Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नायिका शिल्पाको नदीको किनारामा शव भेटियो, प्रेमी पक्राउ

\"shilpa\"केरल पुलिसले केरलकी चर्चित टीभी एक्ट्रेस शिल्पाको संदिग्ध स्थितीमा भएको मृत्युको विषयमा उनका कथित प्रेमीलाई पक्राउ गरेको छ । आरोपीको पहिचान २३ वर्षीय लिजिनको रुपमा भएको थियो । पुलिसले लिजिनलाई दुई पटक सोधपुछको लागि बोलाए पनि उपस्थित नभएपछि उनलाई कट्टाकडाबाट पक्राउ गरेको पुलिसले जानकारी दिएको छ । पुलिसका अनुसार शिल्पाको मृत्युपूर्व उनी आफ्ना प्रेमी सँगै थिइन् । सूत्रका अनुसार शिल्पाको मृत्युपछि लिजिन र उनका परिवार फरार थिए । पुलिसले शिल्पाका दुई अन्य साथीलाई पनि सोधपुछ गरेको थियो जससँग उनले मृत्यु पहिले भेटघाट गरेकी थिइन् । १९ वर्षीय शिल्पाको शव करामना नदीको किनारामा १८ जुलाईमा पाइएको थियो । लिजिन पेशागत रुपमा फोटोग्राफर हुन् । उनी शिल्पाको निकै नजिक थिए । शिल्पाकी एक साथीको अनुसार मृत्यु पहिले शिल्पाको लिजिनसँग झगडा भएको थियो । शिल्पाले मलयालम टीभी सिरियल चन्दमाझा, सौभाग्यवती, मेघसंदेशम र प्रनयममा काम गरेकी थिइन् । शिल्पाको परिवारले उनको हत्या भएको दाबी गर्दै अपराधीलाई कडा सजायँ दिनुपर्ने माग राखेका छन् । पोष्टमर्टको रिपोर्ट अनुसार उनको मृत्यु डुबेर भएको हो । उनी अाफैं डुबिन् अथवा उनलार्इ कसैले डुबाएकाे हाे भन्ने बारे खाेजी गर्न उनकाे परिवारले पुलिसलार्इ आग्रह गरेको छ । आमा–बुवाले दिएको जानकारी अनुसार शिल्पा आफ्नी एक साथीको घरमा जान्छु भन्दै घरबाट निस्केकी थिइन् । बेलुका उनकी साथीले उनको घरमा फोन गर्दै शिल्पा उनको घरबाट रिसाउँदै फोन पनि नलिई गएको जानकारी उनको आमाबुवालाई दिइन् । पछि शिल्पाको शव नदीको किनारामा भेटिएको खबर आएको उनको आमाबुवाले जानकाी दिएका छन् । शिल्पाको परिवारका अनुसार शिल्पाको एक महिला र दुई पुरुषसँग झगडा भएको थियो । यसमा लिजिन पनि संलग्न थिए । उनको परिवारले शिल्पा एक म्युजिकल ट्रूपमा लिड सिंगर रहेको जानकारी दिएका छन् । उनको परिवारले तामिलनाडुमा आयोजना हुन लागेको कन्सर्टका लागि उनी निकै उत्साहित भएको पनि बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending