काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अर्को चुनावमा ७० हजार मत ल्याएर जित्ने दाबी गरेका छन् ।
७० करोड घुस प्रकरणमा नाम जोडिएपछि मन्त्रीबाट राजीनामा दिएका बाँस्कोटाले अर्को चुनावमा ७० हजार मत ल्याएर जित्ने दाबी गरेका हुन् ।
उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘आरोप लाग्दैमा केही हुँदैन । म निर्दोष छु । मलाई ७० करोड, ७० करोड भन्दै मानिसहरू जिस्क्याइरहेका हुन्छन् । ७० करोड त त्यस्तै हो, अर्को चुनावमा चाँहि ७० हजार मत ल्याएर जित्छु ।’
अहिले मन्त्रिपरिषद् हेरफेर हुने चर्चा चलिरहेको भए पनि उनले तत्काल मन्त्री नहुने बाँस्कोटाले स्पष्ट पारे । उनले भने, ‘अहिले आरोप लागेको छ । मन्त्री पद जाँदैमा केही हुँदैन । अहिले छानविन चलिरहेको छ । आरोप पुष्टि नभएपछि मन्त्रीभन्दा माथि जान सक्छु ।’
उनले आफू निर्दोष रहेको प्रतिवेदन तयार भइसकेको दाबी गरे । तर, उनले उक्त प्रतिवेदन कसले तयार गरेको भन्ने खुलाएनन् ।आजको कान्तिपुर दैनिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको समाचार लेखेको थियो । बाँस्कोटाले घूस लिए/खाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार पारेको प्रतिवेदन अख्तियारको बैठकमा पेस हुने र त्यहींबाट उजुरी तामेलीमा पठाउने तयारी भएको हो । आरोप पुष्टि नहुने उजुरी अख्तियारको निर्णयबाट तामेलीमा जान्छ ।
उनले त्यहीँ प्रतिवेदनलाई आधार मानेर आफू निर्दोष रहेको दाबी गरेको बुझिएको छ । उनले ७० करोडको भ्रष्टाचारको आरोप लागेको दाग आफ्नो नैतिकताको वासिङ पाउडरले धुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: