Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

घाइते जनसेनाः जो बिएण्डबी अस्पतालमा मृत्युसँग लड्दैछिन्

उनी माओवादी द्वन्द्वकालको मध्यचरणतिर कलिलो उमेरमा बन्दुक बोकेर योद्धाको परिचय बोकेर आएकी थिइन् । आफ्नै जिन्दगीको दुःखद पाटो त उनले सिन्धुपाल्चोकको ठोकर्पा भिडन्तमा देबे्रहात गुमाएर आइन् ।
\"namuna_ghaite\"हुन त उनी राम्रो रेडियो प्रस्तोता वा समाचारवाचक मात्रै नभएर डेस्क सम्पादकको कुशल भूमिका निर्वाह गरिसकेकी एक संचारकर्मी हुन् । तथापी आज उक्त जिम्मेवारीबाट टाढा बस्न बाध्य छिन् । कर्मथलो हेटौंडालाई बनाएपश्चात पोखरा छाडेकी नमुना तामाङसँग झण्डै सातबर्ष एउटै संस्थामा बितेका थिए । हाम्रा तत्कालीन समय संचारकर्ममा बितेपनि पृष्ठभूमी अलग थिए । उनी माओवादी द्वन्द्वकालको मध्यचरणतिर कलिलो उमेरमा बन्दुक बोकेर योद्धाको परिचय बोकेर आएकी थिइन् । आफ्नै जिन्दगीको दुःखद पाटो त उनले सिन्धुपाल्चोकको ठोकर्पा भिडन्तमा देबे्रहात गुमाएर आइन् । कहालीलाग्दो परिवेश गुजारेर बसेकी उनै पूर्व छापामारकोे कथालाई चित्रण गर्दै करिव चारबर्ष अगाडी मुल्याङकन राष्ट्रिय मासिकका लागि एउटा लेख लेखेको थिँए । उतिबेला लागेको थियो ‘वाह जीवन होस् त यस्तो पो, कठोर संघर्षको बीचमा पनि सत्तिसालझैं ठिङ्ग उभियोस् जीवन, बल्ल पो इतिहासका पानामा नामहरु अटाउन सम्भव हुन्छन् ।’ आज परिस्थति बदलिएको छ । उनीसँगैका दौंतरीहरुको हालत उनको भन्दा फरक छैन, कति साथी आज साउदी र कतारमा छन् । कति आफ्नै सपना र परिचय गुमाएर गुमनाम छन् । कतिले हिजो बुर्जूवा शिक्षा भन्दै बहिस्कार गरेको स्कूल र कलेजहरु धाइरहेका छन् । यस्तै उनले पनि अध्ययनको यात्रालाई सुरुगर्न के लागेकी थिइन् एक्कासी शारीरिक कठिनाईले वास्तविक जीन्दगीलाई पर धकेलिदिएको छ । विगतका घाउहरु नराम्ररी बल्झिएका छन्, उल्झेका छन्, अपूर्ण सपनाहरु । उनको कम्मरमुनीको भाग चल्दैन, तर रहरहरु उभिन खोज्छन् । उनीसामू ओछ्यान्मै बसेर दिसापिसाब गर्नुको विकल्प नै छैन । उही नमुना तामाङ । उनको घर ललितपुर को चन्दनपुर गाविस । हाल उनी २५ बर्षकी भइन् । विवाहपश्चात उनी श्रीमासँगै हेटौडा बस्दैछिन् । उनको बिमार अहिलेसम्म के हो भन्ने पत्ता नलागे पनि बिएण्डबि अस्पतालले प्रारम्भिक चरणमा उनलाइ मुटु सुन्निएको भनेपछि उपचार गरियो । त्यो समस्या हल भयो । त्यसपछि खुट्टाहरु बिस्तारै टेक्न नमिल्ने भए । नसाको समस्या भनेपछि उनी न्युरो अस्पताल पुगिन् । उक्त अस्पतालले उनलाई हड्डीको समस्या भनेपछि फेरि बिएण्डबि. फर्किइन् । विभिन्न रोगहरुको जाँच गरियो हड्डीको समस्याबारे विभिन्न शंकाहरु मात्रै भए यही हो भन्ने रोग पत्ता लागेन । यो बीचमा रगतमा हेमोग्लोबिन को मात्रा कम हुँदैगएको कुरा मात्र प्रष्टसँग आएको छ । थप उपचार गर्न इण्डिया जान खोज्दैछिन् जसको लागि सहयोगको खाँचो छ । दुखाइको कुरै छाडाैं आफन्तकै वचनवाण मिश्रित पीडा सहँदै बस्दा उनै नमुना भन्दैछिन् आन्दोलनमा जानु त ठूलै भुल पो गरिएछ की क्या हो । जीवनप्रतिको माया र मोह कस्लाई हुन्न र ? निको हुने आशामा ऋणधन गरेर स्थानीय तहबाट काठमाडौंमा नामी भनिएका अस्पतालसम्म धाइन् । यतिगर्दासम्म उनले झण्डै पाचँलाख सिध्याइन् तर बिमार अझै पत्ता लागेन । थाहा छैन जाँच्ने र निकोपार्ने बहानामा उनिमाथी डाक्टरहरुले ब्यापार गरे या उनलाई पत्तै नलागी मर्ने बिमारले छोएको हो उनै डाक्टर जानुन् । तथापी एउटा चिकित्सकको उद्देश्य जहिले पनि बिरामीलाई बचाउँनु हुन्छ । तर, मानवता बिस्तारै हराउँदै गएको यो सहरमा सबैलाई सबै विश्वास गर्ने की नगर्ने द्विविधा प्रशस्तै छन् । \"namuna_tv\"संचारयात्राबारे अलि पहिला फोनबाटै सोधेको थिँए । शारीरिक कठिनाई भएपछि रेडियोमा बोल्न नमिल्ने भएछ । यदि त्यो क्रम चलिरहे परिणाम निकै दुर्भाग्य बन्ने चेतावनी डाक्टरले दिएपश्चात आवाजी तरंगको यात्रामा पूर्णविराम लागेछ । जसको दोष विगतलाई लगाउन सकिने प्रशस्त आधारहरु छन् । बोल्न नमिल्ने कुरा छँदै थियो, तर आज त उनी चल्नै नमिल्ने गरी थला परेकी छिन् । दुर्भाग्य सबैकुरा उनैलाइ परे जस्तो । लाग्दैछ, निकै समयको मेहनतले बनेको एउटा संचरकर्मीको यात्रा सायद यत्तिमै सीमित हुनेभयो । हुन त यो महासागर हो आउने जाने क्रम चलिरन्छ तर यो परिभाषाभित्र उनी अटाउँदैन थिइन् । कारण उनको फरक विगत र स्थापित हुँदैगएको वर्तमानका फरक कथाहरु छन् ।
यो  खबरले प्रचण्ड बावुराम उनलाई भेट्न आफैं अस्पताल पुगुन् र भनुन्, ‘नमुना तिम्रो उपचारको जिम्मा पार्टीले लिने छ ।’ र यो लेख मार्फत हिजो गाँउ बसेर सहर हल्लाउने र आजको दिनमा सहर भित्र हराउने थुप्रै मानिसहरुको ध्यानाकर्षण होस्
हो उनै नमुना तामाङ आज थला परेकी छन् । कुनै समय कमरेडली सम्बन्ध र भावनात्मक एकताको कुरा गर्ने कतिपय कमरेडहरु आजकल खण्डित छन् । आस्थाका रातोघरहरुमा चिरा परेको छ । राजनैतिक भागबन्डाका लागि सैदान्तिक लेप हालेर बनाइएका कुण्डहरुमा उनी अटाउलान् या नाइ तर त्यसको अभिभावकत्व कसले गर्ने हो परिस्थिति अन्योल छ । विद्रोह गरौं भने— उनी मानिन् । बन्दुक समाआंै भने— उनले समातिन् । आन्दोलनको दौरानमा कुनै पनि समय मर्न कासन गरे— उनी तयार भइन् । यी सबै परिस्थितिका वावजुद उनी बाँचेकी छन् तर आधा शरीर । आज उनलाई उपचारको जरुरी छ । नाम आगो गात्री किन नहोस, त्यो नै सही । युद्धको मैदानमा कमाण्डरको कासन निर्वाध पालना गर्ने सदस्यको स्वास्थ्यबारे चासो लिने समय आएको छ । विगतका पुँजीहरुलाई संरक्षण गर्ने कुरामा चिन्न्तित हुने समय आएको छ । हो आन्दोलन ब्याज खाने मनसायका साथ कहिल्यै गरिदैंन तर कुरा भावना विचार र व्यवहारको पनि हो । कसैको बोली मात्रै पनि कसैको लागि उपचार बन्न सक्छ भने त्यति कष्ट गर्ने की नगर्ने यी यक्ष सवालहरु हुन् । सायद आफन्तको आवश्यकता त्यतिबेला जरुरी हुन्छ, जब उसलाई समस्या पर्दछ । आज उनलाई सहयोगको आवश्यकता छ । हामी सबै जुटे उनलाई बचाउन सकिन्छ । हेटौडाको अर्थो अस्पतालबाट सुरुभएको उपचारयात्रा विरगंजको ट्रमा सेन्टर, काठमाडौं न्युरो अस्पताल हुँदै यतिबेला बिएण्डबिमा अलपत्रै परेको छ । उनले भनेकी थिइन्– ‘यहाँ त बेडको चार्जमात्रै दिनको दुइहजार तिर्नुपर्ने छ । एकपटक जाँच गरेको पाँचदेखि सातहजार तिर्नुपर्ने कति मँहङगो ।’ मैले सान्त्वनापूर्वक भनेको छु– ढुक्क हुनु तिम्रो इमान्दारिताको कदरगर्ने र तिमीलाई दुःखको समयमा साथदिने आफन्त पनि छन् । अन्त्यमा, म चाहन्छु, यो  खबरले प्रचण्ड बावुराम उनलाई भेट्न आफैं अस्पताल पुगुन् र भनुन्, ‘नमुना तिम्रो उपचारको जिम्मा पार्टीले लिने छ ।’ र यो लेख मार्फत हिजो गाँउ बसेर सहर हल्लाउने र आजको दिनमा सहर भित्र हराउने थुप्रै मानिसहरुको ध्यानाकर्षण होस् । आदर्शका महलहरु बनाएर सपना देख्न सिकाउने मानिसहरु र स्वास्थ्य उपचार शीर्षकमा दिनहुँ विदेशका अस्पतालमा करोडौ खर्च गर्ने बिरामी सरकार र नेताहरुको ध्यानाकर्षण होस् । सहकर्मीको दुःखमा एक संचारकर्मी, पत्रकारले गर्ने सहयोग हामी गर्ने नै छौ । विभिन्न आस्था बोकेका र विभिन्न संस्था वा संगठनमा आवद्ध धेरै इमान्दारहरुको हालत लगभग यही नै होला । मेरो कामना छ राज्य र यहाँका अभिभावकहरुले गर्ने व्यवहारका कारण थुप्रै  राजवंशी बन्धुहरुको जन्म नहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy