Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बेसाहराको साहरा बन्यो बावियाको डोरी

\"???????????????????????????????\"बिहानदेखी बेलुकासम्म घरको धन्दा, एकछिन फुर्सद हुने होइन । यसो एकछिन सास बिसायो कि अर्को काम सुरु भइहाल्यो । न घाम न झरी, अनवरत खेतीपाती, वनजंगल, घरगोठको काम गर्न भ्याईनभ्याई । ठूलो परिवार, बालबच्चा सबैको ख्याल गर्दा आफ्नो ख्याल कसले गरिदिने ? सिमित चाडपर्वबाहेक मिठो मसिनो खान सधै धौ धौ । न श्रीमानको गतिलो जागिर न छोरा–छोरी कमाउने उमेरका । श्रीमानको विदेशको कमाइले जेनतेन धानेको थियो, गोमाला थापा मगरको जीवन । लक्ष्मीपुर गा.वि.स.१ मूसोटखोला, दाङ्गनिवासी ५६ वर्षीया गोमालाको भोगाई उनले आफ्नै शब्दमा गहभरी आँसु पार्दै भनिन् । उनी जस्तै  अन्य दिदीबहिनीहरुको कथा पनि उस्तै रहेको उनी बताउँछिन् । श्रीमानको कमाइले जीवन धान्न गाह्रो भएपछि वैकल्पिक आयआर्जनको माध्यमका खोजीमा रहेको मुसोट खोलाका महिलाहरुले देखे जंगलको हरियो बावियो । हरियाली जीवन ज्योती सामुदायिक वन उपभोक्ता समूह (सा.व.उ.स.)का उपभोक्ता सदस्यसमेत रहेका मुसोट खोला दिदीबहिनीहरुले आफ्नो सपना बावियोले पूरा गर्ला भनी योजना बुन्न लागे । घरायसी प्रयोगका लागि परम्परागत रुपमा बावियोको डोरी बनाउँदै आएका यी महिलाहरु बावियोको डोरी विक्री गरी आयआर्जन गर्न सकिन्छ भन्ने सोचमा अगाडी बढ्न कस्सिए । आफ्नो योजनालाई मूर्त रुप दिनको लागी सुरुमा ९ जना महिलाहरुको समुह गठन गरे र नाम राखे ‘बिहानी समुह’। गरिब, एकल महिला अनि घरेलु हिंसापीडित महिला सदस्यहरु उक्त समुहमा समावेश गरियो ।  दुई चार हात डोरी हातैले बाटेर गुजारा हुने नदेखेपछि जिल्लास्थित सरकारी, गैह्रसरकारी निकायसँग सिप र प्रविधि सहयोगका खोजीमा तल्लिन रहे यी महिलाहरु । ‘जहाँ इच्छा त्यहाँ उपाय’, यो उखान चरितार्थ भयो यी महिलाहरुको हकमा पनि । नेपाल सरकारका मातहातका सञ्चालित  लघु उद्यम विकास कार्यक्रमसँगको सहकार्यमा पाए आधुनिक डोरी बनाउने सिप र प्रविधी । \"???????????????????????????????\"सुरुको अवस्थामा मेसीनले डोरी बाट्छ  भनेको सुन्दा अचम्म मानेका यी महिलाहरु हाल धमाधम आफैंले मेसीनबाट डोरी बनाउँदै आएका छन् । प्रतिदिन एक जनाले १०–१२ किलोसम्म डोरी बाट्ने यी महिलाले मासिक कम्तीमा  ५ हजार रुपैयाँदेखी १० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । विशेष गरी घर निर्माण, बारबन्देज, च्याउ खेतीलगायतमा प्रयोग गरिने डोरी स्थानीय बजारमा प्रशस्त बिक्री हुने उनीहरु बताउँछन् । लमही, रगोग्ली डोरीको मुख्यबजार केन्द्र हुन् । मुसोट खोलाको नजिकै रहेको साझासुविधा केन्द्रमा उद्यम चलाइरहेका यी महिलाहरु कहिले आफैं डोरी बोकेर बजार जान्छन् त कहिले ग्राहक नै त्यहीँ आइपुग्छन् । समूहकी अर्की सदस्य आशा बुढा मगर भन्छिन्, ‘हामीलाई बजारको केही समस्या छैन । जति उत्पादन गर्न सक्यो त्यती बिक्री हुन्छ ।’ २०६९ सालदेखि व्यवसाय सुरु गरेका यी महिलाहरुसँग हाल आठवटा डोरी बाट्ने मेसिन छन् । समुहमा मिलेर काम गर्दै आएका यस समुहलाई सा.व.उ.स ले पनि भरपुर सहयोग गर्दै आएको छ । सामुदायिक वनले दश वर्षको लागि निशुल्क बावियो संकलन अनुमति दिएको छ । जंगलमा खेर जाने बावियोबाट मनग्ये आम्दानी गर्देै आएकी समूहकी अध्यक्ष जुनु थापामगर भन्छिन्, ‘बावियो बेसाहाराको साहारा बनेको छ ।’ उनले थपिन्, ‘हामीले डोरी बिक्रिको आम्दानीबाट नियमित मासिक वचत गर्दै आएका छौं ।’ खेतीपाती घरधन्दामा सिमीत यी महिलाहरुले घर बाहिर निस्की व्यवसाय गरेको देख्दा गाउँका अन्य महिलाहरु पनि समूहमा आउने इच्छा देखाएका छन् ।  नियमीत आम्दानीको स्रोत केही नभएका यी महिलाहरु आफ्ना व्यवसायबाट नियमित आम्दानी हुन थालेपछि मख्ख छन् । आफ्नो व्यवसायबाट भएको आम्दानीका कारणल सानो-तिनो खर्चको लागि श्रीमानको मुख ताक्न नपर्ने उनीहरु बताउँछन् । केटाकेटीको पढाई खर्च, घरायसी खर्च लुगाफाटा अनि औषधी उपचारसमेत गर्नलाई आम्दानीले भ्याउने उनीहरुको भनाई छ । नियमीत पैसा चलाउन नपाउने यी महिलाहरु आफैंले हजारौंको कारोबार गर्न पाउँदा साह्रै खुसी लागेको उनीहरु बताउँछन् । आफ्नो सीप र क्षमतालाई निखार्दै सफल उद्यमी बन्न लालयित यी महिला उद्यमीहरुले हाल सम्म  आठ हजार रुपैयाँको मर्मत सम्भार कोषसमेत खडा गरेका छन् । निरन्तर मिहिनेत र लगनशीलताले यहाँसम्म आइपुगेका यी महिलाहरु सधैं यो व्यवसायमा लाग्ने बताउँछन् । गोमलाथापा मगर भन्छिन् ‘आफू मरिएछ भने त के लाग्यो र नत्र सास रहुन्जेल यो व्यवसाय छोड्दिन ।’ जंगलमा यसै खेर गईरहेको बावियोको उपयोग गरी आयआर्जन गर्नमा तल्लिन यी महिलाहरुको आँटलाई सलाम । मेहनेतको फल चाखिसकेका यी महिलाहरु आफ्नो व्यवसायलाई थप स्तरोन्नतिगर्ने योजना रहेको बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies