Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

मस्यौदामाथी सुझाव माग्न आएका सभासदले जिविसको टेबुल फुटाए

\"tapta३ साउन, सुर्खेत । बेलाबेलामा विवादित बनिरहने सुर्खेतका एक सभासद् पुनः विवादित बनेका छन ।  ‘नेपालको संविधान २०७२’ को प्रारम्भीक मस्यौदाको सुझाव संकलन गर्न सुर्खेत आइपुगेका सभासद्ले जिल्ला विकास समिति, सुर्खेतमा पुगेर कर्मचारीलाई धम्क्याएका छन् । स्रोतका अनुसार सुर्खेत क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सभासद् तप्तबहादुर विष्टले जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत रामबहादुर बुढासहितका अन्य कर्मचारीहरुलाई धम्क्याएका हुन् । आफ्नो क्षेत्रमा पर्ने सडकको रकम फ्रिज गरेको भन्दै उनले जिल्ला विकास समितिका कर्मचारीहरुलाई धम्क्याएको स्रोतको भनाइ छ । उनले जिल्ला विकास समितिमा कुर्ची, टेवुल ठोकेर कर्मचारीहरुलाई आयोजनाको रकम किन फ्रिज गरेर पठाएको  भन्दै धम्क्याएको स्रोतले बताएको छ । ‘सडकको कुरा थियो,’ स्रोतले भन्यो– ‘माननीयज्यू, आफै आएर अभद्र व्यवहार प्रदर्शन गर्नुभयो, हानेर योजना अधीकृतको टेबुलसमेत फुटालिदिनुभयो ।’ श्रोतका अनुसार स्थानीय विकास अधिकारी हिरालाल रेग्मीलाई थ्रेट दिन गएका विष्ट रेग्मीको अनुपस्थितीमा योजना अधिकृत बुढामाथी जाईलागेका हुन् । यो घटनाका बारेमा बुझ्न खोज्दा कर्मचारीले पीडा पोख्दै भने –‘सभासद्हरुबाटै यस्तो व्यवहार हुन्छ हामीले के मनोबलले काम गर्ने ।’ जिल्लामा सभासद्हरुको हस्तक्षेपपछि यहाँका अन्य राजनीतिक दलहरुले विभिन्न आयोजनाहरुमा ठूलै विवादसमेत झिकेका थिए । पश्चिमको सुर्खेतको विद्यापुर–छाप्रे सडकको गुरुयोजना विपरित निर्माण कार्य भएको पाइएपछि जिल्लाको सर्वदलीय अनुगमन टिमको सुझावका आधारमा जिल्ला विकास समितिले निर्माण कार्य नभएको भन्दै रकम भुक्तान रोकिदिएको थियो । जिल्ला विकास समितका अनुसार सो सडक पहिले नै निर्माण भैसकेको तर अहिले निर्माण कार्य भएको भन्दै भुक्तानी मागिएको थियो ।  उक्त सडकका लागि परेको बजेट विष्टले कामै नगरी कार्यकर्ताहरुलाई बाँडीचुँडी गर्न खोजेको स्थानीयको आरोप छ । सभासद् विष्ट यस अघी पटकपटक विभिन्न क्रियाकलाप गरी चर्चामा आउने गरेका थिए । संविधानसभामा निदाए पछि देशभरका मिडियाहरुले उनको तस्बीर छापेका थिए । साथै टिभी र समाजिक संजालहरुमा उनको संविधानसभामा निदाएको तस्बीर भाइरल बनेको थियो । यस्तै उनले सुर्खेत आएका बेला नै अत्यधिक मदिरा सेवन गरी ट्राफिकलाई धम्क्याएपछि पनि विवादमा आएका थिए ।  मदिराराले मातेका उनले ट्राफिकले चेकजाँच गर्न खोज्दा ट्राफिकलाई नै दुव्र्यवहारसमेत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending