काठमाडौं । सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल रेष्टुरेन्टहरु खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यी हुन् मुख्य निर्णयः
– असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने ।
– असोज १ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्ने ।
– असोज १ गतेदेखि होटल रेष्टुरेन्टहरु खुला गर्ने ।
– पूर्व अर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्ने र मन्त्री सरह सेवा सुविधा उपलब्ध गराउने ।
– एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने । एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने । एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने । पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउने । एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पु¥याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम संचालन गर्ने ।
– सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने ।
– नेपालमा सञ्चालित विभिन्न परियोजनाका लागि आवश्यक पर्ने जनशक्ति विदेशबाट ल्याउन खुला गर्ने । उनीहरूले ७२ घण्टाभित्रको पीसीआर, आडीटी नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्ने । आयोजनाले व्यवस्थापन गरेको क्वारेन्टिनमा उनीहरू बस्ने प्रतिबद्धता भएमा मात्र कामदार, जनशक्तिलाई नेपाल आउन अनुमति दिइने ।
– हिमाल आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकको लागि कार्तिक १ देखि नेपाल आउन अनुमति दिने । नेपाल आउने हरेक विदेशी नागरिकले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट ल्याएर आउनुपर्ने ।
– अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द राख्ने निर्णय । नेपाल प्रवेश गर्ने सबै नाका र खुला सीमाबाट हुने सबै प्रकार गतिविधि समेत यस अवधिमा बन्द रहनेछन् । तर, समस्यामा परेका नागरिकलाई भने निश्चित विन्दुबाट प्रवेश भने खुला रहनेछन् । इलामको पशुपतिनगर र दार्चुलाको खलंगा नाका पनि खुला गर्ने निर्णय । चीनतर्फ रसुवाको नाका खुला ।
– शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्ने । सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भीक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: