Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दाङका कृषक भन्छन्, ‘मौरी मेरो नशा–नशामा छ’

\"???????????????????????????????\"‘दिनभरी हलो जोत्यो, खल्तीमा दुई पैसा आउने होइन, वर्षभरी खेतीपाती गर्यो खान पुग्ने होईन’ ,  बाघमारे – ५ सिमसुन्दरपुर, दाङ्ग निवासी ४० वर्षीय शशिराम खड्का आफ्नो विगत सम्झँदै यसरी दुखेसो पोख्छन् । दुई छाक खाना अनी एकसरो लुगाफाटो लगाउनबाहेक अरु केही गर्ने उपाय थिएन उनीसँग, थियो त केवल जाँगर, लगनशिलता अनि आत्मविश्वास । २०६१ सालदेखी दुईवटा मौरीको घारबाट व्यवसाय सुरु गरेका खड्कासंग अहिले १ सय पच्चिस घार मौरी छन् । विविध उतारचढाव, आरोह अवरोहको बाबजुत हालको अवस्थामा आईपुगेको उनी बताउँछन् । सुरुका दिनमा व्यवसाय गर्न कठिन भएतापनि हाल बजार राम्रो भएकोले कुनै समस्या छैन । मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक ७ लाखसम्म कमाउँदै आएका उनी मौरीपालन व्यवसाय कहिल्यै नछोड्ने बताउँछन् । उत्पादित मह रुकुम, सल्यान, बाँके, बर्दियादेखि काठमाडौंसम्म बिक्री गर्ने गरेका छन् । गतवर्ष मात्र ३१ क्विन्टल मह बिक्री गरेका उनले हालसम्म एउटा मोटरसाईकल किनेका छन् भने चालिस लाखको लगानीमा माईलो छोरालाई तुलसीपुर बजारमा फेन्सी पसल खोल्नसमेत सघाएका छन् । बाँकी दुई छोराको पढाई खर्चलगायत सम्पूर्ण घरायसी खर्चसमेत मौरीले धानेको उनको ठम्याईं छ । उनी भन्छन्,  ‘श्रीमतीलाई चार तोलाजती सुन पनि किनिदिएको छु । उनको व्यवसायमा निरन्तर सहयोग छ । हामी परिवार मिलेर नै व्यवसाय धानेका छौं ।’ \"???????????????????????????????\"लामो समय मौरीपालन व्यवसायमा लागेका खड्कालाई गाउँमा अधिकांशले ‘मौरीदाइ’ भनेर चिन्छन् । उनी भन्छन्, ‘पहिले–पहिले मौरीदाई भनेर बोलाउँदा रिस उठ्थ्यो तर आज मलाई गर्व लाग्छ ।’ आर्थिक लाभ त छँदै छ, मौरी व्यवसायी भएपछि सामाजिक जीवनमा समेत सकारात्मक परिवर्तन आएको उनी स्विकार गर्छन् । खड्का थप्छन्, ‘हिजो मुन्टो बटारेर हिँड्नेहरु आज हात जोडेर नमस्कार गर्छन् । हिजाका दिनमा एक हजार नपत्याउनेहर आज मेरै घरमा सहयोग माग्न आउँछन् । आज मलाई अप्ठ्यारो पर्दा लाखौं रुपैयासम्म पत्याउने मान्छेहरु कमाएको छु । मौरीले मलाई धेरै मान्छेसँग चिनायो । यसैले गर्दा विभिन्न ठाउँहरु घुम्न पाएँ ।’ तपाईंलाई मौरी व्यवसाय नगरेको भए अहिले कुन अवस्थामा हुन्थे जस्तो लाग्छ भन्ने प्रश्नमा उनले लामो सास फेर्दै भने, ‘कुनै खाडी मुलुकमा पसिना बगाईरहेको हुन्थे’ । सामान्य साक्षरमात्र खड्का पहिले आफूले वैदेशिक रोजगारीको लागी विदेश जाने सपनासमेत बुनेको बताए । उनी भन्छन्, ‘मौरी मेरो भाग्यमा रहेछ जसले मलाई विदेश पलायन हुनबाट रोक्यो । आज यही मौरीले लाखौं दिएको छ । म संग जे छ त्यसमा सन्तुष्ट छु । मौरी मेरो नशानशामा पसिसक्यो अब यसलाई म बाहिर निस्कन दिन्न ।’ नेपाल सरकारको मातहतमा रहेको लघु उद्यम विकास कार्यक्रमको व्यवसायिक सिपमुलम तालिम तथा प्रविधी सहयोग अनि जिल्ला कृषि कार्यालय, दाङ्गको १५ दिने गुणस्तरीय मह उत्पादन तालिमले नै उनलाई यो स्थानसम्म ल्याई पुर्याएको उनको दाबी छ । हाल बर्दिया र दाङ्गमा गरी दुई स्थानमा व्यवसाय गर्दै आएका खड्का आफ्नो आर्थिक र सामाजिक हैसियतमा एथेष्ट र आफू व्यवसायमा सफल भएको ठहर्छन् । घरमा सोलार, डिस होम टिभी जडान गरेका उनले एक पक्की घर बनाउने अनी वार्षिक आम्दानी  दश लाखसम्म बनाउँदै राष्ट्रकै एक सफल उद्यमीको रुपमा स्थापित हुने लक्ष्य लिएका छन् । नेपालमा केही गर्न सकिन्नँ भनि विदेश भौंतारिने नेपाली युवाहरुलाई उनले आफ्नो व्यवसायबाट गतिलो प्रहार गरेका छन् । लाखौं लाख  बेरोजगार युवाहरुका लागी उनी प्रेरणाका स्रोत बन्न सक्छन् । यस्ता व्यवसायमुखी कृषकको सहि पहिचान गरी उचित सम्मान अनी कदर गर्नू हामी सम्पूर्ण नागरिक र राष्ट्रको कर्तब्य हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies