पार्टीमा देखिएको समस्या समाधानको प्रस्ताव तयार गर्न तपाईंसहित ६ सदस्यीय कार्यदल बनेको छ । कार्यदलले कहिलेबाट काम सुरु गर्छ ?
शनिबारबाटै काम सुरु गर्छौँ । अपराह्न साढे १२ बजे कार्यदलको पहिलो बैठक डाकिएको छ ।
के–के विषयमा गृहकार्यको म्यान्डेट छ ?
म्यान्डेट तोकिएकै चाहिँ छैन । पार्टीका आन्तरिक जीवनमा पैदा भएका समस्या तत्काल र दीर्घकालसम्म कसरी समाधान गर्ने, महाधिवेशनसम्म कसरी जाने, सरकार र पार्टीको कामलाई कसरी व्यवस्थित गर्ने, एकताको काम कसरी सक्ने भन्नेलगायतमा छलफल गरेर प्रस्ताव तयार पार्ने काम कार्यदलले गर्नेछ । त्यसपछि अब बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तावमाथि छलफल गर्ने भन्ने छ ।
दुई अध्यक्षबीच लामो समयदेखि छलफल हुँदै आएको थियो । तपाईं पनि उहाँहरूलाई मिलाउन सक्रिय हुनुहुन्थ्यो । उहाँहरू अहिले आएर कार्यदल बनाएर समस्या समाधान गर्ने निष्कर्षमा कसरी पुग्नुभो ?
त्यसबारेमा हामीले निरन्तर उहाँहरूसँग बेग्लाबेग्लै छलफल गर्यौँ । सामूहिक रूपमा पनि बसेर छलफल भयो । पार्टी एकताको विकल्प छैन । आमजनता, आमकार्यकर्ताको सन्देश यस्तो छ है भनेर हामीले उहाँहरूलाई भन्यौँ । हुन त यी सबै विषयमा उहाँहरूलाई पनि राम्रोसँग थाहा छ, थियो । अरू नेताहरूको कुरा के हो, हाम्रो कुरा के हो, त्यो पनि भन्यौँ । उहाँहरू (दुवै अध्यक्ष) पनि आ–आफ्नो ढंगले केही समय त चल्नुभो । यसबीचमा उहाँहरूले पनि महसुस गर्नुभयो होला । वास्तवमा कार्यदल गठन आमकार्यकर्ता, जनताको भावना र उहाँहरूको पनि एकताको भावनाको मेल हो भन्ने मलाई लाग्छ ।
नेकपाभित्र दुई अध्यक्षबीच मेलमिलाप हुनेबित्तिकै अर्को एउटा पक्षले आशंका गर्ने अवस्था छ । त्यसलाई समेत ध्यान कसरी दिनुहुन्छ ?
पक्ष–विपक्ष होइन, दुई अध्यक्ष विधानको व्यवस्था भएकाले उहाँहरू संस्था हो । त्यसभन्दा तल सचिवालय छ, त्यहाँ पनि छलफल हुन्छ । स्थायी कमिटीमा छलफल हुन्छ । त्यसकारण आमछलफल गरेर समग्र पार्टीलाई एकीकृत गर्ने गरी नै जाने हो ।
पछिल्लो समय समस्याको समग्र समाधान महाधिवेशनबाटै गर्ने भन्ने छलफल भएको बाहिर आएको थियो । कार्यदलले यसमा के गर्छ ?
महाधिवेशन त केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ । त्यो निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक तयारी गर्नुपर्ने होला । आवश्यक तयारीको प्रस्तावबारे पनि छलफल गर्छौँ । मेरो व्यक्तिगत विचार भन्ने हो भने पार्टीभित्र विधि–पद्धतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने पनि छलफल गरौँला । सरकारलाई व्यवस्थित गर्ने, यसबीचमा भएका घटनाक्रमले जनतामा के प्रभाव पार्यो भन्ने कुरामा पनि छलफल गरौँला । यिनै कुरा गरेर तत्कालीन र दीर्घकालीन समाधान खोज्ने हो ।
कार्यदलले कति दिनभित्र प्रस्ताव तयार पार्छ होला ?
दुई–तीनभित्रै प्रस्ताव तयार पार्न सकिन्छ भन्ने विश्वास छ । तर, शनिबार पहिलो बैठक बसेपछि कति दिनमा कसरी गर्ने तय गर्छौँ ।
नयाँ पत्रिका दैनिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: