Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

के एमाओवादी फेरी फुट्दै छ ?

\"prachanda-baburam\"५ साउन, काठमाडौं । जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश गरेसँगै विभिन्न चिरामा विभाजित माओवादी आन्दोलनको मुल धार मानिएको एकीकृत नेकपा (माओवादी) पुनः विभाजनको डिलमा उभिएको चर्चा हुन थालेको छ ।   पार्टी उपाध्यक्ष रही सकेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीभित्र सक्रिय आफ्नो समुहको आन्तरिक प्रशिक्षण डाकेर झण्डै–झण्डै संविधान घोषणासम्मको समयावधीलाई नयाँ पार्टी उदयको समय सिमा बताएपछि एमाओवादी पुनः विभाजनको संघारमा पुगेको चर्चा चलेको हो ।   करिब दुई हप्ताअघि राजधानीको बानेश्वर पार्टी प्यालेसमा भएको आन्तरिक प्रशिक्षणमा उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन पार्टीलाई नयाँ ढंगको बनाउनु पर्नेमा जोड दिएका थिए ।   भट्टराईले भनेको नयाँ ढंगको पार्टी कस्तो हो त ? भन्ने प्रश्नमा उनी निकट रहेका नेता देवेन्द्र पौडेल ‘सुनिल’ ले पार्टी अहिलेकै ढंगबाट कुनै पनि हालतमा अगाडि बढ्न नसक्ने भएकाले यसलाई रुपान्तरण गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । ‘हामीले यो पार्टी यही ढंगले अगाडि बढ्न सक्दैन भनेका हौं, त्यसैले नयाँ ढंगको पार्टी बनाउन या त यसलाई रुपान्तरण गरेर अगाडि बढ्नु पर्ने हुन्छ नभए नयाँ पार्टीका लागि पहल लिनु पर्ने हुन्छ भनेका हौं,’ सुनिलले भने ।   शान्ति प्रक्रियामा आउनु अघि अर्थात् जनयुद्धकै समयमा पनि पार्टी भित्र चलेको दुई लाइन संघर्षको मूल केन्द्रमा पार्टी महासचिव तथा अध्यक्षको हैसियतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीको जनसरकार प्रमुखको हैसियतमा रहेका भट्टराई बीच नै मूल अन्तरसंघर्ष चलिरह्यो । तर पार्टी शान्ति प्रक्रियामा प्रवेश गरेको केही वर्षपछि प्रचण्डसँग नै नजिक मानिएका पार्टी उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पार्टीबाट विभाजित भए । किरणले पार्टी विभाजन गर्नुको मूल कारण पार्टी अध्यक्ष रहेका प्रचण्डले पालुङटार बैठकबाट पारित ‘जनविद्रोहको कार्यनीति’ कार्यान्वयन नगर्नु थियो ।   पालुङटार बैठकमा पार्टीका दुई उपाध्यक्ष किरण र भट्टराईको राजनीतिक लाइन विल्कुलै भिन्न थियो । जसको बीचमा बसेर सन्तुलन मिलाउने काम गरी रहेका थिए, प्रचण्डले । त्यसबेला किरणले जनविद्रोहबाट सत्ता कब्जा गर्दै जनवाद स्थापित गर्नु पर्ने तथा भट्टराईले शान्ति तथा संविधानको मार्गबाट जनवाद स्थापित गर्नु पर्ने धारणा अघि सारेका थिए । पार्टीको बैठकमा कार्यनीति किरणको पारित भयो तर प्रचण्ड बाबुरामतर्फ ढल्किए जसको जस बाबुराम लिन चाहन्थे ।   जुन कार्यनीति प्रचण्डले कार्यान्वयन नगरेको भन्दै किरणले आरोप लगाए त्यही कार्यनीतिप्रति प्रचण्डको रुझान रहेको भट्टराईको ठम्याईं रह्यो जसले गर्दा पार्टीमा प्रचण्ड–भट्टराईबीच जहिले पनि समस्या र आशंका बनी रह्यो । अर्थात् बेला–बेला जनविद्रोहको कार्यनीतिप्रति प्रचण्डको अभिव्यक्ति आईरहनु, शान्ति र संविधानको पक्षमा आफूलाई उभ्याउँदै आएका भट्टराईलाई प्रचण्ड– मुखमा शान्ति र मनमा क्रान्तिको माला जप्ने नेताका रुपमा बुझ्न काफी थियो ।   अहिले एमाओवादी पार्टी विभाजनको चर्चा चल्नुको पछिको कारण जसरी पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने छ, त्यसैगरी घुमाई फिराईकन यसमा किरणसँग गरिने भनिएको पार्टी एकताको विषयले पनि प्रवेश पाउँछ । हेटौंडा महाधिवेशन पछि पार्टी अध्यक्षको दाबेदारको रुपमा पटक–पटक आफूलाई उभ्याई सकेका भट्टराईले त्यसै कारण अहिलेसम्म पनि कुनै पदमा आफुलाई राख्न चाहेनन् सिवाय अध्यक्षको पदको र पदबिहिन पार्टीको भूमिकामा खट्ने अभिव्यक्ति दिए ।   एमाओवादी पार्टीको अहिलेको अनेकौं समस्यामध्ये एक समस्या भनेको संगठनमा पकड भएको नेताको स्पष्ट राजनीतिक लाइन नहुनु र स्पष्ट राजनीतिक लाइन भएको नेताको संगठन नहुनु नै हो । पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक लाईन स्पष्ट छैन र भट्टराईको संगठनमा पकड छैन । तर दुबैको आकांक्षा भने सत्ता र शक्तिमा टिकी रहने नै छ । माओवादी आन्दोलनबाटै आएका तथा राजनीतिलाई नजिकदेखि नियाल्दै गरेका विश्लेषक मुमाराम खनालको दृष्टिमा प्रचण्ड–बाबुरामको एकता पनि यही आधार र कसीमा टिकेको छ ।   तर, किरणसँग गरिने पार्टी एकता लगत्तै पार्टीमा आफ्नो भूमिका के ? भन्ने प्रश्नमा भट्टराई आशंकित रहेको बुझाई एमाओवादीका नेताहरुमा रहेको छ । यसै कारण भट्टराई किरणसँग गरिने पार्टी एकताका लागि उदार नरहेको बुझनेहरु पनि छन् । ‘बाबुराम जीले धेरै अघिदेखि नै भनि आएको कुरा हो शान्ति र संविधान भनेको मेरो लाइन हो, प्रचण्डको लाइन भनेको त किरणजीसँग मिलेर जनविद्रोह गर्ने हो । अहिले पार्टी घुमिफिरी शान्ति र संविधानको लाइनमा आएको त छ तर नेतृत्व प्रचण्डले गरी राख्नु भएको छ । त्यसैले जसको राजनीतिक लाइन हुन्छ त्यसैको नेतृत्व हुनपर्छ ।’– एक नेताले खबरडबलीलाई नाम उल्लेख नगर्ने सर्तमा भने ।   राजधानीको बानेश्वरमा भएको भट्टराई समुहको आन्तरिक प्रशिक्षणपछि अहिले त्यस्तै किसिमका प्रशिक्षण दशैभर चलाईएको छ । यसैक्रममा बुटवल पुगेका नेता सुनिलले यसले पार्टीको जीवनमा नकारात्मक असर नपार्ने भन्दै यो बहस र प्रशिक्षण बृहद बाम एकताका लागि भएको जिकिर गरे । तर पार्टीकै अर्का नेता राम कार्की भने भट्टराईले पार्टी विभाजन गर्ने भन्ने कुरा हाँस्यास्पद भएको बताउँछन् । उनका अनुसार भट्टराईले नेतृत्वसँगको असन्तुष्टी पोख्न विगत २० वर्षदेखि पार्टी विभाजनको कुरा गरेको बताए ।   ‘उहाँलाई के कुरा चित्त बुझेको छैन अनि पार्टी फुटाउने भन्नु हुन्छ, प्रचण्डले बाबुराम जी तपाईंलाई यो जिम्मेवारी दिने भइयो भनेर राम्रो पोष्ट भनि दिए भट्टराईले फेरी पार्टी विभाजनको कुरा भुल्छन्, ’ कार्कीले भने । भट्टराईलाई के कुरामा चित्त नबुझेको हो त ? भन्ने प्रश्नमा अर्का एक नेताले पार्टी अध्यक्ष र विकास तथा पुनर्निर्माण प्राधिकरणको नेतृत्व उनलाई नदिइनु नै उनको असन्तुष्टीको मुल कारण भएको बताउँछन् ।   ‘पार्टीको अध्यक्ष पनि नपाउने र प्राधिकरणको नेतृत्व पनि नपाउने भने पछि बाबुरामजीलाई नयाँ पार्टीको पुरानो बहस ब्युताउन काफी छ,’ ती नेताले खबरडबलीसँग भने । तर सुनिलेले पार्टी भित्र देखिएको अराजकतालाई अन्त्य गर्दै रुपान्तरित पार्टी बनाउन भट्टराईले बहस थालेको बताए । ‘यो कुनै व्यक्तिको पद र प्रतिष्ठासँग जोडिएको विषय होइन, यो समग्र आन्दोलनको क्षयीकरणको विषयसँग गासिएको विषय हो, ’ सुनिलले भने । तर पार्टीमा किरणजीसँग एकता गर्नु पर्ने पहल गरेका दोस्रो तहका नेताहरु भने यो आन्दोलनको क्षयीकरण हुनुमा नेतृत्वको हैसियतले प्रचण्डको भूमिका रहेपनि यहाँसम्म पार्टीलाई ल्याउनेमा भट्टराईको शान्ति र संधिवानको कार्यनीति जिम्मेवार रहेको ठान्छन् । तपाईंहरुले आफ्नै पार्टीका नेतालाई किन यति अविश्वास गरेको भट्टराईलाई पार्टी अध्यक्ष दिँदा के हुन्छ भन्ने प्रश्नमा एमाओवादी सचिव बर्षमान पुन ‘अनन्त’ले पार्टी नेतृत्व कसैलाई टक्र्याइने चिज नभएको बताए ।   ‘पार्टी नेतृत्व भनेको कसैलाई उपहारमा टक्र्याइने चिज होइन यो त कार्यकर्ताहरुको मत जितेर लिने हो । यसका आफ्नै विधि प्रक्रियाहरु हुन्छन् चुनाव पनि एउटा विधि हो । तर साथीहरुमा त्यस्तो सोच छैन, ’ उनले भने । जसै–जसै पार्टीमा विभाजनको कुरा उब्जिन थालेको छ, त्यसै–त्यसै पार्टी नेतृत्व समक्ष किरणसँग एकताका लागि दबाब बढ्न थालेको छ । भट्टराईले नयाँ पार्टीका लागि पहल गरेपछि प्रचण्डका लागि पनि किरणसँग पार्टी एकताका लागि पहल गर्नु स्वभाविक र बाध्यता दुबै हुने देखिन्छ । केही महिना अघि पार्टी एकताका लागि सकारात्मक रुपले अगाडि बढी रहेको माओवादी अहिले १६ बुँदे सम्झौता पश्चात दुई ध्रुवमा देखिएको छ । तर नेकपा– माओवादीका अध्यक्ष किरणले प्रचण्डले आत्मालोचना गरे पार्टी एकता हुन सक्ने बताएसँगै प्रचण्डले आत्मालोचना गर्दै पार्टी एकताको दिशामा अगाडि बढ्ने सम्भावना प्रबल देखिन्छ ।   एमाओवादीले विभाजनको अर्को धक्का खेप्नु पर्ने हुन्छ अथवा एकताले राहतको सास फेर्न पाउने छ, त्यो अहिले नै भन्न गारो भएपनि के भन्न सजिलो छ भने दुबै पाइलामा माओवादीलाई फलामे चिउरा चपाउनै पर्ने हुन्छ । उसले कुन चिउरा रोज्छ त्यो भने समयले नै देखाउने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies