Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

नेपालको राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय – अध्यक्ष ओली

\"Puspalal-shrestha\"७ साउन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

सैँतिसौँँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज पुष्पलाल स्मृति पार्क चम्पादेवीमा आयोजित कार्यक्रममा उनले सामन्तवादविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने पुष्पलाल नेपाली राजनीतिका अग्रणी योद्धा भएको बताए ।

उनले भने –\'पुष्पलालको नेतृत्वमा २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । कम्युनिस्ट पार्टी स्थापनासँगै आन्दोलनले सामन्तवादविरोधी स्पष्ट दिशा ग्रहण गर्यो र राष्ट्रिय स्वाधीनता एवम् राष्ट्रवादका मूल्यहरुलाई ठोस रुप प्रदान गर्‍यो । जनवादी गणतन्त्र र समाजवादको गन्तव्य रेखाङ्कित गर्‍यो ।\'

\'पुष्पलालको मार्गदर्शनअनुरुप अगाडि बढ्दा आज सामन्तवादविरोधी क्रान्ति उत्कर्षमा पुगी देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनपुगेको छ,\' उनले भने – \'अहिले देश संविधान निर्माणको निर्णायक बिन्दुमा आइपुगेको छ । संविधान निर्माण भएपछि संविधानसभा अन्त्य हुन्छ । समयको प्रवाहसँगै देशको आवश्यकताअनुसार संविधान विस्तारै संशोधन हुँदै जान्छ ।\'

आगामी केही साताभित्रै देशले नयाँ संविधान पाउने र यसले नेपाली जनताका एक शताब्दी लामो सङ्घर्षका उपलब्धिलाई संस्थागत गर्दै देशलाई आर्थिक वृद्धि र समृद्धिको मार्गमा उन्मुख गराउने उनको भनाइ थियो ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालको विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको बताए ।

देशको समृद्धिका लागि वामपन्थी र काँग्रेसबीचको एकता आवश्यक भएकामा जोड दिँदै उनले २०४६ सालको जनआन्दोलन, ०६२/६३ को आन्दोलनको सफलता यी दुवै शक्तिबीचको एकताले सम्भव भएको बताए ।

प्रतिष्ठानले पुष्पलालको योगदानलाई जीवन्त राख्न ऐतिहासिक दस्तावेजहरु सङकलन गरी प्रकाशन गरेको उनले जानकारी गराए ।

उक्त अवसरमा पुष्पलालको पूर्ण कदको सालिकमा पार्टीका अध्यक्ष ओली, प्रतिष्ठानका अध्यक्ष नेपाल, उपाध्यक्ष एवम् उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, पार्टीका महासचिव ईश्वर पोखरेललगायतका नेता तथा कार्यकर्ताले माल्यार्पण गरी श्रद्धान्जलि अर्पण गरेका थिए ।

कार्यक्रममा पुष्पलालको जीवनी सङ्ग्रह र ऐतिहासिक दस्तावेजहरुको सङ्ग्रह पनि विमोचन गरिएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending