Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एनआरएन जापानको चुनाव हुँदै

\"NRN८ साउन, टोकियो (जापान) । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) जापानको नयाँ नेतृत्वका लागि हुने चुनावमा उपाध्यक्ष पदमा पाँचजनाले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षपछिको शक्तिशाली पद उपाध्यक्ष भएकाले अन्य पदमा उम्मेदवारी नदिएको उनीहरुले बताएका छन् । आगामी भदौ १३ देखि सुरु हुने गैरआवासीय नेपाली सङ्घ जापानको राष्ट्रिय समन्वय परिषद् (एनसिसी)को अधिवेशनलगत्तै सुरु हुने चुनावमा अध्यक्ष पदमा अहिलेसम्म चारजनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षका प्रत्याशीहरुमा चिरञ्जीवी थापा, सुदन थापा, नरबहादुर थापा र तुल्सीराम खरेल छन् । थापा रेस्टुराँ व्यवसायी र खरेल रेमिट्यान्स व्यवसायी हुन् । त्यस्तै विगत आठ वर्षदेखि जापानी कम्पनीमा कार्यरत महिला सङ्गीता अधिकारीसहित देवीलाल भण्डारी, ऋद्धिन्द्र गिरी, तासी लामा र हर्क थापाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । पहिलो पटक उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी महिला नेत्री अधिकारीले अध्ययन तथा रोजगारीका लागि जापान आएका महिलाको पक्षमा खटिने प्रतिबद्धता जनाएकी छन् भने बाँकी चारैजनाको प्रतिबद्धतामा आपसी एकता र सङ्गठनात्मक शुद्धताका विषयलाई प्राथमिकता दिइएको छ । यी चार विप्रेषण र रेष्टुराँ व्यवसायी हुन् । महासचिव पदमा अनुज थापा, सरोज खत्री र जयप्रकाश पण्डितले उम्मेदवारी परेको छ । यी तीनैजना रेष्टुराँ व्यवसायी हुन् । एनआरएन जापानको कोषाध्यक्षमा प्रेम कँडेल, सुमी केसी र राजेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्षमा यसअघि उम्मेदवारी घोषणा गर्नुभएका ताराविक्रम बस्नेतले उम्मेदवारी फिर्ता लिएर हालका कोषाध्यक्ष दीपक थापालाई समर्थन दिने भएका छन् । त्यस्तै, सचिव पदका लागि बुद्धिराज घिमिरे, विष्णुप्रसाद घिमिरे र भवानी पन्तले उम्मेदवारी घोषणा गरेका छन् । डा नेत्रप्रसाद भण्डारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies