछि सहयोग गर्न भारत गयो । तपाईंहरूले भन्नुभयो, मिति गुज्रेको परौठा भारतले पठायो । परौठाको डेट त भारतमा पनि हुँदैन । तपाईंहरू केवल भारतका लागि बढी सेन्सिटिभ हुनुहुन्छ । दोस्रो देशका लागि हुनुहुन्न । चीनका लागि त तपाईंहरू संवेदनशील हुनुहुन्न ।

तपाईंहरूलाई के गर्दा खुसी पार्न सकिन्छ, भारतले बुझ्न सकेन । त्यत्रो सहयोग गर्दा पनि नेपाल खुसी छैन । सायद मोदीजी पनि सोचिरहनुभएको होला कि नेपाललाई कसरी खुसी पार्ने ? दुई अर्ब डलरको सहयोग दिँदा पनि नेपालबाट कसैले राम्रो भन्दैन । उनले भारतले सबैथोक गरेको भन्दै भनेका छन् । नेपालले बारम्बार सीमाको विषयमा लफडा गरेको भन्दै उनले खुल्ला सीमाना बन्द गर्नका लागि पर्खाल लगाउनसमेत चुनौती दिएका छन् । विशेष सम्बन्धको मामला १९५० को सन्धिदेखि चलिरहेको छ । अहिले तपाईंहरू सन्धि बदल्न चाहनुहुन्छ । नेपालका कतिपय मानिस भनिरहेका छन् सीमा बन्द गरौँ । यदि तपाईंहरू खुला सिमाना चाहनुहुन्न भने बन्द गरिदिनुस् न । दुई छिमेकीको बीचमा झगडा हुन्छ र एउटाले पर्खाल लगाउन चाहन्छ भने लगाइदिए हुन्छ । भारतकै आधिकारिक व्यक्ति झैं उनले चेतावनी दिएका छन् । साथै, उनले भारतीय सीमा सुरक्षा बल एसएसबीले पनि सीमामा ज्यादती नगरेको जिकिर गरेका छन् । भारतमा समेत लाखौ नेपाली रहेको भन्दै उनले भारतसँग सम्बन्ध नरहे उनीहरु फर्किनुपर्ने चेतावनीसमेत दिएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending