Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नासाले खोज्यो दोस्रो ‘धर्ती’, पानी र ज्वालामुखी भएको सम्भावना

\"1वासिंगटन । पृथ्वीको ‘तेस्रो आँखा’ भनिने क्यापलर स्पेस टेलिस्कोपले तारामण्डलबाट १ हजार ४ सय प्रकाश वर्ष टाढा रहेको दोस्रो धर्तीको खोजी गरेको छ । ६ अर्ब वर्ष पुरानो क्यापलर ४५२ बी ग्रह सूर्यमंडलभन्दा बाहिर छ । धर्तीजस्तै यसको पनि आफ्नै सूर्य छ । दुरी पनि लगभग उस्तै छ । यद्यपी, यसको सूर्य हाम्रो धर्तीभन्दा चार प्रतिशत ठूलो र १० प्रतिशत बढि चम्किलो छ । पृथ्वीभन्दा बाहिर जीवन खोज्ने नासाको यो कोसिसमा यो खोजीलाई महत्वपूर्ण कदम मानिएको छ । अमेरिकी अंतरिक्ष एजेन्सी नासाले बिहिबार राती यो खोजीको घोषणा गरेको छ । \"2पृथ्वीभन्दा पुरानो तर जुम्ल्याहा जस्तै छ ४५२ बी: नासाको साइन्स मिसनका असिस्टेन्ट एडमिनिस्ट्रेटर जोन ग्रुन्फेडले यसलाई धर्तीको अहिलेसम्मको सबैभन्दा मिल्दोजुल्दो ग्रह अथवा जुम्ल्याहा ग्रह बताएका छन् । यद्यपी, वैज्ञानिकहरुले यसको आकार धर्तीकाेभन्दा दोब्बर भएका कारण ‘क्लोज कजन’ बताएका छन् । कसैले यसलाई सुपर अर्थ पनि बताइरहेका छन् । यो ग्रहमा पानीको सम्भावना र सक्रिय ज्वालामुखी पनि हुनसक्ने बताइएको छ । \"nasa\"यस वर्ष ८ ग्रहको खोजीः सन् २०१५ मा क्यापलरले गोल्डिलक जोन (जीवनको सम्भावना भएको) मा आठ नयाँ ग्रहको खोजी गरेको छ । योभन्दा पहिले पृथ्वीजस्ता दुई ग्रह केपलर–४३८बी र केपलर–४४बी खोजिएको थियो तर उनीहरुको आकार पृथ्वीभन्दा निकै ठूलो थियो । यो सानो रातो ताराको चारैतिर घुमिरहेका छन् । यी ताराहरुको तापक्रम सूर्यको तुलनामा निकै कम छ । \"3nasa\"यो धारणा पनिः हाम्रो आकाशगंगामा ४० अर्ब यस्ता ग्रह हुनसक्ने अनुमान गरिएको छ जुन आफ्नो सूर्यको ह्याबिटेबल जोनमा घुमिरहेका छन् । क्यापलरका लागि पृथ्वीजस्तो अर्को धर्तीको खोजी त्यति सजिलो थिएन । योभन्दा पहिले विशेषज्ञ गोल्डिलक जोनमा पृथ्वीको बराबर आठ अथवा नौ ग्रह पत्ता लागिसकेको छ । क्यापलरमाथि एक नजरः सूर्यको ३ हजार प्रकाश वर्षको दुरीसम्मको दायरामा बसेर गरिएको खोज यो सन् २००९ मा लञ्च गरिएको थियो तब यसको म्याद सन् २०१२ को नोभेम्बरसम्म मात्र थियो । यो टेलिस्कोपले अहिलेसम्म ४ हजारभन्दा बढि ग्रह खोजिसकेको छ । यो टेलिस्कोप राख्नका लागि ५९ करोड डलर खर्च भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: