९ साउन, चितवन । चितवनको माडीका एक युवाको रहस्यमय मुत्यु प्रकरणलाई लिएर स्थानीयले आज माडी उपत्यका बन्द गराएका छन् ।
माडी नगरपालिका–६ रमाइलो डाँडा बस्ने वर्ष १८ का सुनिल दराइको हिजो रहस्यमय रुपमा भरतपुरमा मृत्यु भएको थियो ।
प्रहरीले हिरासतमा रहेका बेला कुटपिट गरेकाले उनको मृत्यु भएको भन्दै पीडित परिवार तथा स्थानीयले यहाँको यातायात बन्द गराएका हुन् । उनीहरुले पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् ।
उक्त घटनापछि शुक्रबार दिनभर तनाव भएको माडीमा आज बन्दले यातायात बन्दबाट यात्रु प्रभावित भएका छन् । हिजोको बन्दले आजित भएका यात्रु आज थप बन्द हुँदा नारायणगढ माडी आवतजावत गर्ने प्रभावित भएका छन् ।
गएको असार ३० गते मापसे गरेको फेला पारेपछि प्रहरीले एक दिन हिरासतमा राखेर उनीलगायत पाँच जनालाई छाडेको थियो ।
प्रहरीले हिरासतमा राख्दा कुटपिट गरेका कारण मृत्यु भएको आरोप उनका आफन्तले लगाएका स्थानीय नागरिक अगुवा श्रीप्रसाद दवाडीले जानकारी दिए । जसका कारण हिजो माडीमा शव प्रदर्शन गर्ने क्रममा प्रहरी कार्यालयमा झडपसमेत भएको थियो ।
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार मापसे गरेका उनीसहित पाँच जनालाई असार ३० गते नियन्त्रणमा लिइएको थियो । उनीहरु सबैलाई भोलिपल्ट यस्तो नगर्ने सर्तमा तारिखमा आउने गरी रोहवरमा छाडिएको थियो ।
अहिले बिरामी भएर मृत्यु भएपछि प्रहरीले कुटेर मारेको भनी मित्थ्या आरोप आएको थापाले बताए ।
प्रहरीले उनीहरुलाई कुनै पनि यातना नदिएको उनले दाबी गरे । उनलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएकामा शुक्रबार मृत्यु भएपछि प्रहरीमाथि आरोप लागेको हो । प्रहरीले उनको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: