Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

पेट्रोल बम प्रहारबाट जोगिए अर्थमन्त्री

\"mahat_20150325124153\"४ साउन, नुवाकोट । संविधानबारे सुझाव सङ्कलन गर्न नुवाकोट आउँदै गरेका अर्थमन्त्री रामशरण महतलाई लक्ष्यित गरी सूर्यमती गाविसमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमको प्रहारबाट महत भने जोगिएका छन् । सूर्यमतीको पट्टवारी नजिकै सडक माथिबाट अज्ञात व्यक्तिले तीनवटा सिसी प्रहार गरेकामा अर्थमन्त्री महतको गाडी अगाडी बढिसकेकाले क्षति नभएको प्रहरीले जनाएको छ । महत मतसंकलनको क्रममा त्यस तर्फ जाने क्रममा बिहान १० बजेतिर उनलाई लक्षित गरि पेट्रोल बम प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालयले भने पेट्रोल बम प्रहार भए/नभएको यकिन हुन नसकेको जनाएको छ । घटनास्थल पुगेका नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलले घटनास्थलमा एउटा फुटेको सिसी र अरु दुईवटा सद्दे सिसी फेला परेको र सिसीभित्र पानीजस्तो पदार्थ बाहिरबाट बेरिएको अवस्थामा भेटिएको बताए । ‘तर हामीले यकिन साथ त्यो पेट्रोल बम नै थियो भनेर भन्न सक्ने अवस्था भने छैन् ।’– पौडेलले भने । घटनाको अनुसन्धान र छानबिन भइरहेकाले आक्रमण प्रयास भए÷नभएको विषयमा यकिन गर्न नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताए । अर्थमन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले भने महतलाई लक्ष्यित गरी पेट्रोल बम प्रहार भएको बताएका छन् । तर महतमाथि कसले र किन बम प्रहार गरेको हो भन्ने बारेमा उनले केही पनि खुलाएनन् । अर्थमन्त्रीका सहयोगी एवम् नुवाकोट काँग्रेसका सचिव रमेश महतले मानिसको भीडबाट पेट्रोल बम प्रहार भएको र बम अर्थमन्त्री र आफ्नो गाडीको बीचमा परेकाले क्षति नभएको जानकारी दिए । अर्थमन्त्री महत नुवाकोट क्षेत्र नं २ को खरानीटारमा सुझाव सङ्कलनार्थ आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने क्रममा बाटोमा आक्रमणको प्रयास भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy