Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

माओवादीका कुन नेताको टाउकाको ‘मूल्य’ कति ?

\"Prachanda काठमाडौं । तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा नेपालमा १० वर्षसम्म जनयुद्ध भयो । २०५२ फागुन १ देखि ०६२ बैशाखसम्म चलेको युद्धमा १७ हजार नेपाली जनताले ज्यान गुमाए, हजारौं बेपत्ता छन्, हजारौं घाइते–अपांग भए । तत्कालीन राज्य पक्षबाट थुप्रै गैह्रन्यायिक हत्या भएको थियो । हजारौंलाई बेपत्ता पार्ने काम समेत भयो । तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) बाट पनि छिटपुट घटना नभएका होइनन् । तर, राज्य पक्षबाट भने मुश्लीम मुलुकमा जस्तै विद्रोही नेताहरुको टाउकाको मूल्य तोकिएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खुमबहादुर खड्का र गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले माओवादी नेताहरुको टाउकाको मूल्य तोकेका थिए । २५ लाखदेखि ५० लाखसम्म टाउकाको मोल तोक्ने मन्त्रिपरिषदमा अधिकांश कांग्रेस नेताहरु सामेल थिए । गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, रामशरण महतलगायतका मन्त्रीहरु सामेल रहेको मन्त्रीपरिषदले टाउको काट्नेलाई पुरस्कार दिने सार्वजनिक घोषणा नै गरेको थियो । यस्तो उदेकलाग्दो कार्यमा कांग्रेस नेताहरुलाई उक्साउनेमा भने एमालेका नेताहरु अग्रपंक्तिमा थिए । २०५४ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले माओवादी मास्ने योजनासहित आतंककारी विधेयक पारित गराएका थिए । २०५९ साल बैशाख १० गते बसेको मन्त्रिपरिषदको बैठकले माओवादी नेताको टाउको काटेर ल्याउनेलाई पुरस्कार दिने निर्णय गरेको थियो । माओवादीका शीर्ष नेतादेखि जिल्लास्तरका नेतासम्मको टाउकाको मोल तोकिएको थियो । माओवादी नेताको टाउकाका निम्ति गरिने खर्चलाई ‘गोप्य राख्ने’ निर्णय समेत तत्कालीन मन्त्रिपरिषदले गरेको थियो । ‘खर्च गोप्य’ राख्ने निर्णय गर्दै तत्कालीन मन्त्रिपरिषदले ठूलै रकम भ्रष्टाचार समेत गरेको थियो । त्यतिबेलाका गृहमन्त्री खुमबहादुर खड्का भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाईवरी जेल सजाय समेत भोगेर फेरि कांग्रेस राजनीतिम सक्रिय भइसकेका छन् । तत्कालीन गृहराज्यमन्त्री  देवेन्द्रराज कँडेलले रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा ‘झोलामा टाउको ल्याउनोस्, पैसा लैजानोस्’ भनेर खुलेआम घोषणा नै गरेका थिए । तत्कालीन मन्त्रिपरिषदले माओवादी शीर्ष नेताहरुलाई ‘आतंककारीको नाइके’ को संज्ञा दिएको थियो । कति थियो प्रचण्ड, बाबुराम र वैद्यका ‘टाउकोको मूल्य’ ? तत्कालीन मन्त्रिपरिषदले माओवादीका अध्यक्ष प्रचण्डलाई ‘आतंककारीको मुख्य नाइके’ को संज्ञा दिँदै उनको टाउका काटेर ल्याउनेलाई ५० लाख रुपैयाँ ‘पुरस्कार’ दिने घोषणा गरेको थियो । उनीसँगै उपाध्यक्ष मोहन वैद्य किरण र उपाध्यक्ष बाबुराम भट्टराईको टाउको काटेर ल्याउनेलाई पनि ५०–५० लाख रुपैयाँ नै ‘इनाम’ दिने घोषणा गरेको थियो । गृहमन्त्रालयले उनीहरुको सुराक गर्ने वा तीन नेताको सूचना दिने, मृत वा जीवित बुझाउनेलाई ‘इनाम’ को घोषणा गरेको थियो । यी तीनै नेताहरुलाई मुख्य नाइकेको संज्ञा दिइएको थियो । अर्का नेता रामबहादुर थापा ‘बादल’ को टाउको काटेर ल्याउनेलाई पनि ५० लाख इनामको घोषणा गरिएको थियो । ३५ लाख  ‘मूल्य’ तोकिएका यी टाउकाहरु... जनयुद्धकालमा तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) का दोस्रो पुस्ताका नेताहरुलाई सर्वाधिक खोजिएको थियो । जसलाई तत्कालीन राज्यपक्षले ‘आतंककारीको नाइकेको’ संज्ञा दिएको थियो । ३५ लाखको दर्जामा दिवंगत नेता पोस्टबहादुर बोगटी, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, नेत्रविक्रम चन्द ‘विप्लव’, सिपी गजुरेललगायतका नेताहरु थिए । त्यस्तै वर्षमान पुन, जनार्दन शर्मा ‘प्रभाकर’, अग्नि सापकोटालगायतका नेताको टाउकाको ‘मूल्य’ पनि ३५ लाख नै तोकिएको थियो । राज्यले पोलिटब्युरो सदस्य ठानेका नेताहरुको मूल्य ३५ लाख तोकिएको थियो । को–को हुन् २५ लाख ‘मूल्य’ तोकिएका केन्द्रीय सदस्यहरु ? तत्कालीन सरकारको निर्णयअनुसार नै माओवादी केन्द्रीय समितिका सदस्यको टाउको ल्याउने व्यक्तिले तत्कालीन राज्य पक्षबाट २५ लाखको इनाम पाउने गर्दथे ।  तत्कालीन माओवादीका ब्युरो इन्चार्ज र प्लाटुन कमान्डरका टाउको बुझाउनेलाई १० लाख रुपैयाँको इनाम घोषणा गरिएको थियो । चर्कै ‘मूल्य’ थियो हतियारको पनि... जनयुद्धमा माओवादीका हतियार बुझाउनेलाई पनि ‘पुरस्कार’ दिने निर्णय गरेको थियो त्यतिबेलाको सरकारले । जसअनुसार जीपीएमजी र ४० एमम तथा मोर्टार बुझाउनेलाई ४ लाख रुपैयाँ ‘पुरस्कार’ दिने घोषणा गरिएको थियो । एलमजी बुझाउनेलाई ३ लाख, एसएलआर, तथा ३०३ राइफल र एसएमजी बुझाउनेलाई १ एक लाख दिने घोषणा गरिएको थियो ।  पेस्तोल बुझाउनेलाई २५ हजार ‘इनाम’ को घोषणा गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies