श्रावण ४ गते, २०७२ सोमवार 20th July, 2015 Mon१७:५५:१० मा प्रकाशित
४ साउन, काठमाडौं । तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा नेपालमा १० वर्षसम्म जनयुद्ध भयो । २०५२ फागुन १ देखि ०६२ बैशाखसम्म चलेको युद्धमा १७ हजार नेपाली जनताले ज्यान गुमाए, हजारौं बेपत्ता छन्, हजारौं घाइते–अपांग भए ।
तत्कालीन राज्य पक्षबाट थुप्रै गैह्रन्यायिक हत्या भएको थियो । हजारौंलाई बेपत्ता पार्ने काम समेत भयो । तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) बाट पनि छिटपुट घटना नभएका होइनन् । तर, राज्य पक्षबाट भने मुश्लीम मुलुकमा जस्तै विद्रोही नेताहरुको टाउकाको मूल्य तोकिएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खुमबहादुर खड्का र गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले माओवादी नेताहरुको टाउकाको मूल्य तोकेका थिए ।
२५ लाखदेखि ५० लाखसम्म टाउकाको मोल तोक्ने मन्त्रिपरिषदमा अधिकांश कांग्रेस नेताहरु सामेल थिए । गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, रामशरण महतलगायतका मन्त्रीहरु सामेल रहेको मन्त्रीपरिषदले टाउको काट्नेलाई पुरस्कार दिने सार्वजनिक घोषणा नै गरेको थियो ।
यस्तो उदेकलाग्दो कार्यमा कांग्रेस नेताहरुलाई उक्साउनेमा भने एमालेका नेताहरु अग्रपंक्तिमा थिए । २०५४ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले माओवादी मास्ने योजनासहित आतंककारी विधेयक पारित गराएका थिए । २०५९ साल बैशाख १० गते बसेको मन्त्रिपरिषदको बैठकले माओवादी नेताको टाउको काटेर ल्याउनेलाई पुरस्कार दिने निर्णय गरेको थियो । माओवादीका शीर्ष नेतादेखि जिल्लास्तरका नेतासम्मको टाउकाको मोल तोकिएको थियो । माओवादी नेताको टाउकाका निम्ति गरिने खर्चलाई ‘गोप्य राख्ने’ निर्णय समेत तत्कालीन मन्त्रिपरिषदले गरेको थियो ।
‘खर्च गोप्य’ राख्ने निर्णय गर्दै तत्कालीन मन्त्रिपरिषदले ठूलै रकम भ्रष्टाचार समेत गरेको थियो । त्यतिबेलाका गृहमन्त्री खुमबहादुर खड्का भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाईवरी जेल सजाय समेत भोगेर फेरि कांग्रेस राजनीतिम सक्रिय भइसकेका छन् । तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा ‘झोलामा टाउको ल्याउनोस्, पैसा लैजानोस्’ भनेर खुलेआम घोषणा नै गरेका थिए ।
तत्कालीन मन्त्रिपरिषदले माओवादी शीर्ष नेताहरुलाई ‘आतंककारीको नाइके’ को संज्ञा दिएको थियो ।
कति थियो प्रचण्ड, बाबुराम र वैद्यका ‘टाउकोको मूल्य’ ?
तत्कालीन मन्त्रिपरिषदले माओवादीका अध्यक्ष प्रचण्डलाई ‘आतंककारीको मुख्य नाइके’ को संज्ञा दिँदै उनको टाउका काटेर ल्याउनेलाई ५० लाख रुपैयाँ ‘पुरस्कार’ दिने घोषणा गरेको थियो । उनीसँगै उपाध्यक्ष मोहन वैद्य किरण र उपाध्यक्ष बाबुराम भट्टराईको टाउको काटेर ल्याउनेलाई पनि ५०–५० लाख रुपैयाँ नै ‘इनाम’ दिने घोषणा गरेको थियो ।
गृहमन्त्रालयले उनीहरुको सुराक गर्ने वा तीन नेताको सूचना दिने, मृत वा जीवित बुझाउनेलाई ‘इनाम’ को घोषणा गरेको थियो । यी तीनै नेताहरुलाई मुख्य नाइकेको संज्ञा दिइएको थियो । अर्का नेता रामबहादुर थापा ‘बादल’ को टाउको काटेर ल्याउनेलाई पनि ५० लाख इनामको घोषणा गरिएको थियो ।
३५ लाख ‘मूल्य’ तोकिएका यी टाउकाहरु…
जनयुद्धकालमा तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) का दोस्रो पुस्ताका नेताहरुलाई सर्वाधिक खोजिएको थियो । जसलाई तत्कालीन राज्यपक्षले ‘आतंककारीको नाइकेको’ संज्ञा दिएको थियो । ३५ लाखको दर्जामा दिवंगत नेता पोस्टबहादुर बोगटी, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, नेत्रविक्रम चन्द ‘विप्लव’, सिपी गजुरेललगायतका नेताहरु थिए ।
त्यस्तै वर्षमान पुन, जनार्दन शर्मा ‘प्रभाकर’, अग्नि सापकोटालगायतका नेताको टाउकाको ‘मूल्य’ पनि ३५ लाख नै तोकिएको थियो । राज्यले पोलिटब्युरो सदस्य ठानेका नेताहरुको मूल्य ३५ लाख तोकिएको थियो ।
को–को हुन् २५ लाख ‘मूल्य’ तोकिएका केन्द्रीय सदस्यहरु ?
तत्कालीन सरकारको निर्णयअनुसार नै माओवादी केन्द्रीय समितिका सदस्यको टाउको ल्याउने व्यक्तिले तत्कालीन राज्य पक्षबाट २५ लाखको इनाम पाउने गर्दथे । तत्कालीन माओवादीका ब्युरो इन्चार्ज र प्लाटुन कमान्डरका टाउको बुझाउनेलाई १० लाख रुपैयाँको इनाम घोषणा गरिएको थियो ।
चर्कै ‘मूल्य’ थियो हतियारको पनि…
जनयुद्धमा माओवादीका हतियार बुझाउनेलाई पनि ‘पुरस्कार’ दिने निर्णय गरेको थियो त्यतिबेलाको सरकारले । जसअनुसार जीपीएमजी र ४० एमम तथा मोर्टार बुझाउनेलाई ४ लाख रुपैयाँ ‘पुरस्कार’ दिने घोषणा गरिएको थियो ।
एलमजी बुझाउनेलाई ३ लाख, एसएलआर, तथा ३०३ राइफल र एसएमजी बुझाउनेलाई १ एक लाख दिने घोषणा गरिएको थियो । पेस्तोल बुझाउनेलाई २५ हजार ‘इनाम’ को घोषणा गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: