Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

टेकोको भरमा सम्पदा

३ साउन, भक्तपुर । भूकम्पले जीर्ण विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रसिद्ध सम्पदालाई चारैतिर टेको दिएर अड्याइएको छ । भूकम्पपछि पूर्ण रुपमा भत्किन नसकेका यहाँका सम्पदालाई पुनःनिर्माण तथा जीर्णोद्धार सुरु हुने बेलासम्म टिकाउनका लागि चारैतिर टेको दिएर राखिएको हो । विश्वसम्पदा सूचीमै रहेको भक्तपुरको दरबार स्क्वायरस्थित पचपन्नझ्याले दरबारसँगै जोडिएको दरबारकै भागका रुपमा रहेको राष्ट्रिय कला सङ्ग्रहालयलाई टेको दिइएको छ । भूकम्पको धक्काले कमजोर बनाएका सम्पदालाई ढल्नबाट जोगाउन आपत्कालीन टेको लगाइएको विभागका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । सङ्ग्रहालय उत्तर र दक्षिणतर्फ ढल्किएर धाँजा फाटेपछि टेको दिइएकाले सङ्ग्रहालय अवलोकनका लागि स्वदेशी तथा विदेशीलाई रोक लगाइएको छ । सङ्ग्रहालय भूकम्पले जीर्ण बनाएपछि टेको दिएर राख्नुपरेको र सङ्ग्रहालयभित्र प्रवेश निषेध गरिएको सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले बताए । दरबार स्क्वायर क्षेत्रकै नारायण मन्दिर तथा कृष्ण मन्दिर पनि टेकाका भरमा अडिएका छन् । विश्वसम्पदा सूचीमै रहेको दत्तात्रय स्क्वायरको पुजारी मठ र मयूर झ्यालको संरक्षण गर्नसमेत टेको लगाउने कार्य सुरु भएको नकर्मीले बताए । दरबार क्षेत्र परिसरकै वत्सला मन्दिर, नारायण सिद्धिलक्ष्मी मन्दिर, विश्वरुपा मन्दिर, सिद्धिगणेश मन्दिर, श्वेतभैरव, सिज महादेव, देगइना मन्दिर र ब्रह्मायणी मन्दिर, भेलुखेलस्थित च्यासिंमण्डप, खौमाध्वाका, च्याम्हासिंह ढोकालगायत सम्पदा पूर्ण रूपमा भत्किएका छन् । हनुमानघाटस्थित १२ मन्दिर तथा शिवालय, भक्तपुरका विभिन्न देवताका घर अर्थात् द्योछें, सत्तल, पाटी, पुजारी मठ पनि भत्किएका छन् । दरबार क्षेत्रको वत्सलादेवी(पार्वती) मन्दिरभित्रका ढुङ्गाका मूर्ति, भेलुखेलस्थित च्यासिंमण्डपको गजुर, तौमढी मण्डलको छेउको पाटीको गजुर, तवा सत्तलको टुँडाल तथा काठका मूर्ति सङ्कलन गरी तलेजु भवानीको परिसरभित्र नेपाली सेनाको सुरक्षामा राखिएको छ । वत्सलादेवी मन्दिरका १३५ भन्दा बढी ढुङ्गाका मूर्ति तलेजु भवानीमा राखिएका छन् । क्षतिग्रस्त सामग्री सङ्कलन गरी मौलिक किसिमले पुनःनिर्माण गर्न सहज पुग्ने गरी तस्बिरसमेत तयार गरिएको छ । भूकम्पकै कारण वरिपरिका मन्दिर पूर्ण रुपमा भत्किए पनि विश्वसम्पदा सूचीमै रहेको चाँगुनारायण मन्दिरलाई चारैतिर टेको लगाएर अड्याइएको छ । मन्दिरको चारै सुरको गारो छुट्टिएर बाहिर निस्किएपछि मन्दिरको वरिपरि नै टेको लगाइएको हो । मन्दिरको पश्चिमपट्टि माथिको झ्याल निस्किएको छ । मन्दिरको दायाँतर्फको ठूलो घन्टा ढलेको छ । मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले संरक्षण गर्न मन्दिरमा टेको लगाइएको बताउनुभयो । पुरातत्व विभाग भक्तपुरले भत्किएका मन्दिर एवम् सम्पदाको विवरण सङ्कलन गर्न थालिएको जनाएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending