Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

प्रधानमन्त्री भन्छन् :साउन मसान्तभित्र संविधान आउँछ

\"Sushil_Koirala\"काठमाडौँ, ९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले साउन मसान्तभित्र संविधान जारी हुने बताएका छन् । संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने मागसहित रिपोर्टर्स क्लब नेपालले आज उनकै निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भने –“साउनको अन्तिमसम्म संविधान आउँछ, भएमा दुई÷चार दिन तलमाथि हुनसक्छ । संविधानमा सबै पक्ष, समुदाय, जातजाति, भाषा, संस्कृतिको प्रतिविम्ब हुन्छ ।” प्रधानमन्त्री कोइरालाले संविधानसभा बाहिर रहेका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र मधेस केन्द्रित असन्तुष्ट दललाई समेटेर लैजाने प्रयास भइरहेको जानकारी दिए । प्रधानमन्त्री कोइरालाले परिवर्तनका लागि लामो सङ्घर्षपछि अहिले मुलुकको सम्वृद्धिका लागि ठूलो लगानीको अवसर रहेको भन्दै यसलाई सदुपयोग गर्न दलीय बेमेल अन्त्य गरी राजनीतिक स्थायित्व कायम गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । लोकतन्त्रमा प्रेस स्वतन्त्रता कुण्ठित हुनै नसक्ने र संविधानमा सोको सुनिश्चितता हुने वचन दिँदै प्रधानमन्त्री कोइरालाले प्रेसको काँधमा पनि ठूलो जिम्मेवारी आएकाले सकारात्मक भएर लाग्न आग्रह गरे । संविधानको मस्यौदामा जनताले दिएको राय सुझावलाई समेट्ने विषयमा सबै दल सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्रीले हिजो चार दलको बैठकमा यस विषयमा छलफल भइसकेको बताए । स्वतन्त्र न्यायपालिका, धार्मिक स्वतन्त्रता, प्रेसको स्वतन्त्रता, वाक तथा अभिव्यक्तिको स्वतन्त्रता, हिडडुल गर्ने स्वतन्त्रता सबैले स्वीकारेको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको विषयमा राय सुझावमा व्यापक सुझाव आएकाले त्यसमा छिट्टै निर्णय लिइने स्पष्ट पारे । क्लबका अध्यक्ष ऋषि धमलाले अब बन्ने संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने बताउनुभयो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending