Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

टेकोको भरमा सम्पदा

३ साउन, भक्तपुर । भूकम्पले जीर्ण विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रसिद्ध सम्पदालाई चारैतिर टेको दिएर अड्याइएको छ । भूकम्पपछि पूर्ण रुपमा भत्किन नसकेका यहाँका सम्पदालाई पुनःनिर्माण तथा जीर्णोद्धार सुरु हुने बेलासम्म टिकाउनका लागि चारैतिर टेको दिएर राखिएको हो । विश्वसम्पदा सूचीमै रहेको भक्तपुरको दरबार स्क्वायरस्थित पचपन्नझ्याले दरबारसँगै जोडिएको दरबारकै भागका रुपमा रहेको राष्ट्रिय कला सङ्ग्रहालयलाई टेको दिइएको छ । भूकम्पको धक्काले कमजोर बनाएका सम्पदालाई ढल्नबाट जोगाउन आपत्कालीन टेको लगाइएको विभागका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । सङ्ग्रहालय उत्तर र दक्षिणतर्फ ढल्किएर धाँजा फाटेपछि टेको दिइएकाले सङ्ग्रहालय अवलोकनका लागि स्वदेशी तथा विदेशीलाई रोक लगाइएको छ । सङ्ग्रहालय भूकम्पले जीर्ण बनाएपछि टेको दिएर राख्नुपरेको र सङ्ग्रहालयभित्र प्रवेश निषेध गरिएको सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले बताए । दरबार स्क्वायर क्षेत्रकै नारायण मन्दिर तथा कृष्ण मन्दिर पनि टेकाका भरमा अडिएका छन् । विश्वसम्पदा सूचीमै रहेको दत्तात्रय स्क्वायरको पुजारी मठ र मयूर झ्यालको संरक्षण गर्नसमेत टेको लगाउने कार्य सुरु भएको नकर्मीले बताए । दरबार क्षेत्र परिसरकै वत्सला मन्दिर, नारायण सिद्धिलक्ष्मी मन्दिर, विश्वरुपा मन्दिर, सिद्धिगणेश मन्दिर, श्वेतभैरव, सिज महादेव, देगइना मन्दिर र ब्रह्मायणी मन्दिर, भेलुखेलस्थित च्यासिंमण्डप, खौमाध्वाका, च्याम्हासिंह ढोकालगायत सम्पदा पूर्ण रूपमा भत्किएका छन् । हनुमानघाटस्थित १२ मन्दिर तथा शिवालय, भक्तपुरका विभिन्न देवताका घर अर्थात् द्योछें, सत्तल, पाटी, पुजारी मठ पनि भत्किएका छन् । दरबार क्षेत्रको वत्सलादेवी(पार्वती) मन्दिरभित्रका ढुङ्गाका मूर्ति, भेलुखेलस्थित च्यासिंमण्डपको गजुर, तौमढी मण्डलको छेउको पाटीको गजुर, तवा सत्तलको टुँडाल तथा काठका मूर्ति सङ्कलन गरी तलेजु भवानीको परिसरभित्र नेपाली सेनाको सुरक्षामा राखिएको छ । वत्सलादेवी मन्दिरका १३५ भन्दा बढी ढुङ्गाका मूर्ति तलेजु भवानीमा राखिएका छन् । क्षतिग्रस्त सामग्री सङ्कलन गरी मौलिक किसिमले पुनःनिर्माण गर्न सहज पुग्ने गरी तस्बिरसमेत तयार गरिएको छ । भूकम्पकै कारण वरिपरिका मन्दिर पूर्ण रुपमा भत्किए पनि विश्वसम्पदा सूचीमै रहेको चाँगुनारायण मन्दिरलाई चारैतिर टेको लगाएर अड्याइएको छ । मन्दिरको चारै सुरको गारो छुट्टिएर बाहिर निस्किएपछि मन्दिरको वरिपरि नै टेको लगाइएको हो । मन्दिरको पश्चिमपट्टि माथिको झ्याल निस्किएको छ । मन्दिरको दायाँतर्फको ठूलो घन्टा ढलेको छ । मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले संरक्षण गर्न मन्दिरमा टेको लगाइएको बताउनुभयो । पुरातत्व विभाग भक्तपुरले भत्किएका मन्दिर एवम् सम्पदाको विवरण सङ्कलन गर्न थालिएको जनाएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending