काठमाडौँ, धार्मिक तथा पर्यटन विषयका ज्ञाता पूर्व राष्ट्रसेवक तुलसीनाथ घिमिरेद्वारा लिखित ‘विविध धर्म’ नामक पुस्तक हालै अमेरिकाको टेक्सासमा विमोचन गरिएको छ ।
अन्तर्राष्ट्र्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरद्वारा आयोजित समारोहमा सो संस्थाका संस्थापक अध्यक्ष गंगा लिगलले पुस्तकको विमोचन गरेका थिय ।
त्यस अवसरमा लेखक घिमिरेले सबै धर्मको आ–आफ्नो महत्व हुन्छ, कुनै पनि धर्म ठूलो वा सानो हुँदैन भन्दै हरेक व्यक्तिले आफ्नो धर्मबारे गहिरो जानकारी राख्नु आवश्यक छ भन्ने धारणाले उक्त पुस्तक लेख्न आफू प्रेरित भएको बताए ।
लेखक घिमिरेका यसअघि नियात्रा र संस्मरणसम्बन्धी तीनवटा पुस्तक प्रकाशित भई सकेका छन् ।
पुस्तकको समीक्षा गर्दै रत्न निरौलाले नेपालमा रहेका विभिन्न जातजातिले अपनाउने धर्मबारे महत्वपूर्ण जानकारी सरल भाषाशैलीमा प्रस्तुत गरिएकाले पुस्तक सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । विमोचनका क्रममा लिगलले नेपाली धर्म, संस्कृति र साहित्यको आलोक विश्वभर फैलाउन यस्ता कृतिहरुले प्रभावकारी भूमिका खेल्ने बताए ।
कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष शेष शर्मा र वासु पौडेलले संस्थाको गतिविधिबारे चर्चा गरे भने सरिता आचार्यले गीत सुनाएकी थिइन् ।
कार्यक्रमको प्रारम्भमा टेक्सासस्थित बालविकास पाठशालाका गुरुमाद्वय विद्या गौतम र हरिकला काफ्लेका साथै बालबालिकाद्वारा राष्ट्रिय गान र सरस्वती वन्दना प्रस्तुत गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: