Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

मासु बिक्री बन्द गरेर कुखुरा व्यवसायी आन्दोलनमा

३ साउन, भीमदत्तनगर । नगरपालिकाले बजारमा कुखुराको मासु बिक्री गर्ने व्यापारीबाट प्रतिकिलो मासुमा पाँच रुपैयाँ कर उठाउन थालेपछि कुखुरा उत्पादन गरी मासु बिक्री गरिरहेका झलारी बजारका कुखुरा व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
व्यवसायीको आन्दोलनसँगै कञ्चनपुरको झलारीबजारमा कुखुराको मासु पाइन छाडेको छ । यसबाट बढी मार होटल व्यवसायीले खेप्नु परेको छ । आन्दोलनका कारण सर्वसाधारणले समेत बजारबाट मासु किनेर खान पाइरहेका छैनन् । झलारी–पिपलाडी नगरपालिका क्षेत्रका व्यवसायीले मासुमै प्रतिकिलोका हिसाबले कर सङ्कलनका लागि ठेकेदार कम्पनीलाई टेन्डर दिएपछि उनीहरु आन्दोलित भएका हुन् ।
व्यवसायीहरुले सस्तो दरले कर सङ्कलन नगरेसम्म व्यवसाय बन्द यथावत् राख्ने चेतावनी दिएका छन् । तीन दिनदेखि आन्दोलदनमा उत्रिएका व्यवसायीले मासु बिक्री बन्द गरेका छन् । झलारीस्थित दाजुभाइ मासु पसलका सञ्चालक बलबहादुर सिंहले नगरपालिकाले आफूहरुबाट अनावश्यक कर असुली गर्न खोजेको आरोप लगाउनुभयो । \'हामी सामान्य कुखुरा बेच्नेले वार्षिक कर एक लाख रुपैयाँ कहाँबाट तिर्नु ?”, सिंहले भन्नुभयो–“यो तल्लो तहका व्यवसायीमाथिको दमन हो ।\'

त्यसैगरी ऐर मासु पसलका सञ्चालक रतन ऐरले पनि नगरपालिकाले गरेको निर्णय मान्य नहुने बताए । \'लाखाैँको व्यापार गर्नेहरुले यत्तिका कर तिर्दैनन् तर हामी सामान्य व्यवसायीबाट ठूलो मात्रामा कर असुल्ने नगरपालिकाको नीति गतल भयो,\' उनले भने– \'नगरपालिकाले लगाउने करले मासुको मूल्य वृद्धि हुने र उपभोक्ता मारमा पर्छन् ।\'

यसअघि गाविसलाई व्यवसायीले वार्षिक रु तीन हजार कर तिर्दै आएका थिए । कलुवापरस्थित नेहा पोल्ट्री फार्मका सञ्चालक जयराज ऐरले नगरपालिकाले निर्णय सच्याउनुपर्ने माग गरे । उनले नगरपालिका क्षेत्रका दर्जनभन्दा बढी मासु बिक्रेता मारमा परेको बताए । \'मासु बिक्रेतालाई मात्रै घाटा हुँदैन,\' उनले भने,  \'यो कर मासु खानेमाथि लादिन्छ । मासु महङ्गो हुन जान्छ\' ऐरले भने। मासु बिक्री गर्नेबाट कर लिने विषयमा नगरपालिकाले झलारी उद्योग वाणिज्य सङ्घसित कुनै समन्वय गरेको छैन । झलारी–पिपलाडी उद्योग वाणिज्य सङ्घका महासचिव जोगीसिंह सोवले साना व्यापारीको ढाड सेक्ने नियतले नगरपालिकाले कर लगाएको आरोप लगाए । नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले कर उठाउने सम्बन्धमा सबै निर्णय परिषद्बाट भएको बताए । \'परिषद्बाट निर्णय भएकाले अब यस विषयमा तलमाथि गर्न सक्ने अवस्था छैन\' उनले भने । गत चालु आर्थिक वर्षबाट कर सङ्कलन गर्ने गरी ठेक्का प्रक्रिया लागू भएको उनको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending