Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’

काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन व्यवसायीले प्रधानमन्त्री केपी ओलीले गरेको विघटनले संविधानकै ‘मृत्यु’ नहोस् भनेर ध्यानाकर्षण गराएका छन् । मंगलबार संवैधानिक इजलासमा बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले प्रधानमन्त्रीले चालेको कदमबाट संविधानकै अन्त्य हुने आशंका व्यक्त गरे ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कदमले ०४७ को संविधान खाएको भन्दै अधिवक्ता महतोले अहिलेको विघटनले ०७२ को संविधान खाइदिन सक्ने बताए । ‘जसरी देउवाको विघटनले ०४७ को संविधान खाइदियो, यो विघटनले यो संविधान नखाइदिओस्,’ महतोले भने ।

०५९ मा कांग्रेसभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रसमक्ष संसद् विघटनको सिफारिस गरेका थिए । त्यही वर्ष असोज १८ मा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीबाट हटाएर शासनसत्ता आफ्नो हातमा लिएका थिए । नेपालको संविधान, २०७२ ले प्रतिनिधिसभाको ‘प्राकृतिक मृत्यु’ कल्पना गरे पनि कसैले ‘हत्या’ गर्न नसक्ने उनको तर्क थियो ।

न्यायाधीश सपना प्रधान मल्लले पटक–पटक गर्ने प्रश्नको जवाफ पनि उनले दिए । मल्लले ‘प्रधानमन्त्री ‘डि जुरे’ अर्थात् कानुनअनुसार ७६(२) को प्रधानमन्त्री भए पनि ‘डि फ्याक्टो’ अर्थात् व्यवहारमा ७६(१) अनुसार काम गरिरहेकोले यसले के तात्विक असर गर्छ ?’ सोध्दै आएकी छन् । जवाफमा महतोले भने, ‘कानुनको भाषा ‘डि जुरे’ हो, ‘डि फ्याक्टो’ होइन । यो अदालत बाहिर हेरिएला, अदालतले ‘डि फ्याक्टो’लाई चिन्दैन ।’

उनले संविधानको धारा ७६ अनुसार कुनै पनि प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्न नसक्ने तर्क गर्दै भने, ‘वैकल्पिक सरकारको सम्भावना रहेसम्म संसद् मर्दैन । प्रधानमन्त्री जन्माउने क्षमता रहेसम्म, धारा ७६ अनुसारका प्रधानमन्त्री बन्न सक्ने अवस्था भएसम्म कसैले संसद् मार्न सक्दैन । प्रधानमन्त्री बन्ने अवस्था नरहे प्रधानमन्त्रीले सिफारिस गर्न आवश्यक नै छैन, संसद् आफै मर्छ ।’

न्यायाधीश मल्लले तत्कालीन संविधानसभामा रहेका सदस्यहरूले त्यसवेला बोलेका–लेखेका विषय हाल फैसला गर्दा ध्यानमा राख्न उपयुक्त हुने वा नहुने ? प्रश्न बहसमा सोध्ने गरेकी छिन् । जवाफमा महतोले ती व्यक्तिलाई बोलाएर बुझ्नुपर्ने, कमसेकम मस्यौदा समितिका व्यक्तिसँग विचार लिनुपर्ने बताए ।

‘न्यायाधीश थप्न पूर्वाधार छैन’

संविधानमा नै व्यवस्था भएको संवैधानिक इजलासलाई अझ ठूलो बनाउने कि भन्ने विषयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘प्राविधिक’ जवाफ दिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको मंगलबारको सुनुवाइमा प्रधानन्यायाधीश जबराले सुनुवाइमा धेरै न्यायाधीश राख्न पूर्वाधार नभएको बताए ।

मंगलबार बहसका क्रममा शम्भु थापाले संवैधानिक इजलासलाई नै ठूलो बनाउनुपर्ने माग गरेका थिए । ‘यो इजलास नै त हो नि श्रीमान् । नौजना बसे कसले के गर्छ ?’ थापाको प्रश्नको जवाफमा प्रधानन्यायाधीश जबराले भने, ‘समस्या पनि छ । समस्या भन्नाले भौतिक पूर्वाधार नै छैन । पाँच जना बस्ने ठाउँमा नौजना, ११ जना पालमा लगेर राख्नु ।’

यस अघि एमिकस क्युरीका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले २ माघमा यो विषय उठाएका थिए । त्यस दिन प्रधानन्यायाधीश जबराले कार्कीलाई संवैधानिक व्यवस्थाको स्मरण गराउँदै उक्त कुरा सम्भव रहे–नरहेकोमा प्रश्न गरेका थिए । ‘मुद्दाविशेषका लागि संविधान नै उल्लंघन गरिदिने?’ उनको प्रश्न थियो । तर, मंगलबार उनी केही सहज देखिएका छन् ।

सुरुदेखि नै निवेदकले बृहत् पूर्णमा लैजान जोड गरे पनि विपक्षी महान्यायाधिवक्ता तथा सरकारी वकिलहरू संवैधानिकबाटै फस्र्योट गर्ने पक्षमा थिए । मध्यमार्गी उपायका रूपमा संवैधानिकमै न्यायाधीश थपेर जान सकिने कार्कीको विचार थियो । तर, संविधानमै संवैधानिक इजलासको सदस्यको संख्या किटान भएकोले सम्भव नरहेको कतिपय कानुन व्यवसायीले बताउँदै आएका छन् ।

निवेदक देव गुरुङ, रामकुमारी झाँक्री, शशी श्रेष्ठ र कृष्णभक्त पोखरेलको रिटउपर संवैधानिक इजलासमा बहस भइरहेको छ । मंगलबार वरिष्ठ अधिवक्ता तथा बारका पूर्व अध्यक्षद्वय थापा, शेरबहादुर केसी र वरिष्ठ अधिवक्ता महतोले बहस गरेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy