Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यी हुन् राजनीतिमा दादागिरी गरिरहेका भ्रष्टाचारी र अपराधी

\"Corruption\"काठमाडौं । नेपालको राजनीतिमा पैसा र अपराधको दबदबा छ । अपराध गर्नेहरु राजनीतिलाई सुरक्षित गन्तव्य ठान्छन् । पछिल्लो समय राजनीतिबाट अपराधमा छिरेर पुनः राजनीतिमा फर्कनेहरुको संख्या बढ्दो छ । राज्यको उच्च पदमा हुँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति भ्रष्टाचार गरी सजाय भोगेकाहरु हिन्दुवादको नारा जप्दै धर्मको नाममा राजनीतिमा सक्रिय छन् । अपहरण तथा मानव बन्धक जस्तो गम्भिर अपराधमा जेल सजाय भोगेकाहरु आफ्नो कुकर्मलाई ‘फसाइएको’ संज्ञा दिँदै राजनीतिमा सक्रिय हुने दाउमा छन् । बहुदलीय प्रजातन्त्रदेखि राजतन्त्रसम्म दुर्गन्धीत बनेका भ्रष्ट नेताहरु यतिबेला हिन्दुवादी नाराले चोखिने प्रयासमा छन् । जानकारहरुका अनुसार उनीहरुमा सत्तामा पुनःस्थापित हुने भित्री नियत देखिन्छ । राजनीतिक जीवनमा लागेको दाग मेटाउन उनीहरु विभिन्न बहानामा राजनीतिमा उदाउँदै छन् । विभिन्न समुहमा सक्रिय रहेका केही नेताहरु यस्ता छन् । श्याम सुन्दर गुप्ता ‘छब्बा’ तराईको भन्सार क्षेत्रमा ‘छब्बा’ नामले चिनिएका श्यामसुन्दर गुप्ता पूर्व मन्त्रीसमेत हुन् । नेपाल सद्भावना पार्टीको अध्यक्ष रहँदै गर्दा उनी आपूर्ति मन्त्रीसमेत थिए । त्यतिबेलै उनी व्यापारी अपहरण काण्डमा मुछिए । गुप्ताले व्यापारी पवन कुमार सांघाइलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा बेपत्ता पारी ८५ लाख रुपैयाँ फिरौती लिएर छाडेका थिए । छोराको बिहे खर्च जुटाउन भन्दै उनले अपहरण गरेको अभियोग लागेको थियो । काठमाडौं जिल्ला अदालतले गुप्तालाई तीन वर्ष ६ महिना जेल सजाय तोकेको थियो । व्यापारी संघाइको अपहरणमा गुप्ताको मुख्य योजना रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो । व्यक्ति अपहरण मुद्दामा थोरै सजाय तोकीएको भन्दै उनको मुद्दामा पुनरावेदन हुने जनाइएको छ । यहि साउन २ गते केन्द्रीय कारागारबाट तीन वर्ष ६ महिना जेल सजाय भोगेर बाहिरिएका उनी नेपाल सद्भावना पार्टी (युनाइटेड) का अध्यक्ष हुन् । केन्द्रीय कारागारबाट बाहिरिँदा उनलाई उनी समर्थक कार्यकर्ताले स्वागत गरेका थिए । पत्रकार सम्मेलन गरेर गुप्ताले आफूलाई नियोजित रुपमा फसाइएको आरोप लगाए । मधेसी समानताको नारासहित गुप्ता पुनः राजनीतिमा होमिएका छन् । खुमबहादुर खड्का खुमबहादुर खड्का यतिबेला हिन्दुवादी आन्दोलनको नेतृत्व गरिरहेका छन् । नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सक्रिय रहेका उनी भ्रष्टाचारको आरोपमा जेल सजाय भोगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । ०६९ साउन २३ गते सर्वोच्च अदालतले डेढ वर्ष कैदका साथै ९४ लाख १४ हजार एक सय २२ रुपैयाँ र सो बराबरको जरिवाना असुल गर्नेसमेतको फैसला थियो । खड्काले पदको दुरुपयोग गरी दुई करोड ३६ लाख ८७ हजार रुपियाँ बराबरको सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ साल कात्तिक ४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । खड्का विगतमा पटक–पटक मन्त्री हुँदा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुछिएका थिए । तर, मुद्दामा विशेष अदालतले खड्कालाई सफाई दिएपछि अख्तियारले ०६३ साल चैत १५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । करिब डेढ वर्ष जलसजाएँ भागेर निस्केकै दिन हिन्दु राष्ट्रको लागि राजनीति गर्ने घोषणा गरेका खड्काले कांग्रेसभित्रै वैकल्पीक धारको विकास गरिरहेका छन् । जेल सजायँ भोगेर बाहिर निस्कँदा खड्का समर्थक कार्यकर्ताले १०० किलोको माला पहिर्याएर भव्य स्वागत गरेका थिए । पछिल्लो समय खड्का नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै आन्दोलनमा छन् । खड्काको अभियानलाई कांग्रेस भित्रै अपराध लुकाउने र फेरी राजनीतिमा अवसर खोज्ने बाटोको रुपमा बुझिने गरिएको छ । गोविन्दराज जोशी कांग्रेसकै पूर्व मन्त्री गोविन्दराज जोशी हिन्दुराज्यकै लागि छुट्टै अभियानमा छन् । अर्का नेता खुमबहादुर खड्कासँग रुष्ट रहेका जोशीले हिन्दु राज्यकै लागि छुट्टै गुट बनाएर सक्रिय छन् । २०६९ साउनमा पटकपटक मन्त्री बनेका गोविन्द राज जोशीले पदीय दुरुपयोग गरि भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले चार करोड ३२ लाख असुल्न फैसला गरेको थियो । उनलाई डेढ वर्ष कैद सजाय समेत सुनाएको थियो । जेल सजाय समेत भोगेर आइसकेका जोशी शारिरिक रुपमा असक्त भएपछि केही समय भारतको मेदान्त अस्पतालमा उपचार समेत गराएका थिए । खुमबहादुर गुटले चलाएको धार्मिक अभियान प्रति रुष्ट रहेकाले उनले आफ्नै गुट सञ्चालन गर्दै आएका छन् । उनको अभियानलाई कांग्रेसकै कार्यकर्ता विगतमा लागेको दुर्गन्ध हटाउने नियतको रुपमा बुझ्छन् । ‘ कांग्रेसमा पञ्चायतकालदेखि भ्रष्टचारमा डुबेकाहरु धार्मिक राज्यको पक्षमा लागेका छन् ।’ ती कार्यकर्ता भन्छन्, ‘धर्म पवित्र नारा हो तर, हाम्रो पार्टीबाट भ्रष्ट नेताले यो अभियाना चलाउँदा उचित भएको छैन ।’ चिरन्जीवि वाग्ले २०६७ चैत्र २ गते अर्का कांग्रेसकै नेता चिरञ्जीवि वाग्लेले खुमबहादुरले भन्दा दोब्बर रकम भ्रष्टाचार गरेको भन्दै सर्वोच्च अदालतले २ करोड तीन लाख जरिवानासहित १८ महिना जेल बासको फैसला सुनायो । प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र सर्वोच्चका तत्कालीन वरिष्ठ न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजलासले उनले सार्वजनिक ओहोदामा रहँदा अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै उक्त फैसला सुनाएको थिये । सोही फैसला अनुसार जेल सजाय भोगेर बाहिरिएका उनी खुमबहादुर नेतृत्वको हिन्दुवादी अभियानमा सक्रिय छन् । जेपी गुप्ता नेपालको इतिहासमै जय प्रकाश गुप्ता त्यस्ता व्यक्ति हुन् जो बहालवाला मन्त्री हुँदै जेल चलान भए । सञ्चार मन्त्रीमा बहाल रहँदै गर्दा २०६८ फागुन ९ मा उनलाई सर्वोच्च अदालतले डेढ वर्ष कैद सजायको फैसला गरेको थियो । सर्वोच्चले उनलाई ८४ लाख विगो र विगो बराबर जरिवाना फैसला गरेको थियो । आफै अदालतमा हाजिर भएका कारण २० प्रतिशत छुट पाएका उनले एक वर्ष एक महिना जेल सजाएँ भोगेका थिए । मधेसी गणतान्त्रिक नेपालका तत्कालीन अध्यक्ष रहेका उनी डिल्लीबजार सदरखोरमा जेल सजाय भोगेका थिए । उनै गुप्ता यतिबेला मधेसमा सक्रिय राजनीतिमा छन् । तराई मधेस राष्ट्रिय अभियान नामक मोर्चा खडा गरेर गुप्ता पछिल्लो समय राजनीतिमा सक्रिय बन्दै आएका छन् । गुप्ता तराई मधेस राष्ट्रिय अभियानका संयोजक हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies