Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

रामारोशनमा बाढीले बगाएका थप एकको शव भेटियो

अछाम । अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये शनिबार थप एक जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन–५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव भेटिएको हो । अन्य १० शवको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए । उनले भने, “बगेर बेपत्ता भएकामध्ये शनिबारसम्म सात जनाको शव भेटिएको छ, अन्य १० जनाको खोजी भइरहेको छ ।”

यही भदौ ३ गते बुधबार आएको बाढीका कारण बगेर १७ बेपत्ता भएका थिए । बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएको छ । उक्त बाढीपहिराका कारण बेपत्ता भएका १७ मध्ये छ शव बुधबार दिउँसो फेला परेको थियो भने एक जनाको शनिबार फेला परेको हो । बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोशन–५ का १५ वर्षीय नवीन साउद, सोही वडा बस्ने ३३ वर्षीया गौरी शाह, सोही ठाउँ बस्ने २२ वर्षीया बबिता बुढाऐर, ४५ वर्षीय अम्मर शाह, ४५ वर्षीया लालसर शाही तथा ४८ वर्षीय चन्द्र साउद छन् ।

त्यसैगरी गृहमन्त्री रामबहादुर थापासहितको टोलीले कैलाशखोलाको बाढी प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरेको थियो । अविरल वर्षासँगै उक्त खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति गरेपछि मन्त्री थापासहितको टोली स्थलगत निरीक्षणका लागि त्यहाँ पुगेको हो । बाढीले वेपत्ता भएकाहरुका परिवारसँग उक्त टोलीले भेटघाट गरेको थियो । निरीक्षणका क्रममा गृहमन्त्री थापाले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । उक्त टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान तथा गृहमन्त्री मन्त्री डा भीम रावलसहित रहेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending