Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

कुलमानसँग अर्थमन्त्रीको बार्गेनिङ गरिरहेका ओलीलाई वामदेवको झटारो

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा आफु जानेबारे पार्टीले गरेको निर्णय कार्यान्वयन हुनपर्ने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् ।

राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई लैजाने र अर्थमन्त्रीमा निरन्तरता दिने योजनामा रहेका ओलीलाई वामदेवको निर्णय बज्रपात बन्न पुगेको छ ।

जनस्तरमा व्यापक रुचाइएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्को पुनर्नियुक्तिका लागी पार्टी तथा जनसमुदायमा अलोकप्रिय अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिनेगरी बार्गेनिङ् गरिरहेका ओलीको यो खेल अब करिब खतम भएको छ ।

स्रोतका अनुसार घिसिङ्को निरन्तरताको पक्षमा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग घिसिङ्लाई निरन्तरता दिने भए खतिवडालाई पपिन निरन्तरता दिनुपर्ने अडान राखिरहेका थिए ।

घिसिङ्को नियुक्तिमा ढिलाई गर्नुको कारण पनि खतिवडाको निरन्तरताका लागी हो भनेर नेकपा वृतमा चर्चा चलिरहेको थियो ।

अचानक उपाध्यक्ष गौतमले यसअघि पार्टीले आफुलाई राष्ट्रियसभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा उभिएपछि ओलीको योजना तुहिन लागेको हो ।

पछिल्लो समय कानुनीरुपमा अवैध रहेका कतिपय टेण्डरमा समेत रकम निकासी गरिरहेका खतिवडाकै निरन्तरताको पक्षमा रहेका ओलीका लागी गौतमको अर्को पनि झटारो गएको छ । त्यो हो अर्थमन्त्रीसहित उपप्रधानमन्त्रीमा गौतमको दावी ।

ओलीलाई यसअघि सत्ताच्युत हुनबाट जोगाएका गौतमका विपक्षमा खुलेर जानसक्ने अवस्था ओलीको छैन । तर आफ्नो फाइदाका लागी कसैको पनि सहयोग नदेख्ने ओली प्रवृतिले के गर्छ भन्नेमा चाहि कोही ढुक्क हुन नसक्ने अवस्था रहेको गौतम निकटका एक नेताले बताए ।

यदी गौतम पछिल्लो निर्णयबाट पछि हटेनन् भने खतिवडामात्रै जाँदैनन् ओलीका कतिपय आर्थिक योजनाहरु र टेण्डरहरुसमेत अनिश्चित बन्न पुग्छन् ।

अहिले बालुवाटार निकटका कतिपय नेताहरुलाई खतिवडामात्रै नीतिगतरुपमा कमिशनको काम भईरहेको आरोप लाग्ने गरेको मात्रै छैन कतिपय टेण्डरहरुसमेत पुर्ण त कानुन विपरित हुने गरेका छन् ।

जस्तो रेलवे विभागले निकालेको अर्बौको टेण्डरमा ठेकेदार छनौटदेखि धेरै विषयहरुमा मिलेमतो भईरहेको र कानुन विपरित मुआव्जा जग्गा अधिकरणसमेत नभएको स्थानमा रेलवे ट्रयाकका लागी बोलपत्र आव्हान भएको थियो ।

यसरी गौतमको पछिल्लो निर्णयले ओली निकै अप्ठ्यारोमा परेको नेकपाभित्र चर्चामा छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending