Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यस्तो रह्यो भ्रमण– ‘लिपुलेकको विषय उठाउँदा मोदीले उत्तर दिएनन्’

\"Prachandaमैले भारत गएर भारतका पार्टीका नेताहरु सरकारका पधाधिकारीहरु मैले यहाँ राखेकै कुरा राखेँ ।  हाम्रो नेपाल राष्ट्रको समग्र हितको पक्षमा  भारत र नेपालको सम्बन्धको विषयमा खासगरिकन सिमानाको विषयमा कालापानीदेखि सुस्तादेखि अहिले भरखरैको लिपुलेकको सम्बन्धमा  दुई पक्षिय हितका आर्थिक विकासका कुराहरुमा खास गरि त्यसमा पनि व्यापार घाटा निकै बढेको सन्दर्भमा यसलाई कसरी सन्तुलित  बनाउने भन्ने विषयमा शान्ति र संविधान निर्माण प्रक्रियाको विषयमा  गम्भिर ढंगले छलफल भए । मैले नेपाल र नेपाली जनताको पक्षमा मेरो विवेकले भ्याए सम्म मैले कुरा राखेँ ।  त्यस्तै भारतमा बस्ने नेपालीहरुको पक्षमा नि कुरा राखेँ । खासगरि कन पहिलेका मुद्दाहरुका सन्दमर्भमा  बैंक एकाउन्ट खोल्ने सन्दर्भमा  टेलिफोन महशुलको सम्बन्धमा । कतिपय सन्दर्भ यस्ता थिए, नेपालमा जनयुद्ध चलिरहेको सन्दर्भमा राजाले भनेर प्रतिबन्ध लगाइएका सामाजिक संघसंस्थाहरु छन नेपालीहरुका  तिनीहरुलाई फुकाउ गर्ने बारेमा कुरा राखेँ । किनकी  माओवादी पार्टी आफै बैधानीक भएर लोकतान्त्रिक तरिकाले निर्वाचनमा भाग लिएर सरकारको नेतृत्व पटक पटक गरिसक्यो । तर उदाहरणको लागि  अखिल भारत नेपाली एकता समाज जस्तो एउउटा साामजिक संगठनलाई त्यतिबेला लागेको प्रतिबन्ध नहटेको भन्ने सन्दर्भमा, यो विषयमा कुरा गर्दा  भारतीय नेताहरुले अनौठो मान्नु भयो । तुरुन्तै हल गर्ने प्रतिबद्धता जनाउनु भयो । समग्रमा शान्ति संविधानको विषयमा यो प्रक्रियाको समापन तिर गइराखेको अवस्थामा छौं । यति बेला भारतको अझ बढी सद्भाव र सहयोगको खाँचो छ ।  नेपालमा छिटो संविधान घोषणा गर्ने भनेर संविधानको पहिलो मस्यौदा जनताको हातमा गएको छ ।  हामी अब छिटै एउटा प्रक्रिया पुर्याएर घोषणा गर्ने तयारीमा छौं । हिजो १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया र समग्र शान्ति सम्झौतामा भारतको जस्तो सहयोग र सद्भाव रहँदै आएको छ ।  अब यसलाई निष्कर्षमा पुर्याउने बेलामा पनि त्यस्तै सहयोग र सदभाव को खाँचो छ ।  मैले सकारात्मक माहोल बनाउने उद्देश्यले  दुई देशको सम्बन्धलाई पनि नयाँ आयाम थप्ने उद्देश्यका साथ  म आएको छु भनेर मैले भने । भारतीय नेताहरुको सबैको सकारात्मक भनाई थियो ।  सबै भन्दा पनि एउटा प्रतिनिधिमूलक भनाई भन्नुपर्छ, प्रधानमन्त्री नरेन्द्र मोदीको छिटो संविधान बनाउने कुरामा, राष्ट्रपति प्रणव मुखर्जीको पनि, संविधानको पहिलो ड्राफ्ट बनाउन सफल हुुुनु भएकोमा बधाई भन्नुभएको छ । नेपालमा शान्ति स्थिरता र विकास तिर जाओस् भन्ने, मोदीको चहाना छ । उहाँले सुझाव भनेर, सकेसम्म सबैको सहमतिबाट संविधान बनोस् । किन भने , सानो विऊ पनि भोलीलाई अस्थिरता आउनेखालको नरहोस् भन्ने, आफ्नो सुझाव पनि उहाँले राख्नुभएको थियो ।  समग्रमा यो भेटघाट फलदायी भयो । नेपाल र भारतबीचको दुई देशबीचको सम्बन्ध सुदृढ भयो भन्ने मलाई लागेको छ । भेटघाट सकिएपछि म दुई दिनको लागि गुँजरातको भूज भन्ने ठाउँमा जहाँ झण्डै १३ हजार मानिस १४ वर्षअघि गएको भूकम्पका कारण ज्यान गुमाएका थिए ।  थुप्रै घरहरु क्षेत विक्षत भएको थियो । करिब हाम्रो जस्तै स्थिति त्यहाँ थियो । एक करोड मान्छे, त्यो भूकम्पबाट प्रभावित भएका थिए ।  त्यो ठाउँमा म गएँ ।  हाम्रो टिमले त्यहाँ भारत सरकारले निकै राम्रो गरेको पायो ।   समग्रमा त्यहाँ क्षति कसरी भयो ? तत्काल उद्धार राहत कसरी चल्यो ? र पुनर्निर्माणका काम कसरी गरियो भन्ने विषयमा सरकारबाट र विभिन्न संघ सस्थाको तर्फबाट व्यवस्थित रुपले प्रस्तुत गरिएको थियो । भोलीपल्ट हामी क्षेति भएको ठाउँ र पुरै गाउँ नै  पुर्नवास गरिएको थियो । एकीकृत बस्ति विकासको नीति अपनाइएको थियो ।,  पुरै बस्ती नयाँ बनाइएको चारपाँच वटा ठाउँहरु हामीले हेरेका थियौं । त्यसमध्ये सरकार आफैले पुरै खर्च गरेर, बनाएका गाउँहरु, दोस्रो सरकार र एनजीओहरु मिलेर बनाएका, पब्लिक प्राइभेट पार्टनरसिपमा बनाइएका बस्तिहरु, सहरमा बनाइएका नयाँ ठाउँहरु हामीले हेर्यौं ।  त्यो निकै फलदायी भयो ।  जनतामा निकै उत्साह देखियो । पुनर्वास गरेर बसेका झण्डै हजारौं जनता सडकमा निस्केका थिए । हाम्रो  स्वागतमा यति धेरै उत्साह देखिन्थ्यो ।  मोदीजी  यहाँ आउँदा बानेश्वरतिर जस्तो स्वागत भएको जस्तो मैले महशुस गरेँ ।  त्यहाँ पनि स्वतस्फूर्त रुपमा जनता यति धेरै सडकमा आएका थिए ।  त्यहाँ नेपालीहरुको दुःख प्रति महिला बुढाबुढी सबैको सहानुभूति यति धेरै रहेछ ।  युवा विद्यार्थी बुद्धिजीवि सबैले सद्भाव राखे । किन भने हामीले जस्तै दुःख उनीहरुले पनि भोगेका हुनाले त्यस्तो भएको थियो ।  त्यो पिडाबाट पार पाएर अगाडी बढेको हुनाले त्याहाँबाट यस्तो सद्भाव आएको थियो । त्यहाँ सबै दूर्गम गाउँमा पनि सबै सुविधा थियो ।  भूजबाट झण्डै ६० किलोमिटर भित्र गाउँमा पनि खानेपानी स्कुल सबै थियो ।  सहरमा हुने सबै सुविधा गाउँमा पुगेको नमुना गाउँ थियो ।  त्यहाँको जनतासँग पनि हामीले कुराकानी गर्यौं । उनीहरु हरप्रकारले नेपालको आपतको बेलामा सहयोग गर्न चहान्छौं भन्ने मन छ । लिपुलेकको विषयमा पहिले मैले विदेश मन्त्री र विदेश सचिवसँग कुरा राखेको थिएँ ।  त्यहाँ विदेशमन्त्रीले यो विषय दुवै देशबीच सत्य तथ्य राखेर समाधान गर्ने ढंगले जानुपर्छ जवाफ पाएको थिए ।  पछि प्रधानमन्त्री जीसँग पनि कुरा राखेँ । उहाँले काठमाडौं आउँदा पनि सिमामा भएका समस्याहरु सधैका लागि समाधान गर्नुपर्छ भनेको कुरालाई प्रसंग सम्झाउँदै कुरा राखेको थिएँ । लिपुलेकको विषयमा तपाईं चिन जाँदा त्यहाँको राष्ट्रपति र प्रधानमन्त्रीसँग जे कुरा सम्झौता भयो, त्यो नेपाली जनताको लागि धेरै चासो विषय भएको थियो ।  उहाँले सिधै लिपुलेकै विषयमा भनेर कुरा गर्नुभएन । जसरी विदेश मन्त्रीसँग भएको थियो । सबै समस्या एकै चोटी समाधान गर्नुपर्छ भनेर सामान्य उत्तर दिनु भयो । एक साता भारत भ्रमण सकेर नेपाल आएपछि  विमानस्थलमा पत्रकार सम्मेलनको क्रममा व्यक्त मन्तव्य ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies