काठमाडौं । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका ३ खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढाएको जनाउँदै थप प्रगति भएपछि प्रकृयाबारे जानकारी गराउने बताएको छ ।
विश्व स्वास्थ्य संगठनको निर्देशिका बमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो संख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप परीक्षणका लागि पहलकद्मी लिएपछि खोप विकासमा जुटेका विश्वका तीन कम्पनी नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।
परिषद्ले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि नेपालमा अध्ययन अनुसन्धान गर्न चीन, रुस र बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका गरी तीनवटा कम्पनी इच्छुक रहेको जनाएको छ । नेपालमा खोप विकासको अध्ययन अनुसन्धान तथा परीक्षण सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिइएको छ ।
चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्सको सिनोफार्म, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका र रुसको गेमेलिया नेशनल सेन्टर अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजि खोप विकासमा अगाडि देखिएका छन् ।
गेमेलियाले भने दोस्रो चरणको परीक्षणमै खोप दत्र्ता गरी प्रभावकारी र सुरक्षित भएको दाबी गरिसकेको छ । तेस्रो चरणको परीक्षण नहुँदै गेमेलियाको उत्पादन ‘स्पुतनिक भी’ को ठूलो मात्रामा उत्पादन समेत सुरु भइसकेको छ ।
चीन, बेलायत र रुसी तीनै खोप निर्माता कम्पनीले नेपालमा तेस्रो चरणको परीक्षणको लागि तयार रहेको मन्त्रालयले जनाएको छ । परिषद्का सदस्य सचिब डा. प्रदीप ज्ञवाली खोप विकास र परीक्षणबारेको बिस्तृत जानकारी केही दिनपछि दिने बताए ।
उत्पादक कम्पनीले सफलताको दाबी गरिरहँदा विश्वका कतिपय राष्ट्रले कम्पनीसँग आपूर्तिका लागि सम्झौता समेत गरिसकेको छ । अष्ट्रेलिया, बेलायत, जर्मनी लगायतका राष्ट्रहरु सम्झौतामा अगाडि देखिएका छन् । जनस्वास्थ्यविद् तथा चिकित्सकहरुले नेपालले समेत खोपको अधिकार सुरक्षित गर्न पहलकद्मी लिनुपर्ने बताइरहँदा मन्त्रालयले परीक्षणको लागि तीनै कम्पनीले प्रक्रिया अगाडि बढाएको जानकारी सार्वजनिक गरेको छ ।
यद्दपी खोप खरीद सम्बन्धी प्रक्रिया बारेमा मन्त्रालयले स्पष्ट गरेको छैन् । खोप सुरक्षित गर्न विभिन्न तीनवटा प्रक्रिया रहेको छ । खोप खरिद गर्न चाहने राष्ट्रले उत्पादक कम्पनीसँग प्रत्यक्ष सम्झौता गर्न सक्नेछ ।
अर्को विश्व स्वास्थ्य संगठनले न्यून आय भएका राष्ट्रका लागि खोप खरिद गरी आपूर्ति गर्छ । तेस्रो, विश्व स्वास्थ्य संगठन र यूनिसेफकै अनुदानमा सञ्चालित गाभीले उत्पादक कम्पनीसँगको सहकार्यमा सबै राष्ट्रमा खोपको सामान अधिकार र आपूर्तिको व्यवस्थापन गर्छ ।
गाभीले सन् २०२१ को सुरुवातमै न्यून र मध्यम आय भएका राष्ट्रमा दश करोड खोप वितरण गर्ने जनाइसकेको छ । यस्ता मध्यम र न्यून आय भएका राष्ट्रको संख्या ९२ छ ।
गोरखापत्र अनलाइनबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: