उनी माओवादी द्वन्द्वकालको मध्यचरणतिर कलिलो उमेरमा बन्दुक बोकेर योद्धाको परिचय बोकेर आएकी थिइन् । आफ्नै जिन्दगीको दुःखद पाटो त उनले सिन्धुपाल्चोकको ठोकर्पा भिडन्तमा देबे्रहात गुमाएर आइन् ।हुन त उनी राम्रो रेडियो प्रस्तोता वा समाचारवाचक मात्रै नभएर डेस्क सम्पादकको कुशल भूमिका निर्वाह गरिसकेकी एक संचारकर्मी हुन् । तथापी आज उक्त जिम्मेवारीबाट टाढा बस्न बाध्य छिन् । कर्मथलो हेटौंडालाई बनाएपश्चात पोखरा छाडेकी नमुना तामाङसँग झण्डै सातबर्ष एउटै संस्थामा बितेका थिए । हाम्रा तत्कालीन समय संचारकर्ममा बितेपनि पृष्ठभूमी अलग थिए । उनी माओवादी द्वन्द्वकालको मध्यचरणतिर कलिलो उमेरमा बन्दुक बोकेर योद्धाको परिचय बोकेर आएकी थिइन् । आफ्नै जिन्दगीको दुःखद पाटो त उनले सिन्धुपाल्चोकको ठोकर्पा भिडन्तमा देबे्रहात गुमाएर आइन् । कहालीलाग्दो परिवेश गुजारेर बसेकी उनै पूर्व छापामारकोे कथालाई चित्रण गर्दै करिव चारबर्ष अगाडी मुल्याङकन राष्ट्रिय मासिकका लागि एउटा लेख लेखेको थिँए । उतिबेला लागेको थियो ‘वाह जीवन होस् त यस्तो पो, कठोर संघर्षको बीचमा पनि सत्तिसालझैं ठिङ्ग उभियोस् जीवन, बल्ल पो इतिहासका पानामा नामहरु अटाउन सम्भव हुन्छन् ।’ आज परिस्थति बदलिएको छ । उनीसँगैका दौंतरीहरुको हालत उनको भन्दा फरक छैन, कति साथी आज साउदी र कतारमा छन् । कति आफ्नै सपना र परिचय गुमाएर गुमनाम छन् । कतिले हिजो बुर्जूवा शिक्षा भन्दै बहिस्कार गरेको स्कूल र कलेजहरु धाइरहेका छन् । यस्तै उनले पनि अध्ययनको यात्रालाई सुरुगर्न के लागेकी थिइन् एक्कासी शारीरिक कठिनाईले वास्तविक जीन्दगीलाई पर धकेलिदिएको छ । विगतका घाउहरु नराम्ररी बल्झिएका छन्, उल्झेका छन्, अपूर्ण सपनाहरु । उनको कम्मरमुनीको भाग चल्दैन, तर रहरहरु उभिन खोज्छन् । उनीसामू ओछ्यान्मै बसेर दिसापिसाब गर्नुको विकल्प नै छैन । उही नमुना तामाङ । उनको घर ललितपुर को चन्दनपुर गाविस । हाल उनी २५ बर्षकी भइन् । विवाहपश्चात उनी श्रीमासँगै हेटौडा बस्दैछिन् । उनको बिमार अहिलेसम्म के हो भन्ने पत्ता नलागे पनि बिएण्डबि अस्पतालले प्रारम्भिक चरणमा उनलाइ मुटु सुन्निएको भनेपछि उपचार गरियो । त्यो समस्या हल भयो । त्यसपछि खुट्टाहरु बिस्तारै टेक्न नमिल्ने भए । नसाको समस्या भनेपछि उनी न्युरो अस्पताल पुगिन् । उक्त अस्पतालले उनलाई हड्डीको समस्या भनेपछि फेरि बिएण्डबि. फर्किइन् । विभिन्न रोगहरुको जाँच गरियो हड्डीको समस्याबारे विभिन्न शंकाहरु मात्रै भए यही हो भन्ने रोग पत्ता लागेन । यो बीचमा रगतमा हेमोग्लोबिन को मात्रा कम हुँदैगएको कुरा मात्र प्रष्टसँग आएको छ । थप उपचार गर्न इण्डिया जान खोज्दैछिन् जसको लागि सहयोगको खाँचो छ । दुखाइको कुरै छाडाैं आफन्तकै वचनवाण मिश्रित पीडा सहँदै बस्दा उनै नमुना भन्दैछिन् आन्दोलनमा जानु त ठूलै भुल पो गरिएछ की क्या हो । जीवनप्रतिको माया र मोह कस्लाई हुन्न र ? निको हुने आशामा ऋणधन गरेर स्थानीय तहबाट काठमाडौंमा नामी भनिएका अस्पतालसम्म धाइन् । यतिगर्दासम्म उनले झण्डै पाचँलाख सिध्याइन् तर बिमार अझै पत्ता लागेन । थाहा छैन जाँच्ने र निकोपार्ने बहानामा उनिमाथी डाक्टरहरुले ब्यापार गरे या उनलाई पत्तै नलागी मर्ने बिमारले छोएको हो उनै डाक्टर जानुन् । तथापी एउटा चिकित्सकको उद्देश्य जहिले पनि बिरामीलाई बचाउँनु हुन्छ । तर, मानवता बिस्तारै हराउँदै गएको यो सहरमा सबैलाई सबै विश्वास गर्ने की नगर्ने द्विविधा प्रशस्तै छन् । संचारयात्राबारे अलि पहिला फोनबाटै सोधेको थिँए । शारीरिक कठिनाई भएपछि रेडियोमा बोल्न नमिल्ने भएछ । यदि त्यो क्रम चलिरहे परिणाम निकै दुर्भाग्य बन्ने चेतावनी डाक्टरले दिएपश्चात आवाजी तरंगको यात्रामा पूर्णविराम लागेछ । जसको दोष विगतलाई लगाउन सकिने प्रशस्त आधारहरु छन् । बोल्न नमिल्ने कुरा छँदै थियो, तर आज त उनी चल्नै नमिल्ने गरी थला परेकी छिन् । दुर्भाग्य सबैकुरा उनैलाइ परे जस्तो । लाग्दैछ, निकै समयको मेहनतले बनेको एउटा संचरकर्मीको यात्रा सायद यत्तिमै सीमित हुनेभयो । हुन त यो महासागर हो आउने जाने क्रम चलिरन्छ तर यो परिभाषाभित्र उनी अटाउँदैन थिइन् । कारण उनको फरक विगत र स्थापित हुँदैगएको वर्तमानका फरक कथाहरु छन् ।
यो खबरले प्रचण्ड बावुराम उनलाई भेट्न आफैं अस्पताल पुगुन् र भनुन्, ‘नमुना तिम्रो उपचारको जिम्मा पार्टीले लिने छ ।’ र यो लेख मार्फत हिजो गाँउ बसेर सहर हल्लाउने र आजको दिनमा सहर भित्र हराउने थुप्रै मानिसहरुको ध्यानाकर्षण होस्हो उनै नमुना तामाङ आज थला परेकी छन् । कुनै समय कमरेडली सम्बन्ध र भावनात्मक एकताको कुरा गर्ने कतिपय कमरेडहरु आजकल खण्डित छन् । आस्थाका रातोघरहरुमा चिरा परेको छ । राजनैतिक भागबन्डाका लागि सैदान्तिक लेप हालेर बनाइएका कुण्डहरुमा उनी अटाउलान् या नाइ तर त्यसको अभिभावकत्व कसले गर्ने हो परिस्थिति अन्योल छ । विद्रोह गरौं भने— उनी मानिन् । बन्दुक समाआंै भने— उनले समातिन् । आन्दोलनको दौरानमा कुनै पनि समय मर्न कासन गरे— उनी तयार भइन् । यी सबै परिस्थितिका वावजुद उनी बाँचेकी छन् तर आधा शरीर । आज उनलाई उपचारको जरुरी छ । नाम आगो गात्री किन नहोस, त्यो नै सही । युद्धको मैदानमा कमाण्डरको कासन निर्वाध पालना गर्ने सदस्यको स्वास्थ्यबारे चासो लिने समय आएको छ । विगतका पुँजीहरुलाई संरक्षण गर्ने कुरामा चिन्न्तित हुने समय आएको छ । हो आन्दोलन ब्याज खाने मनसायका साथ कहिल्यै गरिदैंन तर कुरा भावना विचार र व्यवहारको पनि हो । कसैको बोली मात्रै पनि कसैको लागि उपचार बन्न सक्छ भने त्यति कष्ट गर्ने की नगर्ने यी यक्ष सवालहरु हुन् । सायद आफन्तको आवश्यकता त्यतिबेला जरुरी हुन्छ, जब उसलाई समस्या पर्दछ । आज उनलाई सहयोगको आवश्यकता छ । हामी सबै जुटे उनलाई बचाउन सकिन्छ । हेटौडाको अर्थो अस्पतालबाट सुरुभएको उपचारयात्रा विरगंजको ट्रमा सेन्टर, काठमाडौं न्युरो अस्पताल हुँदै यतिबेला बिएण्डबिमा अलपत्रै परेको छ । उनले भनेकी थिइन्– ‘यहाँ त बेडको चार्जमात्रै दिनको दुइहजार तिर्नुपर्ने छ । एकपटक जाँच गरेको पाँचदेखि सातहजार तिर्नुपर्ने कति मँहङगो ।’ मैले सान्त्वनापूर्वक भनेको छु– ढुक्क हुनु तिम्रो इमान्दारिताको कदरगर्ने र तिमीलाई दुःखको समयमा साथदिने आफन्त पनि छन् । अन्त्यमा, म चाहन्छु, यो खबरले प्रचण्ड बावुराम उनलाई भेट्न आफैं अस्पताल पुगुन् र भनुन्, ‘नमुना तिम्रो उपचारको जिम्मा पार्टीले लिने छ ।’ र यो लेख मार्फत हिजो गाँउ बसेर सहर हल्लाउने र आजको दिनमा सहर भित्र हराउने थुप्रै मानिसहरुको ध्यानाकर्षण होस् । आदर्शका महलहरु बनाएर सपना देख्न सिकाउने मानिसहरु र स्वास्थ्य उपचार शीर्षकमा दिनहँु विदेशका अस्पतालमा करोडौ खर्च गर्ने बिरामी सरकार र नेताहरुको ध्यानाकर्षण होस् । सहकर्मीको दुःखमा एक संचारकर्मी, पत्रकारले गर्ने सहयोग हामी गर्ने नै छौ । विभिन्न आस्था बोकेका र विभिन्न संस्था वा संगठनमा आवद्ध धेरै इमान्दारहरुको हालत लगभग यही नै होला । मेरो कामना छ राज्य र यहाँका अभिभावकहरुले गर्ने व्यवहारका कारण थुप्रै राजवंशी बन्धुहरुको जन्म नहोस् ।
प्रतिकृया लेख्नुहोस्: