Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भिन्न भिन्न दुर्घटनामा १३ को मृत्यु

१ साउन, काठमाडौं । देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ । नवलपरासी, रुपन्देही, धनुषा, मोरङ र सिन्धुलीमा भएको सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो । नवलपरासी दुमिक्बास–५ दाउन्ने विश्वकर्मा मन्दिर स्थित पुर्व पश्चिम लोकमार्गमा ना.४ ख ५१४३ नम्वरको बस र युपि ३२ डिएल   ०८५४ नम्वरको ट्रक शुक्रबार विहान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन पुरुष र तीन महिलाको घटनास्थलमै र तीन पुरुष र तीन महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा ट्रक चालकसहित ८ जना घाइते भएका थिए । घाइते मध्ये ६ जनाको पर्वत पोलिक्लिनिक दुम्किबास र २ जनाको भरतपुरमा उपचार भईरहेको छ । यसैगरी रुपन्देही बुटवल उपमहानगरपालिका–१५ नयाँगाउँस्थित महेन्द्रराजमार्गमा लु.११ प ९३९१ नम्वरको मोटरसाइकलले सोही ठाउँ बस्ने ७० वर्षीया हिरादेवी गोइरेलाई ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी धनुषा जनकपुर उपमहानगरपालिका–२४ बसैयास्थित भित्री कच्ची सडक खण्डमा ज.१ त ३१९७ नम्वरको ट्र्याक्टर बिहिबार अनियन्त्रित भएर दुर्घटना हुँदा चालक महोत्तरी भमरपुरा–२ बस्ने ३५ वर्षीय अजय ठाकुरको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी धनुषा जनकपुर उपमहानगरपालिका–२५ स्थित ढल्केबर जनकपुर सडक खण्डमा ज.३ प ३२९६ नम्वरको मोटरसाइकललाई विहिबार नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिदाँ नाम,थर, वतन खुल्न नसकेका अंदाजी ३० वर्षीय मोटरसाइकल चालक गम्भीर घाइते भएकोले उपचारको लागि जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ । यसैगरी मोरङ राजघाट–५ स्थित उर्लाबारी–ईटहरा सडक खण्डमा मे.६ प ४८१८ नम्वरको मोटरसाइकललाई को.१ च ७८९४ नम्वरको म्याजिक भ्यानले विहिबार ठक्कर दिँदा मोटरसाइकल चालक झापा गौरीगंज–६ बस्ने ३५ वर्षीय सन्तोष कुमार यादवको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा भ्यान चालक बिराटनगर उपमहानगरपालिका–११ हाटखोला बस्ने २१ वर्षीय दुर्गा लिम्बुसमेत घाइते भएकोले उपचारको लागि अरनिको अस्पताल उर्लाबारीमा लगिएको छ । यसैगरी सिन्धुली शितलपाटी–४ विपि राजमार्गमा ज.७ प ९९७ नम्वरको मोटरसाइकललाई बा.३ ख ११६३ नम्वरको मिनिट्रकले विहिबार ठक्कर दिदाँ मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय सभाष मण्डल गम्भीर घाइते भएकोले धुलिखेल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy