Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

साउन मसान्तमा संविधान जारी गर्न दलहरु सहमत

\"prachanda,sushil९ साउन, काठमाडौं । प्रमुख राजनीतिक दलले जनताले दिएको सुझावलाई समावेश गरेर यही साउन ३१ गते संविधान जारी गर्ने प्रतिबद्धता जनाएका छन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा शनिबार बसेको नेपाली कांग्रेस, नेकपा ९एमाले०, एकीकृत नेकपा ९माओवादी० र मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का शीर्ष नेताको बैठकले त्यसका लागि आवश्यक कार्यतालिका मिलाउन सभाध्यक्षलाई जिम्मेवारी दिएका छन् । संविधान लेखनका लागि संविधानसभाले बनाएको विधि र प्रक्रिया पूरा गरेर जनताले उत्साहपूर्ण रुपमा दिएका रचनात्मक सुझावलाई समावेश गर्न ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’ लाई परिमार्जन गर्नेबारेमा प्रमुख चार दलबीच सहमति भएको छ । प्रमुख दलका गत जेठ २५ गतेको १६ बुँदे सहमतिका आधारमा संविधानको प्रारम्भिक मस्यौदा तयार भएको थियो । प्रारम्भिक मस्यौदामा नागरिकको सुझाव लिने क्रममा जनताले १६ बुँदे सहमतिलाई अनुमोदन गर्दै द्रुत मार्गबाट संविधान जारी गर्न स्वीकृति दिँदै मस्यौदालाई केही हदसम्म परिमार्जन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । जनताले खासगरी वडादेखि मुलुकको कार्यकारी प्रमुखसँग प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न, धार्मिक स्वतन्त्रता, निर्वाचित हुने व्यक्तिको शैक्षिक योग्यता तोक्न, हिमाल पहाड, तराई मिलाएर सङ्घीय राज्य निर्माण गर्न तथा हरेक तहमा महिलाको समान सहभागिताको सुनिश्चितता गर्नेलगायत महत्वपूर्ण सुझाव दिएका छन् । जनताले जबर्जस्त रुपमा उठाएका केही महत्वपूर्ण सुझावलाई कार्यान्वयन गर्नैपर्ने दबाबमा अहिले राजनीतिक दल छन् । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जनताबाट र संस्थागत रुपमा प्राप्त भएका सुझावले आफूहरुले अघि सारेको प्रारम्भिक मस्यौदाभित्रका अधिकांश विषयवस्तुलाई ग्रहण गरेकाले जनस्तरबाट उठेका विषयलाई सम्बोधन गर्न निकै सजिलो भएको प्रतिक्रियासमेत दिएका छन् । सभाध्यक्ष नेम्वाङले यही साउन मसान्तभित्र संविधान जारी गर्न सकिने र त्यो आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– ‘मैले दलहरुसँग साउन ३१ गते संविधान जारी गर्न उपयुक्त हुन्छ भनेको छु, उहाँहरुले त्यसमा सहमति जनाउँदै त्यसअनुरुप अगाडि बढ्न भूमिका निर्वाह गर्ने र सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’ जनताको राय सुझाव औपचारिकताका लागि मात्र नभई सम्बोधन गर्ने प्रयास अन्तिम समयसम्म हुने बताउँदै उनले भने– ‘नयाँ संविधानमा जनताले यो भइदिए हुन्थ्यो भनेर प्रकट गरेको राय सुझाव आएका छन्, ती राम्रा छन्, हाम्रा लागि गम्भीर छन् ।’ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले दिएको सुझावलाई सम्मान गर्दै त्यसलाई नयाँ संविधानमा समावेश गर्नुपर्ने प्रतिबद्धता जनाए । उनले भने– ‘संविधानको प्रारम्भिक मस्यौदालाई परिमार्जन गर्नैपर्छ, जनताका सुझावलाई उचित महत्व दिनैपर्छ भन्नेमा हामीहरुबीच सहमति भएको छ ।’ उनले विधि र प्रक्रियाका साथसाथै विषयवस्तुसमेत महत्वपूर्ण विषय भएकाले मधेस, आदिवासी जनजाति र दुर्गम क्षेत्रबाट उठाइएका विषय समेट्ने सन्दर्भलाई प्राथमिकता दिँदै साउनभित्रै संविधान जारी गर्ने कार्यतालिका बनाउन सभाध्यक्षलाई आग्रह गरिएको जानकारी दिए । नेता दाहालले भने– ‘साउन महिनाभित्रै संविधान घोषणा गर्ने गरी कार्यतालिका बनाउन सुझाव दिएका छौँ, विधि र प्रक्रिया पूरा गर्नैपर्छ, सुझाव लिने क्रममा जनताको उत्साहपूर्ण सहभागिता भयो, मस्यौदालाई परिमार्जन गर्नका निम्ति धेरै रचनात्मक र राम्रा सुझाव आएका छन् ।’ नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले राजनीतिक नेतृत्व तहमै धेरैजसो विषयवस्तुको छिनोफानो गर्ने र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा लामो समय छलफल नगरेर साउन समान्तभित्रै संविधान जारी गर्ने गरी कार्यतालिका बनाउने विषयमा कुराकानी भएको जानकारी दिए । उनले भने– ‘नागरिकबाट आएका राम्रा र रचनात्मक सुझावलाई समेटेर अघि बढ्नुपर्छ भन्ने सहमति प्रमुख दलबीच भएको छ ।’ एमालेका प्रमुख सचेतक अग्नि खरेलले बैठकमा संविधानसभाका अध्यक्षले जनतम सङ्कलनमा नागरिकको उत्साहजनक सहभागिताका सन्दर्भबारे जानकारी गराएको तथा संविधानसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा उनीहरुले दिएका सुझावलाई समेटेर जाने सहमति भएको बताए । उनले भने– ‘द्रुतमार्गबाट संविधान जारी गर्ने सन्दर्भमा अपनाउनुपर्ने विधि प्रक्रिया, कार्यतालिका तयार गर्ने जिम्मा सभाध्यक्षलाई दिने भन्ने कुरा भएको छ, यही साउन ३१ गतेसम्ममा मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त गर्ने छ ।’ बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको पनि सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending