Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कुलमानको नियुक्तिबारे प्रधानमन्त्री ओलीको कानुनी प्रश्न

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्तिकाे विषयले स्थान नपाएपछि चारैतिर चर्चा चुलिएकाे छ ।

कुलमानलाई फेरि प्राधिकरणको नेतृत्व सुम्पने गरी उर्जा मन्त्रालयले प्रस्ताव लगेकाे भएपनि मन्त्रिपरिषद बैठकमा भने प्रस्ताव लगिएन ।

यसबारेमा सार्वजनिक भएका समाचार अनुसार एजेण्डामा नपरेपछि उर्जामन्त्रीले जिज्ञासा उठाउँदा प्रधानमन्त्रीले भने कानुनी प्रश्न भएकाेले छलफल गरेर मात्र अघि बढ्ने बताएका थिए ।

उता कुलमान घिसिङ चार वर्षे कार्यकाल सकाएर आइतबार नै बिदा भएकाले प्राधिकरण नेतृत्वविहीन छ । प्राधिकरणमा लैजान प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका आ–आफ्ना रोजाईका पात्र छन् ।

१८ घण्टे लोडसेडिङ हटाउँदै प्राधिकरणलाई अर्बौअर्बको घाटाबाट अर्बौ नाफा लगेका कारण कुलमानलाई नै पुनर्नियुक्ति गर्नुपर्ने दबाब छ ।

प्रधानमन्त्रीमाथि घिसिङलाई नभई उहाँका विश्वासिला पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीलाई बनाउन खोजेको आरोप लागिरहेको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र मन्त्री पुन घिसिङकै पक्षमा रहेको जनाइएको छ ।

नियुक्ति गर्नु नै पर्दा पनि घिसिङले फेरि खुल्ला प्रतिष्पर्धामा सहभागि हुनुपर्ने अवस्था सृजना गराइएको छ । यो एक हिसाबले घिसिङलाई निरुत्साहित गर्न र उहाँलाई सहभागि नै नहुने वातावरण बनाउन खोजेको उर्जा मन्त्रालयका एक अधिकारी बताउँछन् ।

राम्रो काम गरेर चर्चा कमाइरहेका व्यक्तिलाई सहज पुनर्नियुक्ति नदिनु र कानुनी प्रश्न रहेको छ भनेर प्रधानमन्त्रीले पन्छाउनुको मुख्य कारण नै अब घिसिङ प्रतिष्पर्धामा नआउन् भन्ने दुराशय रहेको ति अधिकारी बताउँछन् ।

पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ११ अर्ब नाफामा लगेको भन्दै घिसिङको प्रशंसा हुँदा नयाँ परियोजना ल्याउन नसकेको एमसीसीमा प्रधानमन्त्रीलाई नसघाएको आरोप लगाइएको छ ।

यसैबारेमा प्रधानमन्त्रीको सोचलाई बल पुग्ने गरी उहाँका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक रुपमा टिप्पणी गर्नुभएको छ ।

कुलमान घिसिङलाई नियुक्त गर्न सरकारलाई पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको सुझावप्रति कटू टिप्पणी गर्दै थापाले के कुलमान कानुनभन्दा माथि हुन् भन्ने प्रश्न उठाउनुभएको छ । अरु र कुलमानलाई कानुन फरक हुन्छ र ?

अरुले पुनर्नियुक्तिका लागि फेरि प्रतिष्पर्धामा सामेल हुनुपर्ने घिसिङले नपर्ने जस्ता तर्क थापाले सारेको देख्दा पनि बालुवाटारमा के पाक्दै छ भन्ने बुझ्न सकिन्छ ।

प्रवक्ता श्रेष्ठले भने घिसिङलाई नेपाल आमाका सुयोग्य सुपुत्रको संज्ञा दिँदै पुनर्नियुक्त गर्न माग गर्नुभएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending