Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पेट्रोल बम प्रहारबाट जोगिए अर्थमन्त्री

\"mahat_20150325124153\"४ साउन, नुवाकोट । संविधानबारे सुझाव सङ्कलन गर्न नुवाकोट आउँदै गरेका अर्थमन्त्री रामशरण महतलाई लक्ष्यित गरी सूर्यमती गाविसमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमको प्रहारबाट महत भने जोगिएका छन् । सूर्यमतीको पट्टवारी नजिकै सडक माथिबाट अज्ञात व्यक्तिले तीनवटा सिसी प्रहार गरेकामा अर्थमन्त्री महतको गाडी अगाडी बढिसकेकाले क्षति नभएको प्रहरीले जनाएको छ । महत मतसंकलनको क्रममा त्यस तर्फ जाने क्रममा बिहान १० बजेतिर उनलाई लक्षित गरि पेट्रोल बम प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालयले भने पेट्रोल बम प्रहार भए/नभएको यकिन हुन नसकेको जनाएको छ । घटनास्थल पुगेका नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलले घटनास्थलमा एउटा फुटेको सिसी र अरु दुईवटा सद्दे सिसी फेला परेको र सिसीभित्र पानीजस्तो पदार्थ बाहिरबाट बेरिएको अवस्थामा भेटिएको बताए । ‘तर हामीले यकिन साथ त्यो पेट्रोल बम नै थियो भनेर भन्न सक्ने अवस्था भने छैन् ।’– पौडेलले भने । घटनाको अनुसन्धान र छानबिन भइरहेकाले आक्रमण प्रयास भए÷नभएको विषयमा यकिन गर्न नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताए । अर्थमन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले भने महतलाई लक्ष्यित गरी पेट्रोल बम प्रहार भएको बताएका छन् । तर महतमाथि कसले र किन बम प्रहार गरेको हो भन्ने बारेमा उनले केही पनि खुलाएनन् । अर्थमन्त्रीका सहयोगी एवम् नुवाकोट काँग्रेसका सचिव रमेश महतले मानिसको भीडबाट पेट्रोल बम प्रहार भएको र बम अर्थमन्त्री र आफ्नो गाडीको बीचमा परेकाले क्षति नभएको जानकारी दिए । अर्थमन्त्री महत नुवाकोट क्षेत्र नं २ को खरानीटारमा सुझाव सङ्कलनार्थ आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने क्रममा बाटोमा आक्रमणको प्रयास भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending