Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

बलात्कारीको लिङ्ग काटिदिनुपर्ने सुझाव

\"chakku\"५ साउन, काठमाडौँ । संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलन गर्न नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा अधिकांश वक्ताले अब बन्ने नयाँ संविधानमा राजनीति गर्ने सबैको शैक्षिक योग्यता र उमेरको हद तोकिनुपर्ने सुझाव दिएका छन् । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिद्वारा आज नयाँ बानेश्वरस्थित भिएस निकेतनमा आयोजित काठमाडौँ क्षेत्र नं १ को कार्यक्रममा अधिकांशले राज्यका सबै क्षेत्रका पेसामा जस्तै राजनीतिमा पनि उमेर र शैक्षिक योग्यताको हद तोकिनुपर्ने सुझाव दिएका हुन् । कार्यक्रममा संविधानको मस्यौदामाथि सुझाव दिँदै पवन कार्कीले मुलुकको राजनीतिमा ८० वर्षसम्म पनि नेता सक्रिय रहिरहने परम्पराका कारण देश निर्माणमा युवाको जोस र जाँगर उपयोग हुन नसकेको बताए । सीता खरेलले मुलुकको कार्यकारी प्रमुख स्नातकोत्तर पढेको हुनुपर्ने सुझाव दिँदै सभासद्को सङ्ख्या पनि कटौती गर्नुपर्ने बताए । त्यस्तै अधिकांश वक्ताले गम्भीर प्रकृतिका अपराधका साथै भ्रष्टाचारी, दुराचारी र बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुनुपर्ने सुझाव दिएका छन् । इन्दु थापाले बलात्कार गर्नेको लिङ्ग छेदन गर्नुपर्ने व्यवस्था नयाँ बन्ने संविधानमा राख्नुपर्ने सुझाव दिए । कार्यक्रममा कार्यकारी प्रमुख जनताद्वारा प्रत्यक्ष निर्वाचित हुनुपर्ने, बहालवाला न्यायाधीशमाथि पनि छानबिन गरी भ्रष्टाचारको कारवाही गरिनुपर्ने, स्वरोजगार भत्ताभन्दा पनि रोजगारको सुनिश्चित हुनुपर्ने, जातका आधारमा नभई वर्गका आधारमा आरक्षण हुनुपर्ने, छुवाछूतको अन्त्य हुनुपर्ने, राजनीतिक नेतृत्वमा अध्यात्म ज्ञान हुनुपर्ने, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने, प्रस्तावनमा मधेस आन्दोलन उल्लेख गरिनुपर्ने सुझाव आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending